काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसको तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूलाई बिहीवार बैठकमा बोलाएका छन् । देउवाले आफ्नै निवास बुढानिलकण्ठमा पार्टीबाट सरकारमा सहभागी भएका १० मन्त्री र दुई राज्यमन्त्रीलाई छलफलका लागि बोलाएका हुन् ।
सभापति देउवाले संसदीय दलको कार्यसमिति र मन्त्रीहरू बीच अर्न्तक्रियाका लागि बैठक बोलाइएको गृहमन्त्री रमेश लेखकले जानकारी दिएका छन् । उनले भने, ‘यो संसद् बैठक बस्नुअघिको वामवर्क बैठक हो, मन्त्रीहरूले के–के काम गरिरहनु भएको छ भनेर जानकारी गराउने कुरा पनि हो ।’
सरकारमा सहभागी भएका केही मन्त्रीहरूको प्रभावकारितालाई लिएर पार्टीभित्र प्रश्न उठिरहेकाले त्यस बिषयमा पनि छलफल हुने पार्टीका एक पदाधिकारीले जानकारी दिएका छन ।
तपाइको प्रतिक्रिया
(Visited 227 times, 1 visits today)