Saturday, September 25, 2021
Your Ads Here
Homeबिचारकोरोना महामारी र सुदूरपश्चिम

कोरोना महामारी र सुदूरपश्चिम

,
sharethis

जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी अर्थात् जन्म दिने आमा र जन्मेको ठाउँ स्वर्गभन्दा पनि ठूला हुन् । भनिन्छ, भगवान् सबभन्दा ठूला हुन् । तर, हामीले प्रत्यक्ष भगवान्लाई देखेका भने छैनांै । जन्म दिने आमाभित्र भने भगवान्लाई अवश्य देखेका छौं । दुःखकष्ट सहँदै नौ महिना आफ्नो कोखमा राखेर भयानक प्रसव पीडासँगै आमाले हामीलाई जन्म दिनुहुन्छ । त्यही आमालाई उनको मृत्युको अन्तिम अवस्थामा पनि भेट्न नसक्दा न हामीले सन्तानको कर्तव्य पूरा गर्न सक्छौं, न त मनमा रहेको त्यो दुःखको गाँठोलाई जीवनभर केहिल्यै पनि फुकाल्न सक्छौं ।

दार्चुलाका बासुदेव भट्ट १४ दिनको क्वारेन्टाइनपछि पनि लकडाउनका कारण आमाको मुख हेर्न घर जान सकेनन् । भारतीय बजार बालुवाकोटको क्वारेन्टाइनमा चार दिनसम्म आमाको किरिया बसेपछि बल्ल उनलाई घर पठाइयो । यस्तो बेलामा भारतले घर जाने अनुमति दिए पनि आफ्नै देशमा सानो कामको लागि पनि सत्र ठाउँमा सिफारिस लिनुपर्ने बाध्यतामा उनी अल्झिए । धेरै दिनसम्म महाकाली तर्दै, लुक्दै, सुत्केरी, बाल, बच्चा, वृद्धहरू घण्टांै, दिनौं हिँडेर आफ्नो गन्तव्यमा पुग्न तल्लीन रहे । जननी र जन्मभूमिको मायाले घर फर्किनेहरूका न त खुट्टाका फोका न मनमा लुकेको पीडा अहिलेसम्म पनि कसैले देख्न सकेका छैनन् ।

विदेशीहरूले घुम्न आएका आफ्ना नागरिकलाई धमाधम जहाज चार्टर गरेर हामै्र देशबाट थिए । भुटानले आफ्ना दुई जना नागरिक लिन जहाज चार्टर गरेर पठायो । तर, हातमुख जोड्न दुःखकष्ट गरी मजदुरी गर्न हिँडेका नेपाली भने आफ्नै देशको सीमामा पुगेर अलपत्र बन्नुलाई भावनामा बग्नुहुँदैन, मर्न देऊ भन्न मिल्छ ? धेरै दिनसम्म झुलाघाट र धार्चुला गरेर १५ सयभन्दा बढी नेपाली सीमानाकामै रोकिएका थिए र छन् ।

सुदूरपश्चिमले जस्तासुकै नेता जन्माएको भए पनि अहिलेसम्म सिंहदरबारबाट यो सुदूर नै रहिरहेको छ

करिब २८ लाख जनसंख्या भएको सुदूरपश्चिम प्रदेशका प्रत्येक घर, परिवारबाट कम्तीमा एक जना वा घरका सबै पुरुष काम गर्न भारत पसेका छन् । वर्षौंदेखि यो क्रम चल्दै आइरहेको छ र यसको अन्त सजिलै हुने लक्षण अझै पनि देखिँदैन । लोकेन्द्रबहादुर चन्द हुन् या शहीद दशरथ चन्द, शेरबहादुर देउवा हुन्, भीम रावल हुन् या त्रिलोचन भट्ट नै किन नहुन्, सुदूरपश्चिमले जस्तोसुकै नेता जन्माएको भए पनि अहिलेसम्म सिंहदरबारबाट यो सुदूर नै रहेको छ । सुन्दर पश्चिम बन्न सकेको छैन । अप्ठेरो पहाडको बाटोमा हुने दुर्घटना हुन् या समयमा उपचार नपाएर हुने मृत्यु, रक्सी पिएर श्रीमतीलाई कुट्ने घटना हुन् या घन्टौ हिँड्नुपर्ने बाध्यता अन्त्य हुन् सकेका छैनन् । धामी, झाँक्री, भाकलजस्ता अन्धविश्वासले अहिले पनि डाक्टरको स्थान लिएको छ ।

