‘सपना डिलक्स कोच’ नाटकको रिहर्सल

पोखरा । कलाकार अनुप बरालको सक्रियतामा पोखरा नदीपुरमा निर्माणाधीन नाटकघर ‘हंसध्वनि’ मा एक महिनायता ‘सपना डिलक्स कोच’ नाटकको धमाधम रिहर्सल जारी छ ।

इन्द्रेणी थिएटरको छैटौं प्रस्तुति रुपमा रहेको उक्त नाटकका लेखक थियटर अध्यक्ष केदारनाथ पौडेल हुन् भने निर्देशन लक्ष्मण डुम्रेले गरेका छन् ।

यही ११ माघदेखि मञ्चन तयारी गरिएको अध्यक्ष पौडेलले जानकारी दिए । झण्डै १ वर्षअघि लेखेको नाटकमा पोखराबाट काठमाडौं जाने यात्रुबाहक बसमा हुने विभिन्न क्रिया र प्रतिक्रिया समेटिएको उनले बताए । उनले भने, ‘यो मौलिक नाटक हो । एउटा परिवारले सामान्य हिसाबले कसरी गाडी चलाएर जीविकोपार्जन गरिरहेको छ र त्योभित्र कस्ताखालका समस्या छन् भन्ने’bout यथार्थ पस्किने छौं ।’

काठमाडौं जानेक्रममा देखिएका दृष्य मञ्चमा उतार्न लागिएको पौडेलले बताए । सबै मानिस बस चढेर गन्तव्यमा पुगे पनि यसरी गन्तव्यमा पु¥याउने बस र त्यसका कामदारका समस्या के हुन् भन्ने यात्रुले खासै ध्यान नदिने गरेको अवस्थामा नाटकमार्फत बाहिर ल्याउने कोशिस रहेको उनको भनाइ छ ।

मञ्चन हुने दिन नजिकिँदै जाँदा टिम राति अबेरसम्म पनि होमवर्क गरिरहेको छ । सामान्य शैलीमा कथा भन्ने तरिकालाई फरक गर्ने प्रयास गरिएको र गाउँघरमा धेरैले भोगेको बाँदरको आतंकसमेत जोडिएकोले दर्शकलाई मनोरञ्जन मिल्ने निर्माण टिमको विश्वास छ ।

निर्देशक डुम्रेले नाटक सुन्दर बनाउन कलाकार र नेपथ्यबाट विभिन्न प्रयास भइरहेको बताए । आफूहरूको तर्फबाट शत्प्रतिशत दिने कोशिस गरिरहेको भन्दै दर्शकले नाटक मन पराउने बताए । रात्रिबस चलाउने ड्राइभरको मनोविज्ञान स्टेजमा यात्रासँगै देखाउनुपर्ने भएकाले चुनौती भए पनि राम्रो कोशिस भइरहेको निर्देशक डुम्रेले बताए ।

नाटकमा कपिल शर्मा, विभुप्रसाद भुसाल, दिलप्रसाद गुरुङ, सुमन तिमिल्सिना, विजयराज अधिकारी, रामहरि अधिकारी, उमा पुन, अभिषेक भुसाल, श्रद्धा अधिकारीलगायत कलाकारको अभिनय देख्न पाइनेछ । नाटकमा प्रकाश परिकल्पना तथा मञ्च सजावट उज्ज्वलराज ढकालले गरेका हुन् ।

११–१९ माघसम्म गैह्रापाटनस्थित पोखरा थिएटरको गन्धर्व नाटकघरमा हरेक साँझ ५ बजे नाटक मञ्चन हुनेछ । करिब १ घण्टाको यो नाटक सार्वजनिक बिदाको दिन दिउँसो १ बजे अतिरिक्त शो पनि हुनेछ ।

इन्द्रेणी थिएटर नेपाली कलाकारिता नाटकलाई उत्थान गर्ने हेतुले २०७६ सालमा स्थापना भएको हो । थिएटरले स्थापनाकालदेखि घेरो, धनीरामको गोरु, आतुरकाल र भ्रुण नाटक देश–विदेशमा सफलतापूर्वक मञ्चन गरिसकेको छ । यसका अवाला थिएटरले नेपाली कविता, गीत, गजल तथा अन्य कलाका विधाहरुमा पनि काम गरिरहेको अध्यक्ष पौडेलले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 81 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

चिकित्सक दम्पतीको फाउन्डेसनमा १८ बालबालिकाको अभिभावकत्व

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
उम्मेदवार छान्न कांग्रेसको २ बजे, एमालेको ३ बजे बैठक बस्ने