सशस्त्र प्रहरी देशको मेरुदण्ड : गृहमन्त्री लेखी

बारा । मधेश प्रदेश सरकारका गृह, संचार तथा कानून मन्त्री राजकुमार लेखीले सशस्त्र प्रहरी देशको मेरुदण्डको रुपमा रहेको बताएका छन् । सशस्त्र प्रहरी बल प्रदेश २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरी र ३९ रिजर्भ गण हेडक्वार्टर महोत्तरीको संयुक्त आयोजनामा २७ औ भुकम्प सुरक्षा दिवस २०८१ को अवसरमा विपदमा सशस्त्र देशको मेरुदण्ड रहेको बताए ।

सशस्त्र प्रहरी बलले विपदमा आइपर्ने समस्याको समाधान ’bout गरेको नमूना अभ्यास एकदमै महत्वपुर्ण रहेको लेखीले बताए । विपद् पूर्व तयारीको लागि सशस्त्रको महत्वषुर्ण योगदान रहेको उनले बताए । विपदमा सशस्त्रले आफनो ज्यानको बाजी लगाएर पनि देशको रक्षा गरेको प्रयाप्त उदाहरण रहेको गृह मन्त्री लेखीले बताए ।

मन्तव्यकै क्रममा महोत्तरी जिल्लाका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले प्रत्येक प्रदेशमा विपद् व्यवस्थापन गर्नका लागि प्रदेश विपद् व्यवस्थापन कार्यकारी समिति मार्फत सुरक्षा निकायलाई अझ सवल र सक्षम बनाउन सकिने सुझाव राखेका थिए ।

समुदाय स्तरमा पुर्व तयारी अभ्यास गरे समुदायलाई नै बलियो बनाई क्षती न्यूनिकरण गर्न सकिने उनले बताए । प्रदेश तथा जिल्ला तह सम्मका विपद् व्यवस्थापनका सरोकारवाला निकायका पदाधिकारीहरु समेतलाई समेटी भुकम्प प्रतिकार्यका नमूना अभ्यास संचालन गरेकोमा सशस्त्र प्रहरी बललाई प्रमुख जिल्ला अधिकारीको प्रशंसा गरेका थिए ।

देशभर कै बिद्यालयमा विपद् उद्धारका पूर्वतयारी अभ्यासहरु गरे पक्कैपनि बिपद् व्यवस्थापनमा मुलुकमा प्रभावकारी असर पार्न सकिने सशस्त्र प्रहरी बल छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक कालीदास धौवजीले बताए । नेपाल विपद्को दृष्टिकोणबाट जोखिम रहेकोले सचेत हुन आवश्यक रहेको उनले बताए । नेपाल जलवायु परिवर्तन, भूकम्पिय जोखिम तथा जलउत्पन्न प्रकोप, आगलागी एवं भौगोलिक बनावटको कारण समेत जोखिमपूर्ण भई बर्षनि ठुलो धनजनको क्षति व्यहोर्नु परेको तथ्याङ्कले देखाउँछ ।

विधालय, कलेज, समुदाय स्तरमा प्रकृति एवं गैर प्रकृतिक विपदबाट सुरक्षित रहन पूर्व तयारीको गरे क्षती न्यूनिकरण गर्न सकिने धौवजीले बताए । देशै भरी रहेका हरेक बिद्यालयमा यस्ता प्रकृतिका कार्यक्रमहरु संचालन गर्न सकिएको अवस्थामा पक्कै पनि बिपद् व्यवस्थापनमा मुलुकमा प्रभावकारी असर पार्न सकिने आफु विश्वस्त रहेको उनले बताए ।

सेमुलेशन कार्यक्रमसँगै सशस्त्र प्रहरी बल छिन्नमस्ता बाहिनी मुख्यालयले फरक फरक प्रकृतिका विपद् व्यवस्थापनमा प्रयोग हुने उपकरण तथा औजारहरु समेतको प्रदर्शनिसँगै जानकारी मुलक प्रस्तुतिकरण समेत गरेको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 54 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

चिकित्सक दम्पतीको फाउन्डेसनमा १८ बालबालिकाको अभिभावकत्व

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध भक्तपुरमा प्रदर्शन