जातीय छुवाछुत, छाउपडी, देउकी जस्ता कुप्रथाहरू अहिलेसम्म पनि विद्यमान छन् । वर्षौसम्म हलिया बस्न बाध्य भएकाहरू अझै पनि तन्किन सकेका छैनन् । अहिलेसम्म पनि छुवाछुतका कारण मान्छे नै मान्छेबाट हेपिएका छन् । नुनदेखि सियो किन्न भारत नै धाउनुपर्ने बाध्यता छ । घिउलगायत स्याउ, सुन्तला बेच्न भारतकै बजार खोज्नुपरेको छ । भारतलगायत अन्य देशबाट सामान आयात हुन्छन् तर आफ्नै ठाउँमा फलेका फलफूलले बजार पाउँदैनन् ।

वर्षौ पहिले बनेको नेपाल–भारत जोड्ने झुलाघाटमा रहेको फलामको पुल ठाउँठाउँ, खिया लागेर, जीर्ण अवस्थामा पुगेको छ । त्यसलाई बनाउन पनि स्थानीयवासीले आन्दोलन गर्नुपरेको छ । २०५० सालतिर निर्माण सुरु भएको अछामको कमलबजार विमानस्थल अहिलेसम्म प्रगति शून्य छ । बैतडीको पाटन र महेन्द्रनगरको मझगाउँ विमानस्थलमा वर्षौ पहिला उडान हुने गरेको भए पनि अहिले बन्द भएका छन् । अछामको साँफेबगरमा केही महिनाअघि मात्र उडान सुचारु भएको छ । धनगढीबाहेक सुदूरपश्चिम प्रदेशका दुर्गमका कुनै पनि जिल्लामा हवाई उडान हुँदैन । स्थानीयस्तरमा कायापलट गर्न सक्ने पञ्चेश्वर, सेती जलविद्युत् आयोजना वर्षौदेखि गुपचुप नै छन् । पुल नभएका ठाउँमा वर्षाको समयमा यातायात बन्द गर्नुपर्ने अवस्थाको अन्त्य हुन सकेको छैन । अहिले पनि तुइन वा ट्युबबाट महाकाली तर्नुपरेकै छ ।

भारतमा मजदुरी गर्नेदेखि सुरक्षा गार्डको काम गर्ने युवाहरूले घरमा पैंसा पठाएनन् भने औषधि किन्न पनि पैसा नहुने त्यहाँको अवस्था छ । गम्भीर प्रकृतिका बिरामीलाई अहिले पनि काठमाडौं या भारत नै दौडाउनुपरेको छ । बाजुरालगायत अन्य जिल्लामा कुपोषणको सिकार भएका बालबालिकाहरू भेट्न गाह्रो छैन । त्यहाँका कतिपय परिवार भूतपूर्व भारतीय सैनिक भएकाले गुजारा गरिरहेका छन् । लामो समयदेखि पढेलेखेका र चेतनशील युवाहरू घरबाहिर देशविदेशमा बस्ने हुँदा गाउँका मानिसहरूमा चेतना आउन सकेको छैन । मलिला मोती फलाउने खेत बाँझो रहन पुग्दा बाघ, भालु, चितुवा, बँदेलजस्ता जंगली जनावरले बालीनाली नोक्सान गर्नेदेखि घरभित्रै आएर केटाकेटीमाथि आक्रमण गर्न थालेका छन् । देशका प्रशासनिक, राजनैतिक, शिक्षा, स्वास्थ्य आदि क्षेत्रका उच्च पदमा धेरै व्यक्ति यही सुदूरपश्चिम क्षेत्रबाट पुगे पनि यस्ता व्यक्तित्व जन्माएका कतिपय सामुदायिक स्कुल अहिले बन्द भइसकेका वा हुने अवस्थामा पुगेका छन् । सडक बनाउने नाममा जथाभावी रूखहरू काटिएका र मलिला खेत ध्वस्त भएका छन् ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   माफिया, तस्कर र बिचौलियाको सलबलाहट

