Friday, September 24, 2021
Your Ads Here
Homeप्रदेशप्रदेश ३बाह्रविसे नगरपालिकाले कृषि सामग्री सहुलीयत दरमा उपलब्ध गराउने

बाह्रविसे नगरपालिकाले कृषि सामग्री सहुलीयत दरमा उपलब्ध गराउने

,
sharethis

सिन्धुपाल्चोक । बाह्रविसे नगरपालिकाले नगरबासीहरुलाई सहुलीयत रुपमा मल, बिउ, विजनलगायत आवश्यक कृषि सामग्री प्रदान गर्न सुरु गरेको छ । बजारमा मललगायतका अन्य कृषि सामग्रीको अभाव भएपछि नगरपालिकाले कृषकहरुका लागि सहुलीयत मुल्यमा कृषि सामग्री प्रदान गर्न लागेको हो ।

कोरोना भाइरसको सक्रमण फैलन नदिन सरकारले लक डाउन गरेपछि कृषकहरु मललगायतअन्य कृषि सामग्रीहरु नपाउँदा समस्यामा थिए । तर नगरपालिकाले कृषकहरुका लागि गाउँगाउँमा नै लगेर आवश्यक कृषि सामग्री प्रदान गर्न लागेको बाह्रविसे नगरपालिकाका मेयर निमफुञ्जो शेर्पाले जानकारी दिए ।

बाह्रविसे नगरपालिकाले यस अघि नै सर्वदलीय बैठकबाट निर्णय गराएर खाद्यनलगायत कृषि सामग्रीहरुको सुपथ मुल्य पसल सञ्चालन गर्ने निर्णय गरेको थियो । सर्वदलीय बैठकको निर्णय अनुसार स्थानीय हाम्रो नमुना कृषि सहकारी संस्था र राम्चे सहकारी संस्थासँग समन्वय गरेर कृषि सामग्री र खाद्यनको सुपथ मुल्य सञ्चालन गर्न लागेको मेयर शेर्पाले जानकारी दिए ।

मललगायत अन्य आवश्यक कृषि सामग्री प्रत्येक वडामा लगेर नगरपालिकाले नै वितरण गर्ने मेयर शेर्पाले बताए । बजारमा अहिले युरिया मलको प्रतिबोरा १हजार ६ सय रुपियाँ रहेछ तर हामी कृषकहरुलाई प्रतिबोरा १ हजारमा नै गाउँमा नै लगेर प्रदान गछौ शेर्पाले भने ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   आइतबारदेखि काठमाडाैंमा विद्यालय खोल्ने निर्णय

लक डाउन मा कृषकहरुलाई सहजहोस भन्ने उद्देश्यले कृषि सामग्री सुपथ मुल्यमा प्रदान गर्न लागेको मेयर शेर्पाको भनाई थियो । बजार क्षेत्रमा मललगायत अन्य दैनिक उपभोग्य सामग्रीमा कालोबजारी भइरहेकाले त्यसको गुणस्तर नापतौल चेक जाँचलगायतका काम तत्कालै सुरु गरिएको र नगरबासीलाई विपदको समयमा ठगी हुनबाट रोक्नका लागि अन्य कार्यहरु पनि सुरु गरिएको बाह्रविसे नगरपालिकाकी उपप्रमुख सुशिला पाख्रिनले जानकारी दिइन ।

बाह्रविसे नगरपालिकाले नगर भित्रका दीर्घ रोगीहरुका लागि आवश्य पर्ने औषधीहरु पनि ःशुल्क प्रदान गर्ने गरेको छ । स्थानीय औषधी पसलमा समन्वय गरेर दीर्घ रोगका रोगीहरुले सेवन गरिरहेको औषधी निःशुल्क प्रदान गरिरहेको नगरपालिकाले जानकारी दिएको छ ।

