महाकुम्भ गएमा सप्तरीका २ जना सम्पर्कविहिन

राजविराज । भारतको उतर प्रदेशस्थित प्रयागराजमा लागेको विशाल धार्मिक उत्सव हेर्न तथा कुम्भ स्नान गर्न पुगेका दुई जना नेपाली सम्पर्कबिहिन भएका छन ।

यसरी सम्पर्कविहिन हुनेहरु दुबै जना एउटै पालिकाका छन् । मंगलवार कुम्भ स्नानको क्रममा मध्यराती भच्चिएको भागदौडमा सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका १ तिलाठी टोलकी ६० वर्षिया सुनैना देवी झा भागदौडका क्रममा सम्पर्क बिहीन भएको छोरा ललितले बताएका छन् ।

यस्तै सोही पालिका वडा ३ सकरपुराका ६५ वर्षिय बुलबुल खंग पनि सोही दिनदेखि कुम्भ स्थलबाट सम्पर्क बिहिन भएको वडा अध्यक्ष रमेश मुखियाले जानकारी दिएका छन् । दुवैका आफन्त अहिले भारतीय प्रहरीको समन्वयमा खोजी कार्य गरिरहेको परिवारजनले जनाएका छन् ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरिक्षक जीतेन्द्र कुमार बस्नतेले भारतको प्रयागराजमा कुम्भ स्नानका लागि गएका दुई जना नेपाली तीर्थयात्री हराईरहेको चर्चा सुनिएपनि पीडितका परिवारले भने आफुहरुलाई कुनै जानकारी र सम्पर्क नगरेको बताए । यद्यपी यस’bout पीडित भनिएका परिवारबाट कुरा बुझेर खोजतलाशका लागि भारतीय प्रहरी अधिकारीहरुसँग समन्वय र पहल गरिने उनको भनाई छ ।

यहाँबाट दैनिक सयौंको संख्यामा तिर्थयात्रीहरु कुम्भ स्नानका लागि प्रयागराजतर्फ जाने गरेका छन् । तर दुई दिनअघि भएको भागदौड र त्यसमा ठूलो संख्यामा मानविय क्षति भएको खबर प्राप्त भएपछि अहिले त्यसतर्फ जाने तिर्थयात्रुको संख्यामा कमी आएको देखिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 81 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

सभापति देउवाले दिए संस्थापन समूह एकजुट छ भन्ने सन्देश

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कैलालीमा सत्तारुढ गठबन्धनबीच सहमति