छैटौँ नेपाल कल्चर इन्टरनेशनल फिल्म फेस्टिभलमा नेपालका ३५ चलचित्र

काठमाडौं । १९ माघबाट काठमाडौँमा आयोजना हुने ‘छैटौँ नेपाल कल्चर इन्टरनेशनल फिल्म फेस्टिभल–२०२५’ मा चयन भएको चलचित्रहरूको सूची निर्माण पक्षले सोमबार सार्वजनिक गरेको छ । यही १७ माघबाट १९ माघसम्म तीन दिन यो महोत्सव काठमाडौँमा आयोजना हुने छ । महोत्सवमा नेपालबाट लामा र छोटा गरेको ३५ वटा चलचित्र चयन भएको यसका अध्यक्ष सन्तोष सुवेदीले राजधानीलाई जानकारी गराएका छन् ।

महोत्सवको राष्ट्रिय निर्णायक टिमले विभिन्न शीर्षकमा नेपाली चलचित्र चयन गरेको हो । महोत्सवमा फिचर, महिला, बालबालिका, लघु र कल्चर शीर्षकमा नेपाली चलचित्रबिच अवार्डको लागि प्रतिस्पर्धा हुने भएको छ ।

महोत्सवमा यस पटकको लागि चयन भएका नेपाली चलचित्रहरूमा निर्देशक एजी विश्वासको हुकेड, धनराज बाराकोटीको रेमनान्टस्, अनुषा थुलुङ राईको रोङफामु, सन्दीप डंगोलको बालक हराएको सूचना, गोपाल सिवाकोटीको पर्पेचुअल सर्च रहेको छ । यस्तै गौरव गौतमको चलचित्र चराको नाच, ओवेद उद्रिनको लेट नाईट, दिनेश खड्काको फुर्लुङ, दीपेन्द्र केसीको पचेडा, अशोक पाठकको निर्देश, सुवास प्रसाद गजुरेलको चलचित्र कन्तुर, मोहन श्रेष्ठको चलचित्र द स्कुल वाल, खेमराज अधिकारीको चलचित्र बेली, सञ्जय पौडेल र वन्दना श्रेष्ठको चलचित्र वान केजअल डे, डब्बु क्षत्रीको चलचित्र द सिगरेट पनि महोत्सवमा चयन भएको छ ।

यो महोत्सवमा चयन भएको अन्य लघु चलचित्रहरूमा सनोल दासको पखेटा, गोपाल ऐरीको मनु, रामजी ज्ञवालीको रित्तो गाउँ, आयुव केसीको अदेख, सरिता शाहको चलचित्र थ्रोसहोल्ड रहेका छन् । लघु चलचित्रका लागि निर्णायकमा अभिनेता प्रदीप खड्का र टेलिभिजन कार्यक्रम सञ्चालक टिकाराम यात्री रहेका छन् ।

फिचर चलचित्र तर्फ दिनेश राउतको पूजार सार्की, लक्ष्मण सुनारको बुलाकी, सत्यराज चौलागाईंको विच्छेद, अरनिको कुमार सिंहको चलचित्र डाकिनी, कलम एक्चैन मगरको डेसान रहेका छन् । जसमा जसमा नेपाली फिचर चलचित्रका लागि मुख्य निर्णायक शम्भुजीत बासकोटा, निर्णायकहरू अभिनेत्री मिथिला शर्मा, चलचित्र निर्देशक दीपेन्द्र के खनाल छन् ।

यसै गरी लोकेन साँवा लिम्बुको चलचित्र सुगुप, टासी ल्हाजोमको चलचित्र नो मोनिस्ट्रि नो भिलेज, योवन शाक्यको चिपागु निला, रजिला श्रेष्ठको छेसाङ जस्ता कल्चरल चलचित्र पनि महोत्सवको लागि चयन भएका छन् । यी नेपाली कल्चरल चलचित्रको लागि निर्णायकमा अभिनेत्री सुरक्षा पन्त, निर्माता एवम् निर्देशक रौनक विक्रम कँडेल र निर्देशक दिनेश लिङदेन रहेका छन् । यो महोत्सवको तयारी तीव्र गतिमा भइरहेको महोत्सवको अध्यक्ष सन्तोष सुवेदीले जानकारी गराए । अध्यक्ष सुवेदीका अनुसार विश्वभरिका सांस्कृतिक चलचित्रको प्रवर्धनका लागि यो महोत्सव हरेक वर्ष नेपालमा आयोजना हुँदै आएको छ ।

महोत्सवमा यस पटक ६० देशका चार सय भन्दा बढी चलचित्रको आवेदन परेको थियो । ती चलचित्र मध्यबाट नेपाल सहित ४७ देशका ९८ वटा चलचित्र छैटौँ नेपाल कल्चर इन्टरनेशनल फिल्म फेस्टिभल–२०२५को लागि चयन गरिएको पनि अध्यक्ष सुवेदीले बताएका छन् । जसमध्ये नेपालबाट मात्रै ३५ वटा चलचित्र रहेका छन् ।

महोत्सवमा चयन भएका यी चलचित्रहरूले उत्कृष्ट चलचित्र, निर्देशक, अभिनेता, अभिनेत्री, छायांकार, सम्पादक, स्क्रिप्टजस्ता विभिन्न विधामा प्रतिस्पर्धा गर्नेछन् । यी विभिन्न विधामा सर्वोत्कृष्ट भएका चलचित्र तथा कलाकार प्राविधिकलाई महोत्सवको समापन समारोहमा अवार्ड प्रदान गरिने छ ।

यो चलचित्रको उद्घाटन समारोह काठमाडौँको दरबारमार्ग स्थित क्युएफएक्स राईजिङ मल चलचित्र घरमा आयोजना गरिने छ । उद्घघाटन पछि सोही चलचित्र घरमा दुई दिनसम्म नियमित रूपमा चलचित्र प्रदर्शनीका साथै चलचित्रका विविध विषयमा छलफल एवम् अन्तरक्रिया गरिने भएको छ । त्यसपछि चलचित्र विकास बोर्डमा तीन दिनसम्म चलचित्र प्रदर्शनी, मास्टर क्लास, र कला प्रदर्शनी आयोजनासहित बोर्डमै महोत्सवको समापन समारोह गरिने पनि महोत्सव अध्यक्ष सुवेदीले जानकारी गराएका छन् । महोत्सवमा चलचित्र प्रदर्शनसँगै चलचित्रको विषयमा अन्तरक्रिया, मास्टर क्लास, कार्यशालाका साथै कला प्रदर्शनी समेत रहेको महोत्सवका अध्यक्ष सन्तोष सुवेदीले जानकारी गराए ।

तपाइको प्रतिक्रिया
(Visited 85 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

श्रेणीविहीन कर्मचारीहरुको जागिरको ग्यारेन्टी गर्नुपर्ने प्रभु साहको माग

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार हमाल ७ हजार मतले अगाडी