भव्य समारोहबीच ६७औं ग्रामी अवार्ड सम्पन्न

लस एन्जलस । दक्षिणी क्यालिफोर्निया हालैको विनाशकारी डढेलोसँग जुधेको अमेरिकन संगीत उद्योगले यो संकटको बीच पनि आइतबार ६७औं ग्रामी अवार्ड २०२५ सम्पन्न गरेको छ । अवार्ड समारोह आगलागीबाट मृत्यु भएका प्रति श्रद्धाञ्जलीसँगै कार्यक्रम सुरु गरिएको थियो । समारोहमा ८४ का विजेताहरूको घोषणा गरियो । यस वर्ष ग्रामी अवार्डको मनोनयनमा सबैभन्दा बढी ११ विधामा अमेरिकी गायिका तथा गीतकार बियोन्से थिइन् । एकै वर्षमा सबैभन्दा बढी विधामा मनोनयनमा परेको महिला कलाकारको नयाँ रेकर्ड बनाएकी बियोन्सेले अवार्ड पनि जितेकी छन् ।

२०२५ को ग्रामी अवार्ड आइतबार वितरण गरिएको थियो, जसमा बियोन्सेले वर्षको एल्बमको लागि र केन्ड्रिक लामारले वर्षको गीत र रेकर्डसहित सबै विधामा मनोनीत भएका थिए । बियोन्सेले काउबॉय कार्टरबाट वर्षको सर्वोत्कृष्ट एल्बमको अवार्ड जितिन् । गत महिना लस एन्जसलमा लागेको डढेलो नियन्त्रण गर्ने साहसपूर्वक जुटेका लस एन्जलस फायर डिपार्टमेन्टका सदस्यहरूले वियोन्सेलाई यो अवार्ड प्रदान गरेका थिए ।

ग्रामी अवार्डको प्रिमियर तथा प्रि–सो यसपटक संगीत प्रस्तुतिले भव्य बन्यो । जस्टिन ट्रान्टरद्वारा आयोजित प्रिमियर समारोहको प्रारम्भमा योलान्डा एडम्स, वेन ब्राडी, स्कट होयिङ, डेबोरा कक्स, एन्जेलिक किडजोले आफ्ना प्रस्तुति दिए । प्रि–सोका क्रममा अन्य कलाकारमा जो बोनमासा, मुनी लङ र बेला फ्लेकले पनि आफ्ना गीतसंगीत प्रस्तुत गरे । विनाशकारी डढेलोका पीडित जनावरको रक्षा कोषका लागि प्रस्तुतिका क्रममा यी कलाकारहरूले आर्थिक सहयोगको अपिल पनि गरे ।

ग्रामी अवार्ड समारोह २०२५ मा माइली साइरसले ‘आईआई मोस्ट वान्टेड’बाट उत्कृष्ट कन्ट्री जोडी–समूह प्रदर्शनको कन्ट्री ग्रामी अवार्ड जितिन् । उनी ५० वर्षको इतिहासमा कन्ट्री ग्रामी जित्ने पहिलो अश्वेत महिला गायिका बनिन् ।

यस्तै लामारले नट लाइक असबाट वर्षको उत्कृष्ट गीत र वर्षको उत्कृष्ट रेकर्डको अवार्ड जिते । यस्तै, उत्कृष्ट म्युजिक भिडियो, उत्कृष्ट ¥याप गीत र उत्कृष्ट ¥याप प्रदर्शनको अवार्ड पनि लामारले जिते । यो पुरस्कार उनीहरूले विनाशकारी डढेलो पीडितप्रति समर्पित गरे ।

