खोटेहाङमा चाम्लिङ भाषा र मुन्दुम प्रशिक्षण कार्यक्रम

खोटेहाङ गाउँपालिकामा आयोजित पाँच दिने चाम्लिङ भाषा तथा मुन्दुम प्रशिक्षण कार्यक्रम ।

खोटाङ । खोटाङको खोटेहाङ गाउँपालिकामा पाँच दिने चाम्लिङ भाषा तथा मुन्दुम प्रशिक्षण कार्यक्रम शुरु भएको छ । गाउँपालिकाको आयोजना र खोटेहाङ प्रज्ञा–प्रतिष्ठानको संयोजनमा माघ २७ गतेसम्म संञ्चालन हुने कार्यक्रमको गाउँपालिकाका उपाध्यक्ष रुपेश राईले मंगलबार उद्धघाटन गर्नुभएको हो ।

प्रशिक्षणमा गाउँपालिकाका विभिन्न वडाबाट ३० जना प्रशिक्षार्थीहरू सहभागी भएका छन् । प्रशिक्षण कार्यक्रममा अधिवक्ता डा. शान्तिदेवि राई, तीलक चाम्लिङ र स्थानीय श्रोत व्यक्ति पदमवहादुर राईले चाम्लिङ भाषा तथा मुन्दुमको विषयमा प्रशिक्षण प्रदान गर्नेछन् । प्रशिक्षणपछि आगामी माघ २८ गतेदेखि फागुन २ गतेसम्म बान्तावा भाषा र फागुनको दोस्रो हप्ता थुलुङ भाषाको प्रशिक्षण कार्यक्रम तय गरिएको प्रज्ञा–प्रतिष्ठानका अध्यक्ष ईन्द्र नाराथुङेले जानकारी दिए ।

कार्यक्रमले भाषा संरक्षण र सांस्कृतिक पहिचान जगेर्नाको लागि महत्वपूर्ण टेवा अपेक्षा गरिएएको छ । स्थानीय समुदायका भाषा र संस्कृतिलाई संरक्षण गर्ने उद्धेश्यकासाथ संञ्चालित कार्यक्रम वडा नं. ८ सिम्पानीका अध्यक्ष चन्द्रवहादुर थापाको अध्यक्षतामा उद्घघाटन गरिएको हो ।

कार्यक्रममा वडाध्यक्षहरु इन्द्रवहादुर राई, किरण राई, पूर्व वडाध्यक्ष देविन्द्र राई, सिम्पानी माविका प्रअ कोमलकृष्ण बुढाथोकी, सामाजिक अभियन्ताहरु पदम विश्वकर्मा, सुशील उदास तथा किरात राई चाम्लिङ खाम्बातिमका केन्द्रीय सदस्य सुशिला राईलगायतले शुभकामना व्यक्त गरेका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 41 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

राजाबादी आन्दोलनमा २ को मृत्यु २ घाइतेको अवस्था चिन्ताजनक

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
जनकपुरमा तीन वटा वडाको मत परिणाम सार्वजनिक, कांग्रेस दुई तमलोपा एक स्थानमा विजयी