मच्छिन्द्रद्वारा एपिएफ पराजित

पोखरा । मच्छिन्द्र फुटबल क्लब २४ औं आहारारा पोखरा गोल्डकपको क्वाटरफाइनल प्रवेश गरेको छ । पोखरा रंगशालामा बुधबार विभागीय एपिएफ क्लबलाई मच्छिन्द्रले २–० गोलअन्तरले पराजित गरेको हो ।

पहिलो हाफ गोलरहित बराबरी खेलेको मच्छिन्द्रले दोस्रो हाफमा मात्र अग्रता लिन सकेको हो । आदित्य शाक्यले ७४ औं मिनेटमा गोल गर्दै अग्रता दिलाए । आयुष घलानले मैदानको मध्यभागबाट दिएको पास पेनाल्टी बक्समा पु-याउँदै उत्कृष्ट फिनिसिङसाथ गोल गरेका हुन् । उनी खेलको ६७ औ मिनेटमा मनीष डाँगीको स्थानमा मैदान प्रवेश गरेका थिए ।

यस्तै, ८१ औं मिनेटमा विदेशी खेलाडी स्टेफन कामाहाले गोल गर्दै हेडमार्फत गोल गर्दै गोलअन्तर दोब्बर पारे । देवेन्द्र तामाङको फ्रिकिकमा उनले सुन्दर गोल गरेका हुन् ।

यो जितसँगै उसले अब सेमिफाइनल प्रवेशका लागि साविक उपविजेता थ्रि स्टारसँग प्रतिस्पर्धा गर्ने आयोजक सहारा क्लब पोखराले जनाएको छ । गत संस्करणको विजेता त्रिभुवन आर्मी क्लब हो ।

बिहीबार एनआरटी र एपिआई पावर चर्च ब्वाइज र न्यूरोड टिमबीच खेल हुनेछ । ३ फागुनसम्म हुने सो प्रतियोगितामा १२ टिमले भाग लिएका छन् । विजेताले १२ लाख र उपविजेताले ६ लाख प्राप्त गर्ने क्लब अध्यक्ष केशवराज बरालले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 32 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

राजाबादी आन्दोलनमा २ को मृत्यु २ घाइतेको अवस्था चिन्ताजनक

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
जुम्लाकाे कनका सुन्दरी र हिमाकाे नतिजा काँग्रेसकाे पाेल्टामा