यसैगरी, गायिका च्यापेल रोनले उत्कृष्ट नयाँ कलाकारको ग्रामी अवार्ड जितिन् । यस्तै, सबरिना कारपेन्टरले पप भोकल एल्बमबाट अवार्ड जितन् । कारपेन्टरले ‘एस्प्रेसो’बाट उत्कृष्ट पप एकल प्रदर्शन र एस्प्रेसो (मार्क रोन्सन हल्स वर्किङ लेट रिमिक्स) का लागि उत्कृष्ट रिमिक्स रेकर्डिङ ग्रामी अवार्ड जितेकी हुन् । उनको यो पहिलो ग्रामी अवार्ड हो ।

लेडी गागा र ब्रुनो मार्सले ‘डाइ विथ अ स्माइल’ का लागि उत्कृष्ट पप जोडी÷समूह प्रदर्शनको ग्रामी अवार्ड जिते । सो समारोहमा गायिका सकिराले ‘लास मुजेरेस या नो लोरान’बाट उत्कृष्ट ल्याटिन पप एल्बमको ग्रामी अवार्ड चुमिन् । यसपटक गायिका डोइचीले ‘एलिगेटर बाइट्स नेभर हिल’बाट उत्कृष्ट ¥याप एल्बमको ग्रामी पुरस्कार जितिन् । उनी यो श्रेणीमा अवार्ड जित्ने तेस्रो महिला हुन् ।

यो समारोहमा एलिसिया किजलाई ‘डा. ड्रे ग्लोबल इम्प्याक्ट अवार्ड’ प्रदान गरियो । यो अवार्ड प्रदान गर्दा दिवँगत क्विन्सी जोन्सलाई श्रद्धासुमन अर्पण गरिएको थियो । यस वर्षको धेरैजसो अवार्ड कार्यक्रमको प्रि–सो तथा प्रिमियर समारोहकै क्रममा हस्तान्तरण गरियो ।

कलाकार चार्ली एक्ससीएक्सले ‘भोन डच’बाट उत्कृष्ट पप नृत्य रेकर्डिङको अवार्ड जितिन् । उनको यो पहिलो ग्रामी अवार्ड हो । उनले ब्राटबाट उत्कृष्ट नृत्य÷इलेक्ट्रोनिक एल्बम र उत्कृष्ट रेकर्डिङ प्याकेजको ग्रामी अवार्ड पनि जितिन् ।

आर एन्ड बी विधाअन्तर्गत मुनि लङले ‘मेड फर मी’ (लाइभ अन बीईटी) बाट उत्कृष्ट आर एन्ड बी प्रदर्शनको अवार्ड जिते भने एसजेडएले ‘स्याटर्न’बाट उत्कृष्ट आर एन्ड बी गीत र क्रिस ब्राउनले ११ः११ (डिलक्स)बाट उत्कृष्ट आर एन्ड बी एल्बमको ग्रामी अवार्ड जिते ।

यसैगरी द बिटल्स समूहले ‘नाउ एन्ड देन’बाट उत्कृष्ट रक प्रदर्शन विधाका ग्रामी अवार्ड जित्यो । समारोहमा ब्राडली कुपरले मेस्ट्रोबाट भिजुअल मिडियाका लागि उत्कृष्ट संकलन साउन्डट्र्याकको ग्रामी अवार्ड जिते । यस्तै चलचित्रतर्फ हान्स जिमरले चलचित्र ‘ड्युन ः पार्ट टु’बाट भिजुअल मिडियाको लागि उत्कृष्ट स्कोर साउन्ड ट्रयाकको अवार्ड हासिल गरे ।

ट्रेभर नोआद्वारा आयोजित ६७औं वार्षिक ग्रामी अवार्ड आइतबार लस एन्जलसमा भव्य रूपमा आयोजना गरिएको थियो । समारोहमा अवार्ड जित्ने आशा गरिएका टेलर स्विफ्ट र बिली इलिसजस्ता थुप्रै कलाकार खाली हात घर फर्केका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 38 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

सभापति देउवाले दिए संस्थापन समूह एकजुट छ भन्ने सन्देश

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
रुपन्देहीमा मात्रै ५ हजार उम्मेदवार