पोखरामा आहा रारा गोल्डकप सुरु

पोखरा । २४ औं आहा रारा पोखरा गोल्डकप सुरु भएको छ । सहारा क्लब पोखराको आयोजनामा सुरू प्रतियोगिताको उद्घाटन पोखराका मेयर धनराज आचार्यले गरे ।

उनले पोखरा पर्यटनको राजधानी मात्र नभई खेलकुदको सहर पनि भएको बताए । आहारारा पोखराको समेत चिनारी भएकाले पछिल्लो समय पोखरा महानगरपालिकाले संरक्षकत्व प्रदान गरेको जनाए । पोखरासँग विभिन्न राष्ट्रका १४ सहरमा भगिनी सम्बन्ध कायम भएकाले आगामी वर्षदेखि आहारारामा त्यहाँबाट पनि पाहुना बोलाउने बताए ।

उद्घाटन अवसरमा यस वर्षको उत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मानबाट सनिष श्रेष्ठ सम्मानित भए । उनलाई नगद ५० हजार ५५५ रुपैयाँ र सम्मानपत्रसहित मेयर आचार्यले सम्मान गरे ।

उक्त पुरस्कार वापतको रकम क्लबका मानार्थ सदस्य खेमबहादुर गुरुङले गर्दै आएका छन् ।

नेपाली फुटबल क्षेत्रमा उत्कृष्ट योगदान दिएवापत क्लबले बर्सेनि एक जना राष्ट्रियस्तरको फुटबल खेलाडीलाई पुरस्कृत गर्दैआएको छ । यसअघि भरत खवास, किरण चेम्जोङ, सुजल श्रेष्ठ, अभिषेक रिजाल, अञ्जन विष्ट, अनन्त तामाङ र आयुष घलान सम्मानित भइसकेका छन् ।

यस्तै, ब्रिगेड अफ गोर्खा ब्याण्डले प्रतियोगिता सुरुअघि रंगशालामा ब्याण्ड प्रस्तुत गरेको छ ।

मुख्य प्रायोजकतर्फबाट हिमश्री फुड्सका प्रकाश केसीले प्रतियोगिताको अन्तर्राष्ट्रियस्तरमा चर्चाले खुसी लागेको बताए ।

सहारा हङकङका सल्लाहकार देव गुरुङले ५१ हजार सहयोग गरे । उक्त रकम उनका भाइ नारायणले हस्तान्तरण गरे । पृथ्वी राजमार्ग बस संचालक कम्पनीका तर्फबाट अध्यक्ष योगेन्द्रबहादुर केसीले २ लाख रुपैयाँ थप सहयोग गरे । कम्पनीले यसअघि सहारा अक्षयकोषमा ३ लाख दिइसकेको पूर्व अध्यक्ष वीरभद्र आचार्यले जानकारी दिए ।

यो प्रतियोगिता नेपालमै लामो समयसम्म निरन्तर भइरहेको एकमात्र फुटबल प्रतियोगिता हो । क्लबले यसबाट बचत रकम फुटबल एकेडेमीमा खर्चिदै आएको छ । एकेडेमीमा ३० जना अनाथ बालक आश्रित रहेको महासचिव रामजीप्रसाद अधिकारीले जानकारी दिए ।

आयोजक सहारा पराजित
नेपाल पुलिस क्लबले आयोजकलाई १–० गोलअन्तरले स्तब्ध पार्दैै क्वाटरफाइनल प्रवेश गरेको छ । खेल सुरुआतमै गोलका केही अवसर खेर फालेको आयोजक प्रिक्वाटरफाइनलबाटै बाहिरियो ।

विभागीय टिम नेपाल पुलिसका उज्ज्वल राईले खेलको ३७ औं मिनेटमा गरेको गोल नै निर्णायक साविक पुगेको थियो । उनले प्रहार गरेको कर्नर किक दोस्रो बार च्याप्दै उत्कृष्ट गोलमा परिणत भएको हो । प्रतियोगितामा राई नै म्यान अफ दि म्याच घोषित भए । सहारा विदेशी ३ खेलाडी समेतलाई लिएर मैदान उत्रिएकोमा सुरुआतकै केही अवसर खेर फालेको थियो । पाँचौं मिनेटमा बिलियम सेगेननको फ्लीक विपक्षी कीपर शत्रूधन चौधरीले बचाऊ गरेका थिए । १२ औं मिनेटमा क्याप्टेन सुशील लामाको प्रहारसमेत चौधरीले सेभ गरेका थिए । २३ औं मिनेटमा सन्तबहादुर गुरुङको क्रसबारबाट बाहिरिन पुगेको थियो । पुलिसले अब युकेको ब्रिगेड ब्वाइज क्लबसँग पहिलो क्वाटरफाइनल खेल्नेछ । बुधबार विभागीय क्लब एफिएफ र मछिन्द्र क्लबबीच प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक पूर्णबहादुर गुरुङले बताए ।

माघ २२ देखि फागुन ३ सम्म पोखरा रंगशालामा हुने सो प्रतियोगितामा १२ टिमले भाग लिएका छन् । विजेताले १२ लाख र उपविजेताले ६ लाख प्राप्त गर्ने क्लब अध्यक्ष केशवराज बरालले बताए ।

फुटबल प्रतियोगिता अवसर पारेर बेलायतबाट सहारा क्लब युके, तमु धि युकेका करिब ५० जना प्रतिनिधि पोखरा आइसकेका छन् । अरू आउने क्रममा रहेको सहारा युके अध्यक्ष कृष्णबहादुर गुरूङले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 25 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

सभापति देउवाले दिए संस्थापन समूह एकजुट छ भन्ने सन्देश

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
फतुवा बिजयपुर नपाका मेयर उम्मेदवार विजय यादवकाे निर्वाचन केन्द्रीत गतिविधि तिब्र