जन्म दिने आमा र जन्मभूमिको अपार माया बोकेर घर फर्किसकेका र सीमामा बस्न बाध्य युवाले अब भने दुःख गर्न विदेशी भूमि नै रोज्नु हुँदैन । आफ्नै गाउँठाउँमा उद्यम गरेर खान सक्नुपर्छ । वर्षौदेखि गाउँहरू युवाविहीन भएको कारणले नै सुदूरपश्चिमको विकास हुन नसकेको हो भन्ने उनीहरूले बुझ्नुपर्छ । युवाहरू संगठित भएर काम नगर्ने नेता, मन्त्री, सांसद जोसुकैलाई पनि घोक्र्याएर फाल्न सक्ने हिम्मत राख्नुपर्छ । राम्रो काम गर्नेलाई माला र नराम्रो काम गर्नेलाई पाखा लगाउन सके मात्र सिंगो सुदूरपश्चिम सुन्दर पश्चिम बन्न सक्छ । काठमाडौंमा बसेर औंला ठड्याउने सिहंदरबारलाई जनताको घर आगनसम्म ल्याउन एउटा कर्मठ युवाबाहेक कसैले गर्न सक्दैन ।

देशविदेशबाट सीप सिकेर आएका युवाले अरूको गुलामी गर्नुभन्दा आफ्नै गाउँठाउँमा बसेर केही गर्ने हिम्मत राख्नुपर्दछ । आधुनिक माहुरी पालन, पशुपालन, कृषि, उद्योगधन्दा, सिलाइकटाइ, पर्यटनजस्ता व्यवसायमा युवा लाग्नु जरुरी छ । गाउँमै केही गर्न खोज्ने युवालाई स्थानीय, प्रदेश, केन्द्रीय सरकार मिलेर निरुत्साहित गर्दै आफ्नो देश फिर्ने युवालाई ठूलै गल्ती जस्तै नाङ्गै सडक डुलाउनुभन्दा पनि विभिन्न प्याकेज ल्याएर प्रोत्साहित गर्नु जरुरी छ । वर्षौदेखि युवाविहीन भएका सुदूरका गाउँहरूमा युवालाई टिकाउन सकियो भने मात्र सुक्न लागेका सामुदायिक विद्यालयमा विद्यार्थीको आर्कषण बढ्न सक्छ । गाउँघरमै अस्पताल, यातायातको सुविधा, पानी, बत्ती पुग्न सक्छ ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   ढल निकास सुव्यवस्थित गर

केही महिनाअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोको सीमामा ठूलो पर्खाल लगाउने घोषणा गरेका थिए । हाम्रा भारत जोड्ने कतिपय सीमा अहिलेसम्म पनि अस्तव्यस्त छन् । जहाँबाट नेपाल फर्किन खोज्ने लुकीछिपी सजिलै प्रवेश गरिरहेका छन् । जसका कारण कोराना भाइरसको संक्रमण मात्र हैन, अन्य आपराधिक गतिविधि सजिलै हुने गरेका छन् । यसरी प्रवेश गर्नेलाई रोक्न अहिले सुरक्षाकर्मीलाई हम्मेहम्मे परिरहेको छ । सुरक्षाकर्मीलाई पनि हम्मे किन नपरोस् । जनताको लागि केही गर्छु भन्ने नै दश गुणा बढी सुरक्षाकर्मी अगाडिपछाडि लगाएर हिँडेपछि सीमामा सुरक्षाकर्मीको कमी किन नहोस् । बन्दुककै भरमा आन्दोलन गरेका पूर्वप्रधानमन्त्री एवं नेकपाका अध्यक्ष पुष्पकमल दाहालको निवासमा मात्र ७७ जना सुरक्षाकर्मी खटिएको सुन्दा नेपालीले तिरेको करको धेरैजसो हिस्सा यिनकै सुरक्षाको लागि खर्च हुँदोरहेछ भन्ने प्रस्ट हुन्छ ।

