Thursday, August 5, 2021
Homeखेलजोफ्राले भेटे हराएको स्वर्ण पदक

जोफ्राले भेटे हराएको स्वर्ण पदक

,
sharethis

लन्डन । इंग्ल्यान्डका तीव्र गतिका बलर जोफ्रा आर्चरले एकदिवसीय विश्वकप क्रिकेटको उपाधि जित्दाको हराएको स्वर्णपदक भेटेको बताएका छन् । घरको डिजाइन परिवर्तन गर्ने क्रममा हराएको स्वर्णपदक आफ्नै रुममा भेटिएको आर्चरले बताएका छन् ।

इंग्ल्यान्डले २०१९ मा न्युजिल्यान्डलाई हराएर एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको थियो । सामाजिक सञ्जाल ट्वीटरमा विश्वकपको पदकको तस्बिर सार्वजनिक गर्दै आफूले पाहुना बस्ने बेडरुममा भेटेको बताएका छन् । उनले त्यसअघि त्यो पदक कतै झुन्ड्याएको भर्खरै घर सर्ने क्रममा पदक कतै परेको हुन सक्ने बताए पनि खोज्दाखोज्दै नपाएको बताएका थिए । उनले २३.०५ को औसतले २० विकेट लिएका थिए ।

यसक्रममा उनी इंग्ल्यान्डको तर्फबाट सर्वाधिक विकेट लिने बलरसमेत बनेका थिए । सन् २०१९ मा अन्तर्राष्ट्रिय डेब्यु गरेका २५ वर्षीय बलरले त्यस विश्वकपको लर्ड्समा भएको फाइनलमा अन्तिम ओभरको ठूलो जिम्मेवारी पाएका थिए । तर, उनले त्यसक्रममा उत्कृष्ट प्रदर्शन गरे र दबाबपूर्ण समयमा पनि धैर्यता नगुमाउँदै उच्च प्रदर्शन गरेका थिए । रोमाञ्चक बनेको फाइनलमा इंग्ल्यान्डले न्युजिल्यान्डलाई सर्वाधिक धेरै बाउन्ड्रीको आधारमा हराएको थियो । खेल बराबरी भएपछि सुपर ओभरमा गएको थियो । तर, सुपर ओभरसमेत बराबरी भएपछि सर्वाधिक धेरै बाउन्ड्रीको आधारमा इंग्ल्यान्ड च्याम्पियन बनेको थियो ।

(Visited 104 times, 1 visits today)

आजको समाचार

४२ दिनयता बुधबार सबैभन्दा धेरै संक्रमित

काठमाडौं । पछिल्ला दिनमा दिनप्रतिदिन कोरोना संक्रमित बढ्न थालेपछि नेपाल कोरोनाको तेस्रो लहरमा प्रवेश गर्न थालेको आशंकामा बल पुग्न थालेको छ । जनस्वास्थ्यविद्हरूले संक्रमण...

निरन्तर ६ वर्षदेखि नाफा कमाएको निगम अहिले ४ अर्ब घाटामा

काठमाडौं । निरन्तर ६ वर्षदेखि नाफा कमाउँदै आएको नेपाल आयल निगमले पछिल्लो समय निरन्तर घाटा बेहोर्दै आएको छ । निगमका नायब कार्यकारी निर्देशक नागेन्द्र...

संघीयता मात्रै दोषी हो र ?

नेपालको प्रमुख समस्या भनेको गरिबी, बेरोजगारी, महँगी, शान्ति सुरक्षाको कमजोर अवस्था तथा आर्थिक अनियमितता हो । आर्थिक पारदर्शिता र सुशासनबिना नेपालजस्तो देशको प्रगति असम्भव...

हामी सचेत छौं, सक्रिय छैनौं

यहाँ हामी भन्नाले समग्र नेपाली नागरिकलाई भन्न खोजिएको हो । पढेलेखेको, राजनीतिक सुझबुझ भएको, जानेबुझेको, देशदुनियाँ देखेको सचेत वर्गलगायत आमनागरिक नै हामी हौं ।...

साताका लोकप्रिय समाचार

स्वास्थ्य राज्यमन्त्री श्रेष्ठद्वारा सरकारी सेवा सुविधा नलिने घोषणा

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले कुनै पनि सरकारी सेवासुविधा नलिने घोषणा गरेका छन् । राज्यमन्त्री श्रेष्ठले आज मन्त्रालयमा आफ्नो ‘सार्वजनिक स्वास्थ्य र...

व्रत भए पनि बोलबम प्रभावित

ललितपुर । साउन तेस्रो सोमबारका दिन भए पनि विगतजस्तो चहलपहल हुन सकेको छैन । कोरोना संक्रमण दोस्रो लहर नघटेका कारण शिवालय नखुल्दा महिला भक्तजनको...

राजधानीका सडक भ्वाङै भ्वाङ

काठमाडौं । वर्षा लागेसँगै काठमाडौं उपत्यकामा सडक खाल्डाखुल्डीले भरिन थालेका छन् । यहाँका सडक हिउँदमा धुलाम्मे, वर्षा लागेसँगै हिलाम्मे र खाल्डाखुल्डीले भरिन थाल्छन् ।...

लाइसेन्स ट्रायल खुलाउने तयारी

काठमाडौं । सरकारले कोरोना संक्रमण बढेसँगै निषेधाज्ञा जारी गरेपछि बन्द रहेको सवारी चालक अनुमति पत्र (लाइसेन्स)को ट्रायल खुलाउने तयारी गरेको छ । यातायात व्यवस्था विभागले...

मन्त्री कस्ता ?

प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको शासकीय बागडोर सम्हालेको १७ दिन बितिसक्दासमेत उनले मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेका छैनन् । २९ असारमा प्रधानमन्त्री नियुक्त भएकै दिन उनले...

ट्रेन्डिङ

बाँकेमा छ कोरोना सङ्क्रमितको मृत्यु

नेपालगन्ज । बाँकेमा गए रातभरीमा छ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृतकमा बाँकेका तीन, दाङ्घका दुई र कपिलवस्तुका एक जना रहेका छन्...

चुनाव हुन्छकी हुन्न भन्नेमा दुविधा कसैमा छैन : पर्यटनमन्त्री

मोरङ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री भानुभक्त ढकालले वैसाखमा चुनाव हुन्छकि हुन्न भन्ने दुविधा कसैमा नरहेको बताएका छन् । विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 194 times, 1 visits today)