वर्षा भइन् सातौँ मिसेस् ब्युटी क्विन नेपाल

काठमाडौं । ‘सातौँ मिसेस् ब्युटी क्विन नेपाल’को उपाधि वर्षा कुँवरले जितेकी छिन् । सिजन मिडियाले काठमाडौँमा आयोजना गरेको प्रतियोगितामा १३ जना प्रतियोगीलाई पछि पार्दै वर्षा विजेता बनेकी हुन् । उनले मिसेस् पपुलर र मिसेस् पर्सनालीटीको उपाधी सहित ५० हजार रुपैयाँको उपहार पनि प्राप्त गरिन् ।

प्रतियोगितामा करुणा विकले फष्ट रनरअपसहित मष्ट ट्यालेन्ट, रिन्जु कुसवाहले सेकेन्ड रनर अप सहित फोटोजेनीक उपाधी प्राप्त गरे । यस्तै थर्ड रनरअपको उपाधि सिवानी मित्र र फोर्थ रनर अपको उपाधि उर्मीला कनौजिया मगियालाई प्रदान गरियो ।

कार्यक्रममा अन्जु क्षेत्री अर्गनाइजर च्वाइस, अनिता देवि साह मिसेस् फेन्ड्ली, सविता पन्त इनोसेन्ट, कान्छी माया खयमली मिसेस् क्रियटीभ, अम्विका गजमेर भियोर्स च्वाइस, भावना ऐडी मिसेस् व्यूटीफूल स्माइल, रुकमती भण्डारी मिसेस् लिडरसिप, अरुना घिमिरे मिसेस् इनरजेटीक र हिरादेवी श्रेष्ठले मिसेस् व्यूटीफूल अवार्ड जित्न सफल भए ।

उपसभामुख इन्दिरा रानाले यस्ता प्रतियोगीताले बिबाहित महिलाहरुको प्रतिभा प्रस्फुटनसँगै आत्मविश्वास बढ्ने विश्वास व्यक्त गरिन् ।

कार्यक्रममा डा. विनिता राज, मोडल सोनम केसी, एयरहोस्टेस इश्वरा पछार्इँ, डा. ऋचा अमात्य, व्यवसायी सुनिता अधिकार, टिभी प्रस्तोता रुबिना थापा, गायिका रेखा शाह निर्णायक थिए ।

विवाहित महिलाहरूको व्यक्तित्व विकासको लागि आफूहरूले यो प्रतियोगिता आयोजना गर्दै आएको कार्यक्रम निर्देशक रेजीना तुलाधरले बताइन् ।

तपाइको प्रतिक्रिया
(Visited 60 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

राजाबादी आन्दोलनमा २ को मृत्यु २ घाइतेको अवस्था चिन्ताजनक

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
भरतपुर महानगर प्रमुखमा कांग्रेसका २५ जनाकाे दावी, उपप्रमुखमा २४ जनाकाे नाम दर्ता