राजविराज । २० वर्षअघि भाइलाई निर्घात कुटपीट गरि हत्या गरेर फरार दाईलाई प्रहरीले पक्राउ गरेको छ । विशेष सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटेको टोलीले मंगलववार साँझ महादेवा गाउँपालिका २ निवासी ६० वर्षिय गणेशी रजकलाई पक्राउ गरेको हो ।
उनीमाथि आफ्नै भाइ उमेश रजकलाई कुटेरै हत्या गरेको आरोप छ । अघिल्लो दिन साँझ पक्राउ परेका गणेशी रजक’bout प्रहरीले बुधवार विस्तृत विवरण सार्वजनिक गरेको हो ।
प्रहरीका अनुसार २०६१ साल माघ १ गते दाजुभाइबीच भएको झै झगडाका क्रममा दाई गणेशीले भाई उमेशलाई निर्घात कुटपिट गरेका थिए । घटनाको भोली पल्ट उपचार कै क्रममा उमेसको मृत्यु भएको थियो । घटना पछी गणेशी फरार भएका थिए ।
हत्याको लामो समय बितिसकेको र प्रहरीले पनि खासै चासो न राखेको अनुमान सहित केही समय यता गणेशी खुला रुपले जीवनयापन गरिरहेका थिए । तर सो ’bout जानकारी पाउन साथ प्रहरीले सप्तरी जिल्ला अदालतबाट पक्राउ पुर्जी अनुमती लिई गाउँबाटै उनलाई नियन्त्रणमा लिएको प्रहरी उपरिक्षक ढकेन्द्र खतिवडाले बताए ।
बुधवार नै सप्तरी जिल्ला अदालतबाट कर्तव्य ज्यान मुदामा ७ दिनको म्याद लिएर थप अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।