कवाड व्यवसायीले बुझाए जसपा अध्यक्ष यादवलाई ज्ञापनपत्र

काठमाडौं । कवाड व्यवसायी समाज नेपालले शान्तिपुर्ण रुपमा आफ्नो पेशव्यवसाय गर्न पाउनुपर्ने माग गरेका छन् । जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादवलाई हिजो मंगलबार ज्ञापनपत्र बुझाउदै उनीहरुले आफूहरुमाथि भईरहेको धरपकड, तोडफोड अन्त्य गर्नका लागि पहल गरिदिन आग्रह गरेका छन् ।

कवाड व्यवसायी समाजका अध्यक्ष रामकेवल गुप्ताको नेतृत्वमा कवाड व्यवसायीले जसपा अध्यक्ष यादवलाई ज्ञपनपत्र बुझाएको हो । उनीहरुले आफूहरुलाई पेशाव्यवसायबाट धपाउन खोजिएको बताउदै सरकारको तर्फबाट शान्ति, सुरक्षाको व्यवस्था गराउनमा पहल गरिदिन आग्रह गरेका छन् ।

कवाड व्यवसायीहरुसंग जसपा अध्यक्ष यादवले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । साथै उनले सरकारसंग समन्वय गरेर शान्ति, सुरक्षाका लागि पहल गर्ने र कवाड व्यवसायीको आन्दोलनमा आफ्नो समर्थन रहेको जनाएका छन् ।

‘काठमाडौं महानगरले वातावरण फोहर गरेको, आगलागी घटना बढाएको, चोरीको घटना बढाएको जस्ता झुटा आरोप लगाएर महानगरपालिकाले कवाडमा व्यापक तोडफोड गरिएको स्थिति छ । कवाड व्यवसायीका समान जफत गरेको अवस्था छ । व्यवसायीलाई गालीगलौज कुटपिट र अभद्र व्यवहार गरेको छ’ कवाड व्यवसाय समाजले यादवलाई बुझाएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

काठमाडौं महानगरपालिकाले कानून विपरित आफूहरुलाई दुख दिने, तोडफोड गर्ने र व्यवसायबाट धपाउँन खोजेको अध्यक्ष गुप्ताले जनाएका छन् । यस अघि समितिले काठमाडौंका प्रमुख जिल्ला अधिकारीलाई समेत एक ज्ञापनपत्र बुझाउदै शान्ति, सुरक्षाको माग गरेको थियो ।

काठमाडौं महानगरपालिकाले पछिल्लो समयमा कानून विपरित कवाड व्यवसायीलाई दुख दिने र अराजक गतिविधि गर्दै डोजरले घर पनि भत्काउने गरेकाले उनीहरुले शान्ति सुरक्षाको माग गर्दै ज्ञापनपत्र बुझाएका हुन् ।

समितिका अध्यक्ष गुप्ताको नेतृत्वमा ज्ञापनपत्र बुझाउन गएको टोलीमा कवाड व्यवसायीका नेताहरु गोपाल जयसवाल, रविशंकर प्रसाद, नारायण गुप्ता, बिजय गुप्ता, श्याम यादव लगायतको सहभागिता रहेको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 111 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

चिकित्सक दम्पतीको फाउन्डेसनमा १८ बालबालिकाको अभिभावकत्व

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
घोडाघोडीमा दुई पक्षीय प्रतिस्पर्धा