नेपाली पर्वतारोही पाण्डेद्वारा दक्षिण अमेरिकाको सबैभन्दा अग्लो हिमाल अकोन्कागुआ आरोहण

काठमाडौं । विश्वका सात वटा महादेशका अग्ला हिमाल आरोहण गर्ने अभियान अन्तर्गत पर्वतारोही प्रकाशराज पाण्डेले दक्षिण अमेरिकी महादेशको सबैभन्दा अग्लो हिमाल अकोन्कागुआ आरोहण गरेका छन् ।

आरोही पाण्डेले फरबरी ६ मा विहानको ७:५० मिनेटमा ६ हजार ९ सय ६१ मिटर अग्लो सो हिमाल आरोहण गरेको पाण्डेले जानकारी दिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले अभियानमा सफलताको शुभकामना दिँदै नेपालको राष्ट्रिय झण्डा दिएर पर्वतारोहणको लागि बिदाइ गरेका थिए । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले पाण्डेलाई राष्ट्रिय झण्डा हस्तान्तरण गर्दै आरोहण अभियान सफलताको शुभकामना व्यक्त गरेका थिए ।

सगरमाथा, मनास्लु, आमादब्लम लगायत नेपालका विभिन्न हिमालको सफल आरोहण गरिसक्नु भएका पाण्डेले सात महादेशका अग्ला हिमाल चढ्ने अभियान अन्तर्गत २०२४ को जुनमा युरोपको उच्च हिमशिखर माउण्ट एलब्रस आरोहण गरेका थिए । सोही वर्षको नोभेम्बर महिनामा अफ्रिकाको अग्लो चुचुरो किलिमञ्जाको सफल आरोहण गरेका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 40 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

राजाबादी आन्दोलनमा २ को मृत्यु २ घाइतेको अवस्था चिन्ताजनक

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
पहिचान, संघीयता, सुशासन र सदाचारमा जोड