पोखरामा टाइगर कप भबिलल सुरु

पोखरा । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा शनिबारदेखि पाँचौं संस्करणको टाइगर कप भलिबल प्रतियोगिता सुरु भएको छ ।

१२–१९ माघसम्म पोखरा रंगशालाको भलिबल कोर्टमा हुने प्रतियोगिताको उद्घाटन सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुव्वा गुरुङले उद्घाटन गरे ।

प्रतियोगितामा महिला तथा पुरुषतर्फ २ विदेशी टोलीसहित ६–६ टोलीले भाग लिएका छन् । पुरुषतर्फ भारतको सुनिल भलिबल क्लब कुरुक्षेत्र, हेल्प नेपाल स्पोर्टस् क्लब, गण्डकी प्रदेश भलिबल संघ, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र एपिएफ छन् । महिलातर्फ थाइल्याण्डको ट्राभल इन्क्वायरी युनाइटेड प्यासन भलिबल क्लब, एपिएफ, टिपटप न्यू डायमन्ड स्पोर्टस् क्लब, त्रिभुवन आर्मी, नेपाल पुलिस र आयोजक छन् ।

पहिलो दिन महिलातर्फ ३ खेल भयो । तीमध्ये अन्तिम खेल लाइट प्रोटेस्टका कारण स्थगित भयो ।

आयोजक र त्रिभुवन आर्मी क्लबबीच भएको तेस्रो तथा अन्तिम खेल लाइट प्रोटेस्टका कारण स्थगित भएको हो । पहिलो सेटमा २२–२० को अग्रता जोगाउन नसक्दा आयोजक टोली २३–२५ ले गुमाउन पुग्यो । दोस्रो सेटमा आर्मीले २५–२२ ले आफ्नो पक्षमा पा¥यो । तेस्रो सेट भने आयोजकले २५–२१ ले जित हासिल ग¥यो । र, लाइट प्रोटेस्टका कारण स्थगित गरिएको रेफ्री टहलसिंह थापाले बताए ।

त्यसअघि, पहिलो खेलमा एपिएफले थाइल्याण्डको ट्राभल इन्क्वायरी युनाइटेड प्यासन भलिबल क्लबलाई ३–२ सेटले पराजित गरेको थियो । अर्को खेलमा टिपटप न्यू डायमन्ड स्पोर्ट्स क्लबले नेपाल पुलिस क्लबलाई ३–२ ले हराएको थियो ।

महिला तथा पुरुष दुवैतर्फ विजेताले ५ लाख ८५ हजार रुपैयाँ पाउने छन् । उपविजेताले २ लाख ८५ हजार र तृतीयले १ लाख ८५ हजार रुपैयाँ पाउने प्रतियोगिता संयोजक रामकृष्ण ज्ञवालीले बताए । सर्वाेत्कृष्ट खेलाडीले २५ हजार प्राप्त गर्दा विधागततर्फ उत्कृष्टलाई जनही १० हजार रुपैयाँ प्रदान गरिनेछ । आयोजकले महिलातर्फ पहिलोपल्ट टिम मैदान उतारेको प्रचार संयोजक इन्द्रप्रसाद पौडेलले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 63 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

सभापति देउवाले दिए संस्थापन समूह एकजुट छ भन्ने सन्देश

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
पोखरा महानगर मतगणना : समाजवादीका उम्मेदवारको मत ३ हजार बढी