Saturday, September 25, 2021
Your Ads Here
HomeEditor-Picksबजेट अधिवेशन बोलाउने सरकारको तयारी

बजेट अधिवेशन बोलाउने सरकारको तयारी

दूरी कायम हुने गरी कुर्सी व्यवस्थापन

,
sharethis

काठमाडौं । सरकारले आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटका लागि संसद् बैठक बोलाउने तयारी गरेको छ । बुधबार बिहान प्रतिनिधिसभाका सभामुख र राष्ट्रियसभाका अध्यक्षले प्रधानमन्त्रीसँग भेटवार्ता गरेपछि सरकारले छिट्टै बजेट अधिवेशन बोलाउने तयारी गरेको हो ।

बजेट अधिवेशनको समयमा संयुक्त बैठक बस्ने भएकाले संघीय संसद् सचिवालयले कुर्सी व्यवस्थापनको काम सम्पन्न गर्न लागेको छ । दूरी कायम हुने गरी कुर्सीको व्यवस्थापन गर्ने काम भएको संसद् सचिवालयले जनाएको छ ।

बजेट अधिवेशनको तयारीका लागि भएका कामको विषयमा सभामुख अग्नि सापकोटा र अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको अगुवाइमा बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले बैठक स्थलको अवलोकन गरे । बैठक कक्षका कुर्सी तथा टेबुल मिलाउने र रंगरोगन गर्ने काम भइरहेको स्थानमा प्रधानमन्त्री ओलीले अवलोकन गरेका हुन् ।

संवैधानिक व्यवस्थाअनुसार १५ जेठमा सरकारले आगामी वर्षको बजेट प्रस्तुत गर्नुपर्छ । बजेट भाषण हुनुअघि राष्ट्रपतिले संघीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा)को संयुक्त बैठकलाई सम्बोधन गर्नुका साथै सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुपर्ने हुन्छ ।

संसद्मा नीति तथा कार्यक्रममाथि छलफल सकेपछि बजेट प्रस्तुत गरिन्छ । सबै प्रक्रिया पूरा गर्दा लाग्ने समय अवधिलाई ख्याल गरेर जतिसक्दो छिटो संसद् अधिवेशन आह्वान गर्नुपर्ने दबाब सरकारमाथि परेको छ ।

यता, संसद् सचिवालयले भने कोरोना संक्रमणको जोखिमलाई ध्यान दिँदै सामाजिक दूरी कायम गर्दै सांसदको आसन मिलाउने काम गरिरहेको छ । संसद् सचिवालयको तयारीबारे अवलोकन गर्न पुगेका प्रधानमन्त्री ओलीले बैठकको तयारीबारे संसद् सचिवालयका कर्मचारीसँग जानकारी लिएका थिए । प्रधानमन्त्रीसँगै सभामुख सापकोटा, राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना, कानुनमन्त्री शिवमाया तुम्बाहाङ्फेलगायतले संसद्को बैठक कक्ष अवलोकन गरे । संसद् भवन अवलोकन गर्नुअघि बालुवाटारमा प्रधानमन्त्री र सभामुखबीच बजेट अधिवेशनबारे छलफल भएको थियो ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   कांग्रेस काठमाडौँको नगर अधिवेशन असोज १६ मा

संसद् सचिवालयका अनुसार सामाजिक दूरी कायम हुने गरी संसद्को बैठक कक्ष तयार भइसकेको छ । भर्चुअल बैठकका लागि समेत तयारी गरिएको छ । संसद् सचिवालयले भर्चुअल बैठकको प्राविधिक तयारीबारे सुझाव दिन ७ सदस्यीय समिति गठन गरेको थियो ।

सचिवालयका अनुसन्धान सचिव ध्रुव घिमिरे नेतृत्वको समितिले ‘माइक्रोसफ्ट टिम्स’ नामक सफ्टवेयरको माध्यमबाट भर्चुअल बैठक गर्न सकिने सुझाव दिएको छ । यो प्रविधिलाई आवश्यक सम्पूर्ण पूर्वाधार तयार गरी सञ्चालनमा ल्याउन करिब १० दिन लाग्न सक्ने समितिको निष्कर्ष छ ।

बुधबार बिहान सभामुख सापकोटाले प्रधानमन्त्री ओलीसँग भेट गरी बजेट अधिवेशन आह्वान गर्न ढिलाइ नगर्न सुझाएका हुन् । सरकारले ल्याउने नीति तथा कार्यक्रम र प्रि–बजेट छलफलमा ढिलाइ हुने उल्लेख गर्दै उनले बैठक बोलाउन आग्रह गरेका थिए । सभामुख सापकोटाले संघीय संसद् भवनमा सामाजिक दूरी कायम गरेर बैठक गर्न सकिने प्रधानमन्त्रीलाई ब्रिफिङ गरेका थिए ।

