फेरि माइतीघर निर्माण हुँदै

काठमाडौं । २०२२ सालमा निजी क्षेत्रबाट पहिलो नेपाली चलचित्र माइतीघर निर्माण भएको थियो । यही नाममा फेरी अर्को नेपाली चलचित्र ‘माइतीघर’ निर्माणको घोषणा गरिएको छ ।

यस अघि अभिनेता अनमोल केसीलाई लिएर चलचित्र फर्की फर्की निर्माण गरेको रोहित अधिकारीले नयाँ माइतीघर निर्माणको घोषणा गरेका हुन् । माघबाटै यो चलचित्रको छायांकन गरिने भनिएको थियो । तर अभिनेता प्रकाश सपुतले आगामी वैशाखको पहिलो हप्ताबाट यसको छायांकनको लागि समय दिएका छन् । अब यो चलचित्रको छायांकन वैशाखको पहिलो साताबाट मात्र सुरु हुने भएको छ । अभिनेता सपुत अहिले नयाँ चलचित्र सोल्टिनीको छायांकनमा भोजपुरमा छन् ।

चलचित्र माइतीघरमा सोमबार अभिनेता धिरज मगर पनि अनुबन्धित भएका छन् । यो चलचित्रमा धिरज मगरसँगै केदार घिमिरे (माग्ने बुढा), प्रकाश सपुत, उपासना सिंह ठकुरी, बुद्धि तामाङ र नव नायिका दिकिला शेर्पा कलाकारको रूपमा चयन भइसकेका छन् ।

यो चलचित्रलाई आगामी दसैँको फूलपातीबाट रिलिज गर्ने घोषणा निर्माणपक्षले गरेको छ । दसैँमा एउटा शो पाए पनि यो चलचित्र रिलिज गर्ने निर्माता रोहित अधिकारीले राजधानीलाई बताए ।

चलचित्र माइतीघरलाई मिलन तामाङको निर्देशन गर्दैछन् । चलचित्रको निर्मातामा रविन शेरचन र धिरज तामाङ रहेका छन् । यसमा चन्द्रकुमार दोङको कथा, सुशन प्रजापतिको छायांकन, रामशरण पाठकको संवाद छ । माइतीघरको कार्यकारी निर्माता ईश्वरी श्रेष्ठ हुन् ।

तपाइको प्रतिक्रिया
(Visited 54 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

चितवनमा बस दुर्घटना, २५ बढी घाइते

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कर्णालीमा चार महिलाले दिए मेयरमा उम्मेदवारी