भुकम्पीय सुरक्षायुक्त संरचना निर्माण गर्न प्रदेश प्रमुखको सुझाव

मकवानपुर ।भुकम्पीय सुरक्षायुक्त संरचना निर्माण गर्न बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले सुझाव दिएका छन् । २७ औं राष्ट्रिय भुकम्प सुरक्षा दिवस २०८१ को सन्दर्भमा बागमती प्रदेश प्रमुख देवकोटाले यस्तो सन्देश व्यक्त गरेका हुन् ।

‘भुकम्पीय सचेतनामा वृद्धिको लागि उनले शुभकामना व्यक्त गरेका हुन् । वि.स. १९९० साल माघ २ गतेको विनाशकारी भुकम्पको सम्झना गर्दै सचेतना प्रवाह गर्ने अभिप्रायले भुकम्पीय सुरक्षा दिवस मनाउँदै आइएको छ । यसै सन्दर्भमा देवकोटाले सचेता अभिवृद्धिका लागि सन्देश वक्तव्य प्रकाशन गरेका हुन् । भुकम्पी सुरक्षा तथा सचेतना बढाउन हरेक वर्ष माघ २ लाई भुकम्प सुरक्षा दिवसको रुपमा मनाउने गरिन्छ ।

यस दिन विभिन्‍न चेतना र सावधानीमुलक कार्यक्रमसहित मनाइन्छ । यो वर्षको भुकम्प सुरक्षा दिवस “भुकम्पले सिकाएको पाठ: बलिया संरचना र सुदृढ पुर्वतयारीका साथ” नाराका साथ मनाइदै छ ।

भुकम्प प्राकृतिक प्रकोप हो, यसलाई रोक्न सकिन्न तर सुरक्षित संरचना, सावधानी, पूर्वतयारीका उपायहरु अपनाएर यसबाट हुने क्षतिलाई न्यूनीकरण गर्न सकिन्छ ।

‘भुकम्पलाई क्षतिको कारण मान्‍नुभन्दा हामी बलिया, सुरक्षित संरचना, पुर्वसावधानी र भुकम्प गइहालेमा गर्नुपर्ने प्रतिकार्यमा उचित ध्यान दिएर सुरक्षात्मक स्थितिमा रहनुपर्दछ’ सन्देशमा भनिएको छ : ‘नेपाल भुकम्पीय जोखिम क्षेत्रमा रहेको कारणले पनि हामी धेरै सचेत हुनु जरुरी छ ।’

वि.स.२०७२ को बिनाशकारी भुकम्पपछि धेरै पराकम्प र अरु थुप्रै भुकम्पहरुले तर्साइरहेको सन्दर्भमा यसबाट आत्तिनुभन्दा सुरक्षात्मक उपायहरू अपनाउन पर्ने उनले सन्देशमा बताएका छन् । राज्यका सम्पुर्ण निकाय समेत् पुर्वतयारीका साथ रहनुपर्ने उनले सझाव दिएका छन् । प्रदेश प्रमुख देवकोटाले इतिहासको विभिन्‍न कालखण्डमा गएका भुकम्पमा परी ज्यान गुमाउने ज्ञात अज्ञात व्यक्तिहरुप्रति श्रद्धाञ्‍जली समेत व्यत्त गरेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 221 times, 1 visits today)

epaper

ताजा समाचार

सिन्धुलीमा सुमोले ठक्कर दिँदा ८ वर्षिय बालकको मृत्यु