त्यसै गरी नगरभित्रका विपन्नहरुलाई राहातका लागि यसअघि नै नगरपालिकाले साल्ट ट्रेडिङसँग समन्वय गरेर चामल, दाललगायतका सामग्रीहरु खरिद गरेर ल्याएको कार्यकारी अधिकृत फणिन्द्र पौडेलले जानकारी दिए । वडाबाट आएको सिफारिसका आधारमा केही दिनभित्रै विपन्नलाई राहातप्रदान गरिने पौडेलले जानकारी दिए ।

तपाइको प्रतिक्रिया

(Visited 221 times, 1 visits today)

आजको समाचार

राजनीति, डाह र डर

डाह वा इष्र्या मानिसको एक सामान्य भावना हो । यो भावना हरेक मानिसमा कुनै न कुनै रूपमा विद्यमान हुने गर्छ । फरक यति हो,...

मतभेदभन्दा मनभेद जोखिम

जीवहरूमध्ये मानिस विशिष्ट प्राणी हो । मानिसको मस्तिष्कअन्य प्राणीको तुलनामा निकै विकसित छ । उसले औपचारिक, अनौपचारिक एवं अनियमित शिक्षाबाट ज्ञान प्राप्त गर्छ ।...

अध्यादेश निष्क्रिय नभएसम्म सरकारमा सहभागी नहुने जसपाको अडान

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा)ले राजनीतिक दल विभाजन सहज हुनेगरी सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेश निष्क्रिय नभएसम्म सरकारमा सहभागी नहुने अडान राखेको...

नेपाली काँग्रेस पदाधिकारीको बैठक बस्दै

काठमाडौँ । नेपाली काँग्रेसका पदाधिकारी र पूर्वपदाधिकारी तथा प्रभावशाली नेताहरूको बैठक आज बिहीबार पनि बस्दै छ । बैठक संसदीय दलको कार्यालय सिंहदरबारमा दिउँसो ३...

वेष्ट ह्यामद्वारा म्यान्चेस्टर युनाइटेड पराजित

लन्डन । लिग कप (काराबाओ कप) फुटबल प्रतियोगितामा वेष्ट ह्याम युनाईटेडसँग पराजित भएपछि म्यान्चेस्टर युनाइटेड बाहिरिएको छ । गएराति म्यान्चेस्टर युनाईटेडको मैदानमा भएको तेस्रो...

साताका लोकप्रिय समाचार

सङ्खुवासभा सामूहिक हत्याकाण्ड : घटनाका ‘मुख्य योजनाकार’ पक्राउ

खाँदबारी । सङ्खुवासभाको मादी खोलागाउँमा एकै परिवारका ६ जनाको सामूहिक हत्या प्रकरणमा नयाँ रहस्य खुलेको छ । यसअघि प्रहरीले हत्याकाण्डमा मुख्य आरोपी भन्दै लोकबहादुर...

माधव नेपालले भने: पिलो निचोरेर आनन्द भयो भन्नेले दिनदिनै किन संसद्‌मा कराउने ?

  काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पार्टी फुटाउन कसैको रहर नभएको बताएका छन् । आज काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले पार्टी फुटाउन रहर नभएको...

कहिले उठ्लिन् सुमित्रा !

बैतडी । बैतडीको मेलौली नगरपालिका–७ पचकोराकी सुमित्रा पार्की २० बर्ष पुगिन् । जन्मेकै दिनदेखि सुतेकी उनि अझै उठेकी छैनन् । जन्मजात अपांगता भएकी सुमित्रा...

ट्रेन्डिङ

यस वर्ष औसतभन्दा बढी वर्षा, यस्तो छ तीन दिनको मौसम पूर्वानुमान

काठमाडौँ । यस वर्ष अप्रिल महिनामा औसतभन्दा बढी वर्षा भएको छ । पश्चिमी वायु र स्थानीय वायुको प्रभावका साथै बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा निरन्तर...

पार्टीको निर्णयभन्दा बाहिर कोही जान पाउँदैन झलनाथ खनाल

नुवाकोट । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले पार्टीको सचिवालयले गरेको निर्णय सबैले मान्नुपर्ने बताएका छन् । विदुरमा आज प्रेस सङ्गठन नेपालले...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 200 times, 1 visits today)