अमेरिकामा टिकटक बन्द

काठमाडौँ । संयुक्त राज्य अमेरिकामा चिनियाँ सर्ट भिडिओ एप टिकटक बन्द भएको छ । शनिबार मध्यरातदेखि प्रयोगकर्ताहरूको डिभाइसमा टिकटक खुल्न छोडेको हो ।

अहिले एप्पलको आइओस एप स्टोर र गुगलको प्ले स्टोरमा टिकटक उपलब्ध छैन । अमेरिकी काँग्रेसले गत अप्रिलमा टिकटकको प्यारेन्ट कम्पनी बाइटडान्सलाई या त यो एप गैरचिनिया मालिकलाई बेच्नुपर्ने वा प्रतिबन्ध खेप्नुपर्ने कानून पारित गरेको थियो । टिकटकले दोस्रो विकल्प रोज्यो ।

टिकटकले सुरुदेखि अमेरिकाले दिएको पहिलो विकल्पलाई अस्वीकार गर्दै आएको थियो । गैरचिनियालाई विक्री गर्ने प्रस्ताव’bout उसले स्पष्ट शब्दमा भनेको थियो-व्यवसायीकरुपमा, प्राविधिकरुपमा र कानूनीरुपमा यो सम्भव छैन । कम्पनी यही अडानमा निरन्तर कायम रह्यो ।

अमेरिकाले पाँच वर्ष लामो कसरतपछि टिकटक बन्द गराएको हो । सन् २०२० मा तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पले पहिलो पटक कार्यकारी आदेशमार्फत प्रतिबन्धको प्रस्ताव गरेका थिए । तर, उनी त्यसमा सफल भएनन् । त्यसपछि कंग्रेसका धेरै सदस्यहरूले टिकटक प्रतिवन्ध’bout विभिन्न उपायहरू अघि सारे ।

त्यसपछि एउटा कानून पारित भएर टिकटकलाई विक्री गर्न वा प्रतिबन्ध खेप्न बाध्य हुने अवस्थामा पुर्‍याएको हो ।

तर, नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटक प्रतिबन्धलाई केही समय धकेल्ने संकेत गरेका छन् । हिजो एक अन्तरवार्तामा उनले आफू पदासिन भएपछि टिकटकलाई तीन महिना समय दिन सक्ने बताए ।

ट्रम्पले सोमबार राष्ट्रपतिको दोस्रो कार्यकालका लागि शपथग्रहण गर्दै छन् । त्यसलगत्तै उनले टिकटक’bout नयाँ घोषणा गर्ने दाबी गरिएको छ । कानुनतः उनीसँग विक्रीका लागि तीन महिना थप समय दिने अधिकार छ ।

तपाइको प्रतिक्रिया
(Visited 55 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

श्रेणीविहीन कर्मचारीहरुको जागिरको ग्यारेन्टी गर्नुपर्ने प्रभु साहको माग

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
प्रभु साहको निर्वाचन क्षेत्रमा एमालेको अर्कों जित, गठबन्धन उम्मेदवार ३७ मतले पराजित