पोखरा । नेपाली काँग्रेस सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले एकतावद्ध भए काँग्रेसलाई बहुमत प्राप्त पार्टी बनाउन सकिने बताएका छन् ।
नेपाली काँग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा सोमबार आयोजित प्रदेश सभापति तथा प्रदेश प्रशिक्षण विभाग प्रमुखको लागि संगठन र समसामयिक सन्दर्भमा अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै उनले सो विचार राखेका हुन् । विद्यमान समावेशी, समानुपातिक राजनीतिले एउटा पार्टीको बहुमत आउन गा¥हो भए पनि एकतावद्ध प्रयास भए बहुमत प्राप्त पार्टी बनाउन सकिने उल्लेख गरे । उनले भने, ‘अहिले समावेशी, समानुपातिक राजनीति हामीले सुरु गरेका छौं, यो राजनीतिले कुनै एउटा पार्टीको बहुमत आउन गा¥हो छ । तैपनि हामीले सबैभन्दा ठूलो पार्टी बनाउन सफल भएका छौं । सबै पार्टीका साथीहरूमा एकता भयो भने भोलिका दिनमा हामीहरू बहुमत प्राप्त गर्न सक्ने पार्टी पनि बन्न सक्छौं ।’
संविधान, राजनीति पनि समावेशी, समानुपातिकमा आधारित रहेको बताउँदै उनले विभिन्न जातजातियुक्त हाम्रो मुलुकका सबैलाई प्रतिनिधित्व गराएको जनाए । बिपी, गणेशमान, कृष्णप्रसाद, गिरिजाप्रसादलगायत नेताहरूले सुम्पिएको जिम्मेवारी पूरा गर्न एकता जरुरी रहेको उनले बताए ।

पोखरामा सुरु प्रशिक्षण एवं अभिमुखीकरण कार्यक्रमले पार्टीको आगामी कार्यदिशा तय गर्नुुका साथै विद्यमान समस्याहरूको समाधानका लागि उचित मार्ग निर्देश गर्ने उनले विश्वास व्यक्त गरे ।
कार्यक्रममा काँग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान प्रमुख एवं पार्टीका उपसभापति पूर्णबहादुर खड्काले पार्टीकोे प्रशिक्षण कार्यक्रम केन्द्र, प्रदेश, जिल्ला एवं निर्र्वाचन क्षेत्रमार्फत तत्तत् निकायमा सञ्चालन हुने जानकारी दिए । पार्टीको प्रशिक्षण पुस्तिका निर्माणको तयारी समेत गरिएको जानकारी दिदै उनले उक्त पुस्तिकाको ड्राफ्ट अन्तिम रुप दिनका लागि पार्टीका निकायहरूमा छलफलका लागि पठाइसकिएको बताए । माघ मसान्न्तभित्र सुझाव संकलन गरी त्यसलाई अन्तिम रुप दिइने उनले बताए ।
पार्टीका गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले पार्टीको ऐतिहासिक मूल्य मान्यता र विरासतलाई विर्सन नहुने बताए । उनले पार्टीमा सबैलाई समेटेर लैजानुपर्ने बताउँदै प्रत्येक निकायलाई बलियो बनाउने गरी अघि बढ्नु जरुरी भएको धारणा राखे ।
प्रशिक्षणमा सातै प्रदेशका पार्टी सभापति, सातवटै प्रदेशका प्रशिक्षण विभाग प्रमुख, पार्टीका केन्द्रीय पदाधिकारी, कास्की जिल्लामा रहेका केन्दीय सदस्य तथा प्रदेशका पदाधिकारी सहभागी रहेको पार्टीका गण्डकी प्रदेश प्रचार विभाग उपप्रमुख शिरोमणि बरालले जानकारी दिए ।
काँग्रेस प्रशिक्षण प्रतिष्ठानको आयोजनामा पोखरामै ७७ जिल्लाकै सभापति, जिल्लाका प्रशिक्षण शाखा प्रमुख तथा उपसभापतिको प्रशिक्षण तथा अभिमुखीकरण हुँदैछ । मंगलबार र बुधबार हुने सो प्रशिक्षणका लागि नेताहरु पोखरा आउनेक्रम जारी छ । जसमा आगामी महाधिवेशन, नेतृत्व निर्माण, सरकारमा कांग्रेसको सहभागिता तथा रणनीति’bout छलफल हुने जनाइएको छ । प्रशिक्षणमा देशभरका करिब २ सय जनाभन्दा बढीले भाग लिने छन् । उक्त प्रशिक्षणको पनि सभापति देउवाले उद्घाटन गर्ने कार्यक्रम छ । उनले आइतबार मात्र काँग्रेस पोखरा महानगर कार्यसमितिको तेस्रो सम्मेलन उद्घाटन गरेका थिए ।