गोविन्द वियोगी विशेष पत्रकारिता पुरस्कारबाट राजधानीकर्मी सम्मानित

काठमान्डौं । गोविन्द वियोगी विषेश पत्रकारिता पुरस्कार २०८१ बाट नेपाल पत्रकार महासंघ जिल्ला शाखा बझाङका अध्यक्ष तथा राजधानी दैनिकका संवाददाता डिवि विष्ट सम्मानित भएका छन् । सम्पादक समाज नेपालका संस्थापक अध्यक्ष एवं वरिष्ट पत्रकार गोविन्द वियोगीको १९ औँ स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा विष्ट सम्मानित भएका हुन् ।

विष्ट २०६८ सालबाट पत्रकारिता पेशामा आबद्ध बझाङ जिल्लाबाट सक्रिय पत्रकारिता गर्दै आएका छन् । विष्ट अहिले नेपाल पत्रकार महासंघ जिल्ला शाखा बझाङका अध्यक्ष समेत रहेका छन् । उनी राजधानी दैनिक, ईमेज टेलिभिजन, उज्यालो ९० नेटवर्क र जिल्लाबाट प्रकाशित हुने तेस्रो आँखा राष्ट्रिय साप्ताहिकका प्रकाशकसमेत रहेका छन् ।

सम्पादक समाज नेपालका संस्थापक अध्यक्ष एवं वरिष्ट पत्रकार गोविन्द वियोगीको स्मरणमा स्थापना गरेको गोविन्द वियोगी पत्रकारिता पुरस्कार २०८१ पर्वत जिल्लामा महिलाद्वारा संचालित सामुदायिक रेडियो दिदी बहिनी ९५.२ लाई प्रदान गरेको हो ।

संस्थापक रुपमा प्रदान गरिने यो पुरस्कार प्रमाण पत्रसहित नगद २५ हजार एक रहेको छ । यस्तै गोविन्द वियोगी विषेश पत्रकारिता पुरस्कार यस बर्ष बझाङ जिल्लालाई कार्यक्षेत्र बनाई पत्रकारिता गरि रहनु भएका डिवि विष्ट र नुवाकोटमा रहेर यो समय अनलाईनका सम्पादन गरिरहेका ध्रुव रावलाई जनही १५ हजार एक सहित सम्मान गरेको सम्पादक समाज नेपालका अध्यक्ष पुरु रिजालले बताए । यस्तै सम्पादक समाज नेपालले यस बर्षको बरिष्ठ पत्रकार युवराज घिमिरेलाई समेत दोसल्ला सम्मान पत्र सहित सम्मान गरेको थियो ।

पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले पछिल्लो समयमा पत्रकारिता प्रति जनविश्वास घट्दै गएको प्रति चिन्ता ब्याक्त गर्नु भयो । सम्मानित हुने सबैलाई बधाई ज्ञापन गर्दै राज्यका अंङरगहरुको पनी निगरानि गर्ने पत्रकारिता पेशा राजनितीक रुपमा विभाजन नभएर ऐकेबद्धता रुपमा अघि बढ्न सुझाब दिए । उनले स्वर्गीय गोविन्द वियोगीको स्मरण गर्दै वियोगी जस्तो निडर भएर पत्रकारिता पेशा गर्नका लागि सबैलाई सुझाब दिए । साथै उनले देशको आमुल परिवर्तन गर्नमा पत्रकारहरुको पनि महत्वपूर्ण भुमिका र योगदान रहेको बताए ।

सम्पादक समाज नेपालका अध्यक्ष तथा कार्यक्रमका सभापति पुरु रिजालले समेत सम्मानित हुने सम्पुर्णलाई बधाई ज्ञापन गरे । उनले पत्रकारिता पेशा सम्मानित पेशा भएका कारण दुरदराजमा रहेका अति विपन्न वर्गका आवाजलाई सरकार तथा सरोकारवाला निकाय सामु राख्नका लागी पत्रकारिताले महत्वपुर्ण भुमिका निर्वाह गर्दै आएका बताए ।

को हुन् गोविन्द वियोगी ?
जयवागेश्वरी पुस्तकालयले २००८ मा प्रकाशित हस्तलिखीत बागेश्वरी मासिक पत्रिका बाट पत्रकारिताको थालनि गर्नु भएका गोविन्द वियोगीले बागीश्वरी, गोरेटो, लोकद्धत, मातृभुमी(साप्ताहिक) र जनद्धत (दैनिक) प्रकाशित गर्नु भएका थियो ।

वियोगीले पत्रकारिता संग सम्बन्ध २०१५ मा नेपाल संबाद समिती, २०१८ मा राष्टिय सम्बाद समितीका संस्थापक सदस्य, २०१८ मा नेपाल प्रेस काउन्सिलका प्रथम निर्वाचित सदस्य, नेपाल पत्रकार महासंघको दुई कार्यकाल सभापति, २०४६ पछी पुन नेपाल प्रेस काउन्सिलका सदस्य, २०५१ देखी सम्पादक समाज नेपालको संस्थापक अध्यक्ष, त्रिभुवन विश्व विद्यालय सिनेट, २०४१ मा नेपाल प्रेस इन्ष्टिच्युटको संस्थापक सदस्य, ट्रन्सपरेन्सि ईन्टरनेशनलका सल्लाहकार, गोपाल गोतामे स्मृती प्रतिस्ठानका अध्यक्ष समेत हुनु भएको थियो ।

तत्कालीन नेपाल पत्रकार संघलाई जिल्लाहरुमा विस्तार गर्दै प्रजातन्त्र पुन स्थापनाका लागि पत्रकारिताका माद्यमबाट अतुलनीय योगदान पुर्याएका वियोगीको सम्मान गर्दै नेपाल सरकारले समेत उनको नाममा हुलाक टिकट समेत प्रकाशित गरेको छ ।

पत्रकारहरुको हक हितका लागि छलफल गरी रहेको अवस्थामा बरिष्ठ पत्रकार वियोगीको सम्पादक समाज नेपालको कार्यकक्षमा नै २०६२ माघ २ गते हृदयघात बाट निधन भएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 27 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

सभापति देउवाले दिए संस्थापन समूह एकजुट छ भन्ने सन्देश

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
पाँच दलीय गठबन्धनले स्थानिय निर्वाचन प्रभावित पार्न खाेजे