राजधानी न्यूज पब्लिकेशन र नेपाल इन्टरनेशनल हेल्थ सर्भिसेसबीच सम्झौता

काठमाडौं । राजधानी न्युज पब्लिकेसन र नेपाल इन्टरनेसनल हेल्थ सर्भिसेसबीच सम्झौता भएको छ । राजधानी न्युज पब्लिकेसनका तर्फबाट प्रबन्ध निर्देशक आशिष शेरचन र हेल्थ सर्भिसेसका तर्फबाट अध्यक्ष तथा प्रबन्ध निर्देशक डा. रूपनारायण साहले सो सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

सहमतिअनुसार हेल्थ सर्भिसेसले पब्लिकेसनका कर्मचारी, सञ्चारकर्मी, उनीहरूका परिवारका सदस्य, विज्ञापनदाता र ग्राहकलाई विशेष छुटसहित गुणस्तरीय चिकित्सा सेवा उपलब्ध गराउनेछ । यस सम्झौताबमोजिम पब्लिकेसनले हेल्थ सर्भिसेसका समाचार र विज्ञापनलाई उचित स्थान दिनेछ ।

राजधानी पब्लिकेसनका कर्मचारी, ग्राहक, विज्ञापनदाता र सञ्चारकर्मीलाई हेल्थ सर्भिसेसले गुणस्तरीय चिकित्सा सेवा उपलब्ध गराउने सम्झौतामा उल्लेख छ । उनीहरूको स्वास्थ्य सेवामा लागेको शुल्कमा हेल्थ सर्भिसेसले विशेष छुट दिनेछ ।

विभिन्न बुँदामा सहमति भएको सो सम्झौतापत्र २ वर्षका लागि कार्यान्वयन हुनेछ ।

तपाइको प्रतिक्रिया
(Visited 171 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

राजाबादी आन्दोलनमा २ को मृत्यु २ घाइतेको अवस्था चिन्ताजनक

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
एमाले पोखरा महानगरका मेयर–उपमेयरले सार्वजनिक गरे चुनावी प्रतिबद्धतापत्र