इलाम । कालो सुनको रुपमा परिचित अलैंची इलाममा मासिन थालेको छ । इलाम नगरपालिका– १ का अलैँची किसान रमेश राई भन्छन्– उत्पादन दिँदै गरेको सुरुको बगान मासियो । बगान मासिएपछि नयाँ जातको बिरुवा र नयाँ ठाउँमा खेती गरे पनि मर्न छोडेन । अलैँची रोपेको तीन वर्ष सम्म बिरुवा राम्रो भएर आयो तर उत्पादन हुने समयमा नयाँ ठाउँको बगान पनि मासियो । १० वर्षसम्म अलैँची नभएको ठाउँमा खेती गर्दा पनि अलैँची नफस्टाएको उनको गुनासो छ ।
इलाम नगरपालिका एककै फुर्वा तामाङ भन्छन् अलैँची रोपेको तीन वर्ष पछि उत्पादन दिनुपर्ने हो तर तीन वर्ष पुगेपछि मर्न थाल्छ । उत्पादन दिने बेलामा बगानमा गानो कुहिने, ढुसी पर्ने, रातो कमिला बस्ने गरेको उनको भनाई छ ।
सोही ठाउँका टेक बहादुर बिस्ट अलैँचीमा हुने जुरजुरे नियन्त्रण हुन नसकेको बताउँछन्, बगानमा गानो ढुङ्गा जस्तो हुने र ऐजेरु पलाउने जस्ता समस्या बगान परिवर्तन गर्दा पनि आइरहने गरेको कारण बगान सखाप हुने गुनासो गर्छ ।
उनीहरू मात्रै होइन राष्ट्रिय व्यावसायिक अनुसन्धान केन्द्र पाख्री बासले किसान सँगका समस्या सङ्कलनमा सहभागी ४० जना भन्दा बढीको समस्या यस्तै थियो । छलफल कार्यक्रममा उपस्थित कृषकले अलैँची लगाएको तिन वर्ष सम्म राम्रो हुनेर त्यस पश्चात् गानो कुहिने, ढुसी लाग्ने, र बिरुवाको मुनि रातो कमिला बसेर उत्पादन दिनै नथाली मासिने गरेको बताए । जुनसुकै जातको अलैँची लगाए पनि तीन वर्ष सम्म राम्रो भएर आउने र त्यस पश्चात् बगान नै सखाप हुने गरेको किसानले समस्या राखेका थिए ।
इलाम नगरपालिका वडा नं एकका निवर्तमान वडाध्यक्ष अम्बिका गौतमले पहिले यहाँकै बगानमा एक सय २० मन सम्म फल्ने बगान भए पनि अहिले सबै मासिएको बताए । उनले साँखेजुङमा १८–२० मनदेखि एक सय २० मन सम्म फलाउने किसानका बगान अहिले सबै सखाप भएको भन्दै अहिले सम्म के कारणले मासिएको हो भनेर वैज्ञानिक परीक्षण हुन नसकेको भए पनि अब अनुसन्धान केन्द्रले सयको समस्या समाधान गर्ने आसा व्यक्त गरे ।
मासिँदै गरेको बगानमा रहेका एक दुई वटा बुटामा कता कति फल लागेको देखिँदै छ गौतमले भने, ‘यो भनेको अलैँची खेती हुन्छ तर ठाउँ अनुसार कुन जातको र कस्तो बिरुवा लगाउने भन्ने अनुसन्धान र माटोपरिक्षण गरेर आवश्यकता अनुसारको बिरुवा लगाउनु पर्ने बताए ।’

अनुसन्धान केन्द्रका डा. मनिस कुमार ठाकुरले किसानहरुपनि जागरूक बन्नुपर्ने भन्दै समस्या आएपछि अहिले सम्म किसानले समस्या समाधानका लागि अनुसन्धान गर्ने ठाउँसम्म खोजी नगरेको कारण पनि खेती मासिएको बताए । उनले किसानलाई प्रश्न गर्दे भने तपाईँको खेती मासिएको रहेछ अहिले सम्म हामीकहाँ गुनासो राख्नुभयो ? प्रविधिको जमानामा गुगलबाट पनि समस्या समाधानको ’boutमा कहिल्यै खोजी गर्नुभयो ? भन्दै मानिस बिरामी हुँदा हामी अस्पताल खोज्दै जान्छौ तर बाली बिरामी हुँदा हामी कतै जाँदैनौ त्यस कारण पनि समाधानका लागि किसान जागरूक बन्नुपर्ने बताए ।
केन्द्रका माटो परिक्षक माधव प्रसाद यादवले खेती गरेको ठाउँमा अनिवार्य एक प्रतिशत कार्बन हुनुपर्ने बताए । ‘माटोमा के कमी भयो भन्नेतिर हामी कसैले सोचेनौ उनले भने, एक हेक्टर जमिनमा ३६ टन नाइटोजन हुन्छ, बिचमा जग्गा खाली भएन भने नाइटोजन तान्न पाउँदैन त्यसले गर्दा ठाउँ ठाउँमा खाली जमिन छोड्दै खेती लगाउनु पर्ने बताए ।
इलाम नगरपालिकाका कृषि शाखा अधिकृत उपेन्द्र नेपालले यो कार्यक्रमले किसानलाई उत्साहित बनाएको बताए । उनले इलाममा रिसर्च सेन्टर बनेको कारण पनि यहाँका समस्या समाधानका हुने बताए ।
राष्ट्रिय व्यावसायिक अनुसन्धान केन्द्र पाख्री बासले आगामी आर्थिक वर्षको योजना तर्जुमाका लागि किसानमाझ पुगेर समस्या सङ्कलन गर्न थालेपछि किसानका समस्या समाधान हुने आशा जगाएको छ । चिया तथा अलैँची सम्बन्धी अनुसन्धान गरिरहेको अनुसन्धान केन्द्रले अलैँची र चियामा हुने समस्याको ’boutमा किसानसँगका समस्या सङ्कलन गरेको हो । अलैँची र चिया किसानले अहिले सम्म भोगेका समस्या सङ्कलन गरेर आगामी आर्थिक वर्षमा उक्त समस्या समाधान गर्नका लागि बजेट व्यवस्थापन गर्न समस्या सङ्कलन थालेको हो ।
शनिवार इलाम नगरपालिका एकको साँखेजुङमा रहेको चिया तथा अनुसन्धान केन्द्रमा त्यहाँका किसानसँग समस्याको ’boutमा अन्तरक्रिया गरेको छ । आगामी आर्थिक वर्षबाट सँखेजुङमानै अनुसन्धान कार्यालय स्थापना भएर सेवा सञ्चालन हुने भएसँगै केन्द्रले यहाँका समस्याको ’boutमा किसान सँग छलफल गरेको थियो । उक्त छलफल कार्यक्रममा ताप्लेजुङ, पाँचथर र इलामका ४्र० जनाभन्दा बढी कृषकको सहभागिता रहेको थियो ।