राजागंजको टिजरमा सीमावर्ती अपराध कथा

काठमाडौं । विभिन्न अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा सहभागितासँगै अवार्ड समेत जितेपछि निर्देशक दीपक रौनियारले आफ्नो नयाँ चलचित्र ‘पुजा सर राजागंज’ नेपालमा रिलिज गर्ने भएको छन् । यो चलचित्रले भेनिस, ह्याम्बर्ग, बुसान र मुम्बई जस्ता विश्वका ठुला सिनेमा महोत्सवमा आफ्नो प्रभाव जमाई सकेको छ ।

यो चलचित्रलाई आगामी १ चैतबाट नेपालमा रिलिज गरिने भएको छ । यसै क्रममा यो चलचित्रको टिजरलाई ओएसआर डिजिटल च्यानलबाट सार्वजनिक गरिएको छ ।

टिजरमा नेपालमा तराई स्थित सिमा क्षेत्रमा हुने अपहरण तथा फिरौती जस्ता अपराधलाई समेटिएको छ । यो चलचित्रमा दयाहाङ राई, आशा मगराती, विजय बराल, ऋचा शर्मा, गौमाया गुरुङ, पशुपति राई, पूर्व मिस नेपाल निकिता चाण्डक, पुष्पा यादव, आरती मण्डल घनश्याम मिश्र, परमेश्वर कुमार झा र नीरज श्रेष्ठ लगायतका कलाकारको अभिनय रहेको छ ।

यो चलचित्रलाई नेपालमा टिफल्क र ब्यांकटेश इन्टरटेनमेन्टले संयुक्त रुपमा रिलिज गर्ने भएका छन् । सत्य घटनाबाट प्रेरित रहेको राजागंज निर्माण गरिएको निर्देशक रौनियारले बताएका छन् ।

यो चलचित्रको निर्माणमा आदि फिल्म्सका तर्फबाट निर्देशक रौनियार र अभिनेत्री मगराती छन् भने बाँसुरी फिल्म्सका तर्फबाट रामबाबु गुरुङ र मनिराम पोखरेल, अभिनेता दयाहाङ राईलगायत छन् ।

तपाइको प्रतिक्रिया
(Visited 51 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

राजाबादी आन्दोलनमा २ को मृत्यु २ घाइतेको अवस्था चिन्ताजनक

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
डडेल्धुरामा माओवादीले परशुराम र एमालेले आलिताल बाट खोल्यो खाता