सातौ स्याङ्जा महोत्सव फागुनमा

स्याङ्जा । स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघको आयोजनामा फागुनु ६ देखि १८ गतेसम्म सातौं स्याङ्जा महोत्सव हुने भएको छ । संघले पत्रकार सम्मेलन मार्फत सातौ स्याङ्जा महोत्सव २०८१ आयोजना गर्ने जानकारी दिएको हो । फागुन ६ देखी १८ गतेसम्म पुतलीबजार १ स्थित मालेवगर खेलमैदानमा महोत्सव संचालन गरिने आयोजकले जनाएका छन् ।

स्याङ्जा महोत्सवको आधार कृषि पर्यटन, नै आर्थिक समृद्धिको पूर्वाधार भन्ने मूल नारासहित गण्डकी प्रदेश स्तरीय सांस्कृतिक, कृषि, पर्यटन, औद्योगिक व्यापार मेला एंव सातौं संस्करणको महोत्सव—२०८१ को आयोजना गर्न लागिएको संघले जनाएको छ ।

आर्थिकमन्दीले बजार चलायमान नभएका बेला महोत्सवले आर्थिक चलायमान हुने दावी आयोजकको छ । उत्पादक र उपभोक्ता बिचको सम्वन्ध, व्यवसायिक चेतना अभिवृद्धि गर्ने, विभिन्न स्थानीय वस्तु तथा सेवाहरुको बजार प्रवर्धन एवम् उद्यमी व्यवसायीहरुलाई प्रोत्साहन गर्ने महोत्सवको मुख्य उद्देश्य स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष महादेव श्रेष्ठले जानकारी दिए । महोत्सवमा हस्तकला व्यवसायको खोजी तथा प्रवर्धन, कृषि क्षेत्र विशेषगरी सुन्तला, ताजा तरकारी, गोलभेडा, अदुवा, कफि आदिको प्रवर्धन गर्ने उद्देश्य रहेको संघले जनाएको छ । बजार अनुसन्धान एवम् नयाँ वस्तु विकास गर्ने, लोक संस्कृतिको जगेर्ना गर्ने तथा सूचना प्रविधिको जानकारी सहित जिल्लाभित्र रहेका पर्यटकीय क्षेत्रको अध्ययन अवलोकनसँगै होमस्टेमा रमाउने लगायतका कार्यक्रम महोत्सवले गर्ने अध्यक्ष श्रेष्ठले बताए ।

महोत्सवमा परम्परागत रत्यौली, लोक भजन चुड्का, विद्यालय स्तरीय सामुहिक नृत्य, पञ्चेबाजा एंव एकल आमा डान्स लगायतका प्रतियोगिताहरु सञ्चालन गरिने छ । साथमा राष्ट्रियस्तरका चर्चित कलाकारहरुको दैनिक प्रस्तुति रहने छ । महहोत्सवको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएका छन् । महोत्सवबाट कूल १ करोड १ लाख अनुमानित आय रहेको छ भने ९५ लाख २० हजार खर्च हुँदा जम्मा ५ लाख ८० हजार बचत गर्ने जनाइएको छ । कूल आम्दानीको ५ प्रतिशत सामाजिक उत्तरदायित्व वहन अन्तर्गत खर्च गरिने संघका महासचिव रविन केसीले जानकारी दिए ।

पत्रकार सम्मेलनमा नेपाल उद्योग बाणिज्य संघका पुर्व केन्द्रीय सदस्य दीपक लम्सालले सातौ स्याङ्जा महोत्सव जिल्लाकै साझा महाहेत्सवको रुपमा हेरिएको बताए । महोत्सवले स्थानीय उत्पादनको बिक्रि सगै बजारको सुनिश्चित गर्ने कार्यक्रम रहेकाले यो महोत्सवलाई सफल बनाउन सबैले सहयोग गर्न आग्रह गरे । महोत्सवको सातौ संस्करण सम्म आइपुग्दा सबैमा सफलता मिलेको संघका निवर्तमान अध्यक्ष रविन्द्रमान श्रेष्ठले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 59 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

राजाबादी आन्दोलनमा २ को मृत्यु २ घाइतेको अवस्था चिन्ताजनक

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
एकीकृत समाजवादीको चुनावी प्रतिबद्धता सार्वजनिक