बुद्धभूमिमा नवग्रह अनुष्ठान तथा ज्ञानयज्ञ हुँदै

कपिलवस्तु । जिल्लाको बुद्धभूमि नगरपालिकामा नवग्रह अनुष्ठान र श्रीमद्भागवत ताण्डुलाञ्चल एवम् धनधान्याञ्चल ज्ञानयज्ञ माघ २१ गतेदेखि शुरु हुने भएको छ। श्री शनिदेव मन्दिर र ज्योतिष अनुसन्धान केन्द्रको आयोजनामा हुने यो ज्ञानयज्ञ बुद्धभूमि १ वीरपुरमा नौ दिनसम्म सञ्चालन हुनेछ। माघ २१ गतेदेखी सुरुहुने ज्ञानयज्ञको तयारी ७० प्रतिशत सम्पन्न भएको आयोजकले जानकारी दिएका छन्।

श्री शनिदेव मन्दिरका परिकल्पनाकार र मठाधिस बाबा योगीराजका अनुसार, नेपालमा नौ ग्रहका लागि अलग-अलग मन्दिर भएको एक मात्र मन्दिर विरपुरको शनिदेव मन्दिर रहेको दावी गरे । यज्ञमा ९ वटै ग्रहको ग्रह शान्ति गरिने र यसका लागि ११,१११ रुपैयाँ शुल्क तोकिएको छ। आयोजकले यज्ञमा अन्य कुनै शुल्क नलिने कुरा स्पष्ट पारेका छन्।

महासंकल्पका लागि विहान र बेलुका २७ जना पण्डितहरूले विधिपूर्वक जप र हवन गर्ने बताइएको छ । ज्ञानयज्ञमा १ क्विन्टल गाईको घ्यू बाट वैज्ञानिक तरिकाले हवन गरिने भएकाले भारतको गौशालाबाट घ्यू ल्याइने आयोजकले जानकारी दिए ।सोही मात्रामा नेपालमा शुद्ध गाईको घ्यू उपलब्ध नभएकाले भारतबाट ल्याउन लागरिएको बताए । यज्ञमा निस्वार्थ भावले स्थानीय एवम नेपाली सेनाले श्रमदान गरेको आयोजकले बताए।

कार्यक्रममा वडा नं १ का वडा अध्यक्ष तेज बहादुर थापाले यज्ञमा उपस्थित भइ कथा श्रवण गर्न सबैलाई आह्वान गरे। उनले यज्ञको माध्यमबाट यस क्षेत्रको प्रचारप्रसारमा मद्दत पुग्ने बताउदै, यज्ञलाई सफल बनाउन सबैलाई सहयोग गर्न आग्रह गरे। पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष डिलाराम भुसालले महायज्ञको नाममा विभिन्न ठाँउमा आर्थिक अनियमितता भएको भन्दै पवित्र यस यज्ञमा त्यसो नहुनेमा आफुढुक्क रहेको बताए । साथै यज्ञको प्रचारप्रसारको लागि मिडियाले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । ज्ञानयज्ञ माघ २१ गते बिहान ९:४५ मा प्रारम्भ हुने छ भने १०: ०५ मा झण्डा स्थापना गरिने छ । यसैगरी बिहान १०ः२४ मा सूर्य मन्दिर शिलन्यास गरिने कार्यक्रम रहेको छ ।

यसैगरी महासंकल्प तथा हवन कार्यक्रम १०: ४० बाट सुरु हुनेछ । राति ८ बजेदेखि १० बजेसम्म भजनकृतन कार्यक्रम हुने आयोजकले जनाएको छ । यज्ञमा प्रत्येक दिन अन्तराष्ट्रिय कथा वाचक आचार्य श्री विष्णु प्रसाद ज्ञवालीज्यूको मुखारविन्दबाट श्रीमद्भागवत तथा कथा प्रवचन हुनेछ । ज्ञानयज्ञ माघ २९ गते समापन हुने छ ।

तपाइको प्रतिक्रिया
(Visited 370 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

सभापति देउवाले दिए संस्थापन समूह एकजुट छ भन्ने सन्देश

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
बर्दगोरिया अध्यक्षमा एमाले र उपाध्यक्षमा माओवादी विजयी