तपाइको प्रतिक्रिया

(Visited 200 times, 1 visits today)

आजको समाचार

त्रिशूलीमा कार खस्याे, एकै परिवारका तीन बेपत्ता

  चितवन ।  इच्छाकामना गाउँपालिका–५ नाग्दीखोलास्थित पृथ्वी राजमार्गमा काठमाडौँबाट पोखरातर्फ जाँदै गरेको कार त्रिशूली नदीमा खस्दा तीन जना बेपत्ता भएका छन् भने एक घाइते भएका...

महासभामा भाग लिन परराष्ट्रमन्त्री न्युयोर्कमा

  काठमाडाैं ।  पराष्ट्रमन्त्री डा नारायण खड्का संयुक्त राष्ट्रसङ्घको ७६औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्युयोर्क पुगेका छन् । मन्त्री खड्का नेतृत्वको प्रतिनिधिमण्डललाई जोन...

बाजुरामा अनन्ते मेला सकियो, देउडा सकिएन

  बाजुरा । बाजुराबासीको मौलिक साँस्कृतिक पर्व अनन्ते मेला यहाँका स्थानीयले बडो महत्वका साथ मनाउने गरेका छन् । अनन्तेलाई दशै तिहार जस्तै उत्साह र उमंगका...

प्रधानमन्त्रीलाई राष्ट्रिय सभाको रुलिङ

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले संघीय संसद्को राष्ट्रिय सभामा भइरहेको अवरोध अन्त्य गर्न प्रधानमन्त्रीलाई रुलिङ गरेका छन् । बिहीबारको राष्ट्रिय सभा बैठक...

साताका लोकप्रिय समाचार

म्युजिक भिडियोमा देखिँदै साम्राज्ञी (फाेटाेफिचर)

  काठमाडाैं । म्युजिक भिडियोमा खासै नदेखिने अभिनेत्रीमा पर्छिन्, साम्राज्ञी राज्यलक्ष्मी शाह । उनै अभिनेत्री शाहलाई दर्शकले अब नयाँ एक गीतको भिडियोमा देख्न पाउने भएका...

दुई खेल खेलेर अफ्रिदी फर्किने

काठमाडौं । पाकिस्तानका पूर्वस्टार अलराउन्डर शाहिद अफ्रिदी चौथो संस्करणको बजाज पल्स एभरेस्ट प्रिमियर लिग (ईपीएल) टी–२० क्रिकेट प्रतियोगिता खेल्न नेपाल आइपुगेका छन् । अफ्रिदी...

पहिरोले घर पुरिदा एकै परिवारका तीन छोरीको मृत्यु

  गुल्मी । गुल्मीमा पहिरोल घर पुिरदा तीन जनाको मृत्यु भएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका –८ थुम्कामा तिलक परियारको घर पुरिदा उनकी छोरीहरु २१...

पहिरो अवलोकनमा पुगेका बुटवलका मेयर स्थानियबाट कुटिए

बुटवल । बुटवलको ज्योतिनगरमा खसेको पहिरो अवलोकनका लागि पुगेका बुटवलका मेयर शिवराज सुवेदीमाथि सोमबार आक्रमण भएको छ । आक्रोशित स्थानीय गणेश पंगेनीले सुवेदीमाथि मुक्का हानेका...

माफिया, तस्कर र बिचौलियाको सलबलाहट

नेपालमा केही अपवादलाई छाडेर अब वास्तविक रूपमा असल र इमानदार नेता पाउनै कठिन हुन थालेको छ । राजनीतिको आवरणमा अपराधीकरण यति धेरै बढ्न थालेको...

ट्रेन्डिङ

गुणराजको आफ्नै साथीहरुबाट हत्या

इटहरी । सुनसरीका गुणराज यादवको हत्यामा संलग्न ५ जनालाई जिल्ला प्रहरी कार्यालय सुनसरीले पक्राउ गरेको छ । भोक्राहा गाउँपालिका ७ का यादवको गत ३१...

धुलिखेलमा मोटरल्यान्ड सर्किट

काभ्रे । अल्टिमेट हिमालयन मोटरल्यान्डले काभ्रेको धुलिखेलमा हिमालयन मोटरल्यान्ड सर्टिक सञ्चालनमा ल्याएको छ । झन्डै साढे चार करोड लगानीमा ३५ रोपनी जग्गामा निर्माण गरिएको...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 201 times, 1 visits today)