१९ हजार लाइन काटेर २२ करोड ८४ लाख उठाइयो

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले एक महिनाको अन्तरालमा १९ हजार २ सय ३२ जना ग्राहकको लाइन काटेर २२ करोड ८४ हजार रुपैयाँ असुल गरेको छ । ७२ करोड ३१ लाख ६४ हजार रुपैयाँ बक्यौता उठाउने हेतुका साथ लाइन काटेको भए पनि २२ करोड ८४ लाख मात्र उठेको प्राधिकरणको तथ्यांक रहेको छ ।

५ हजार लाइन जोड्न बाँकी ५० करोड बक्यौता यथावत

प्राधिकरणले १९ हजार २ सय ३२ जना ग्राहकको लाइन काटेकामा १४ हजार १ सय ११ जना ग्राहकको मात्र लाइन जोडिएको छ ।

प्राधिकरणले विद्युत् महसुल नतिरेको भन्दै ती ग्राहकको लाइन काटेको हो । लाइन काटेपछि ती ग्राहकबाट २२ करोड ८४ लाख ५९ हजार रुपैयाँ असुल भएको र भुक्तानी गर्ने १४ हजार १ सय ११ जना ग्राहकको लाइन पुस महिनामै जोडिएको विद्युत् प्राधिकरणले जनाएको छ ।

नेपाल विद्युत् प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालय अर्थ महाशाखाको तथ्यांकअनुसार सबैभन्दा बढी मधेस प्रादेशिक कार्यालयले ६ हजार ३ सय ६८ ग्राहकको विद्युत् लाइन काटेको थियो । जसमध्ये ३ हजार ८ सय ६७ जनाले ८ करोड २५ लाख ९५ हजार रुपैयाँ बक्यौता तिरेका छन् । सो प्रदेशमा कुल १८ करोड ११ लाख ४ हजार रुपैयाँ उठाउने हेतुले लाइन काटेको थियो ।

कोशी प्रदेशअन्तर्गत प्रादेशिक कार्यालय विराटनगरका अनुसार सो प्रदेशमा ३ हजार २ सय ९१ ग्राहकको पुस महिनामा विद्युत् काटिएको छ ।

उनीहरूसँग ३ करोड ५९ लाख ९५ हजार बक्यौता रहेको थियो । जसमध्ये २ हजार ८ सय ४२ ग्राहकले ३ करोड २० लाख ८१ हजार रुपैयाँ बक्यौता बुझाएकाले पुनः लाइन जोडिएको छ । विद्युत् लाइन काटिएपछि ३ करोड २० लाख ८१ हजार रुपैयाँ बक्यौता उठेको प्राधिकरणले जनाएको छ ।

लुम्बिनी प्रादेशिक कार्यालय बुटवलले भने २ हजार ४ सय ४० ग्राहकको बिजुली काटेको थियो । जसमध्ये २ हजार १ सय ५१ ग्राहकले बक्यौता बुझाएका छन् । प्राधिकरणका अनुसार यसै प्रदेशमा सबैभन्दा बढी बक्यौता रहेको थियो । सो प्रदेशमा ३८ करोड ८३ लाख ४५ हजार बक्यौता रहेको थियो । विद्युत् लाइन काटिएपछि भने बुटवल कार्यालयले करिब ३९ करोड बक्यौतामा ३ करोड ७६ लाख रुपैयाँ मात्र उठाउन सफल भएको छ । लुम्बिनीकै नेपालगन्ज प्रदेश डिभिजन कार्यालयले पनि छुट्टै १ हजार ६ सय ३३ वटा ग्राहकको लाइन काटेको तथ्यांक रहेको छ । १ करोड ३१ लाख ६६ हजार रुपैयाँ उठाउने ध्येय राखेर लाइन काटिँदा ८ सय २१ वटा लाइन जोडिएको छ । लाइन जोडिएपछि ५८ लाख ७५ हजार रुपैयाँ उठेको जनाइएको छ ।

बाग्मती प्रदेशअन्तर्गत काठमाडौं प्रादेशिक कार्यालयले १ हजार ५ सय ४८ ग्राहकको लाइन काटेकामा १ हजार २ सय ६९ वटा लाइन जोडेको छ । यसमा ३ करोड १० लाख २२ हजार बक्यौता उठाउनुपर्नेमा २ करोड ६५ लाख १२ हजार रुपैयाँ उठाइएको छ ।

गण्डकी प्रदेशको प्रादेशिक कार्यालय पोखराले १ हजार २ सय ४८ ग्राहकको विद्युत् लाइन काटेकामा १ हजार ५४ लाइन जोडेको छ ।

१ करोड ७१ लाख २६ हजार १ सय २१ रुपैयाँ बाँकी रहेकाले लाइन काटिएकामा १ करोड ११ लाख १८ हजार रुपैयाँ उठेको प्राधिकरणले जनाएको छ ।

कर्णाली प्रदेशको प्रादेशिक कार्यालय सुर्खेतले १ हजार १ सय १२ ग्राहकको विद्युत् लाइन काटेकामा ८ सय २१ वटा लाइन पुनः जोडिएको छ । सो प्रदेशमा ५० लाख ५६ हजार ८ सय ९५ रुपैयाँ बक्यौता रहेकामा ५८ लाख ७५ हजार रुपैयाँ असुली भएको छ ।

सुदूरपश्चिम प्रदेशको अत्तरियामा रहेको प्रादेशिक कार्यालयले ८ सय ८८ वटा लाइन काटेर ५ सय ३ वटा लाइन पुनः जोडेको छ । सो कार्यालयले २ करोड ५३ लाख ९५ हजार बक्यौता रहेकामा ९८ लाख ८४ हजार रुपैयाँ उठाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 52 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

सभापति देउवाले दिए संस्थापन समूह एकजुट छ भन्ने सन्देश

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
७०५ पालिकाको मतगणना सकियो, कुन दलले कति जिते ?