यसैगरी, पूर्वसभामुख ओनसरी घर्तीको निवासमा नियमअनुसार दुई जना सुरक्षाकर्मी हुनुपर्नेमा १० जना खटिँदै आएका रहेछन् । पूजा गर्नु पाप हो, तिमीहरूलाई माथि उकास्न हामीले बन्दुक समाएका हौं भन्दै जनतासँग हात मिलाएर आएका अहिले सहरमा जनताकै डरले वरिपरि सुरक्षाकर्मी लगाएर गुप्तवास बसेका छन् । यी मात्रै होइनन्, दुईदेखि १० गुणासम्म बढी सुरक्षाकर्मी प्रयोग गरिरहेका ९६ जना व्यक्ति तथा संस्था छन् । कार्यविधिअनुसार उनीहरूलाई ७७ जना उपलब्ध गराउनुपर्नेमा ६ सय ५ जनासम्म सुरक्षाकर्मी उपलब्ध गराइएको रहेछ । जसअनुसार ५ सय १८ जना सुरक्षाकर्मी भीआईपीले दुरुपयोग गर्र्दै आइरहेका रहेछन् । अहिले सीमामा सुरक्षाकर्मी अपुग हुँदा त्यहाँ पठाउने भनिएको छ ।

‘म भ्रष्टाचार गर्दिन र भ्रष्टाचार गर्ने कसैलाई पनि छोड्दिन’ भन्ने प्रधानमन्त्रीले यस्ता कुराहरू यत्रो वर्षसम्म भइरहँदा पनि किन देख्न सक्नुहुन्न ? ५ सय १८ जना सुरक्षाकर्मीलाई सीमामा पर्खाल बनाउन वा पोल गाडेर तारहरू लगाउन प्रयोग गरे हुँदैनथ्यो ? अहिले सेनाले नै आफ्नो सरोकार नभएको विषयसँग सम्बन्धित कोरोना भाइरसको विरुद्धमा प्रयोग गरिने औषधि किन्ने जिम्मा पाएको छ । यसरी भीआईपीले दुरुपयोग गरिएका ५ सय १८ जना सुरक्षाकर्मीलाई पछाडि परेका कर्णाली, सुदूरपश्चिम प्रदेशमा पुल, अस्पताल, सडक, जलविद्युत् आयोजना, पर्यटक स्थलजस्ता काममा खटाए त्यहाँको विकास हुन कति नै समय लाग्थ्यो र ? तर, आफूबाहेक अरूको बारेमा सोच्ने समय कसलाई छ यहाँ ? त्यसैले त भन्न मन लाग्छ, सुदूरपश्चिमका युवाहरू ‘जाग लम्क चम्क हे नवजवान हो, आफ्नै ढंगले नयाँ रंगले ।। देश सिँगार्न यो काँधमा काँध जोडी, बिघ्नको पहाड फोडी ।। रगत पसिना बगाई, तनमनधन लगाई ।। निर्माणको बेला छ है यो ।’

तपाइको प्रतिक्रिया

(Visited 194 times, 1 visits today)

आजको समाचार

कोलकातासँग मुम्बाई पराजित

आबुधावी । ईन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वेन्टी क्रिकेटमा कोलकाता नाइट राइडर्सले मुम्बई इन्डियन्सलाई ७ विकेटले हराएको छ । आबुधाबीमा गएराति भएको खेलमा मुम्बइले दिएको...

भोलिदेखि कांग्रेसले ६४ जिल्लामा पालिका अधिवेशन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले असोज ९ गतेदेखि पालिका अधिवेशनलाई अघि बढाउने भएको छ । शुक्रबार बिहान सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीको...

