एनआरएनएको १२ औं महाधिवेशन असोज २५ मा

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) १२ औं अन्तर्राष्ट्रिय महाधिवेशन तथा विश्व सम्मेलन २०८२ साल असोज २५ देखि २८ गतेसम्म हुने भएको छ । संघको गत आइतबार सम्पन्न अन्तर्राष्ट्रिय कार्यकारी सचिवालय र पदाधिकारी बैठकले उक्त निर्णय गरेको महासचिव गौरी जोशीले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

विज्ञप्तिमा भनिएको छ, संघको १२ औं अन्तर्राष्ट्रिय महाधिवेशन तथा विश्व सम्मेलन मिति २०८२–०६–२५ देखि २८ (तदनुसार सन् २०२५ अक्टोबर ११ देखि १४) मा आयोजना गर्ने निर्णय गरेको जानकारी गराइन्छ । उक्त महाधिवेशनको तयारीका लागि यस संघले तयार गरेको Membership Information System (“MIS”) प्रणालीमार्फत सदस्यताका खुल्ला गरिएको तहाँ समक्ष जानकारी गराईन्छ ।’

‘सदस्यता खुल्ला भइसकेका एनसीसीमा तीव्र गतिमा अघि बढाउन र खुल्ला नभएका एनसीसीहरुमा तत्काल सुरु गर्न पुनः अनुरोध गर्दछौं’ विज्ञप्तिमा भनिएको छ, ‘गैरआवासीय नेपाली संघको विधान २००३ (२०२२ को संशोधन सहित) अनुसार सन् २०२५ साल जुलाई महिनामा एनसीसीको राष्ट्रिय महाधिवेशन सम्पन्न गरिसक्न निर्देशन दिईन्छ ।’

संघको अन्तर्राष्ट्रिय समन्वय परिषद् (सन् २०२३–२०२५ कार्यकाल) को आधिकारिता सम्बन्धित विषय उपर सम्मानित सर्वोच्च अदालतमा रिट निवेदन नं. ०८०
संघका पूर्व अध्यक्ष शेष घले समूहले संघको महाधिवेशन आयोजना गर्ने जनाई विभिन्न पत्राचार र ईमेल एनसीसीहरुमा भई रहेको जानकारी हुन आएको हुँदा उक्त पत्राचार र ईमेल संघ सम्बन्धित नभएको र त्यस्तो पत्राचारमा संघको सरोकार नरहेको हुँदा भ्रम र अन्यौलमा नरही संघको निर्देशनानुसार मात्र कार्य गर्न निर्देशन दिएका विज्ञप्तिमा उल्लेख छ ।

तपाइको प्रतिक्रिया
(Visited 47 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

सभापति देउवाले दिए संस्थापन समूह एकजुट छ भन्ने सन्देश

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
यस्ताे छ भरतपुरकाे ताजा अपडेट, रेणुकाे अग्रता कायमै