महासभामा भाग लिन परराष्ट्रमन्त्री न्युयोर्कमा

  काठमाडाैं ।  पराष्ट्रमन्त्री डा नारायण खड्का संयुक्त राष्ट्रसङ्घको ७६औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्युयोर्क पुगेका छन् । मन्त्री खड्का नेतृत्वको प्रतिनिधिमण्डललाई जोन...

स्यानीटरी प्याडमा भन्सार महशुल बढाएको छैन : अर्थमन्त्रालय

  काठमाडौँ । सरकारले स्यानीटरी प्याडको आयातमा भन्सार महशुल बढाएको भनी सामाजिक सञ्जाल र कतिपय संचारमाध्यममार्फत फैलाएको हल्लाप्रति ध्यानाकर्षण भएको जनाएको छ । अर्थमन्त्रीको सचिवालयले...

दसैंमा टिकाकाे साइत बिहान १० बजेर ०२ मिनेटमा

  काठमाडाैं । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको बडादसैँका विभिन्न साइत सार्वजनिक गरेको छ । असोज २१ गते बिहीबार बिहान ११ः४६ बजे घटस्थापनाको साइत...

साताका लोकप्रिय समाचार

काजी लिम्बुको निर्देशनमा ‘एकै छिन’ सार्वजनिक

काठमाडौँ । 'किन मायामा' बोलको गीतमा एकसाथ सहकार्य गरेर स्रोताको मन जित्न सफल गीतकार गोपाल लोहार, गायक किरण गजमेर र संगीतकार वसन्त सापकोटा फेरि...

सेतीमा २ जना कोरोना संक्रमितको मृत्यु

  धनगढी । धनगढीमा दुई जना कोरोन संक्रमितको मृत्यु भएको छ । उनीहरूको सेती प्रादेशिक अस्पतालमा उपचार क्रममा सोमबार मृत्यु भएको हो । मृत्यु हुनेमा बझाङको...

इन्द्रजात्रा सुरु, हनुमान ढोकामा इन्द्रध्वजोत्थान सम्पन्न

काठमाडौं । काडमाडौंमा प्रसिद्ध इन्द्रजात्रा आजदेखि सुरु भएको छ । वर्षा र सहकालका देवता इन्द्रको नाममा गरिने इन्द्रजात्राको इन्द्रध्वजोत्थान आज बिहान ६:५१ बजेको शुभ...

अध्यादेश खारेज नभई जसपाले मन्त्री पठाउँदैन : उपेन्द्र यादव

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज नभएसम्म सरकारमा नजाने अडान लिएका छन् । अध्यादेश खारेजपछि मात्र...

राष्ट्रपतिबाट बजेटसम्बन्धी विधेयक प्रमाणीकरण

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार चालू आर्थिक वर्षको बजेटसम्बन्धी विधेयक प्रमाणीकरण गरेकी छन् ।प्रमुख प्रतिपक्षी दल एमालेको नाराबाजीबीच बिहीबार प्रतिनिधिसभा र राष्ट्रिय सभामा...

ट्रेन्डिङ

संक्रमित किशोरीलाई जबर्जस्ती गरेको आरोपमा इन्जिनीयर पक्राउ

रोल्पा । रुन्टिगढी गाउँपालिकामा किशोरीलाई जबर्जस्ती करणीको प्रयास गर्ने एक इन्जिनीयर पक्राउ परेका छन् । गाउँपालिकाको होलेरीमा २० वर्षीया कोरोना पोजेटिभ किशोरीलाई जबर्जस्ती गरेको...

संकट समाधानमा दलीय एकता

कोरोना भाइरस संक्रमणको सम्भावित जोखिमविरुद्ध एकजुट भएर सामना गर्न प्रमुख दलहरूले सहमति गरेका छन् । हाम्रा राजनीतिक दल र नेताहरूमा धेरै विषयमा समस्या देखिए...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 201 times, 1 visits today)