Saturday, July 24, 2021
Homeबिचारकोरोनाविरुद्ध लड्न एकजुट होऔं

कोरोनाविरुद्ध लड्न एकजुट होऔं

,

देशमा कोरोना संक्रमण बढ्दै गइरहेका बखत सत्ताधारी दलमा राजनीतिक खिचातानी चुलिन जाँदा आमजनतामा त्यसले कत्ति पनि सकारात्मक सन्देश दिएको छैन । महामारीविरुद्ध लड्नुको सट्टा शक्ति हत्याउने, सत्ताच्यूत गर्नेजस्ता दोहोरो खेल खेलिनु आफैंमा क्षम्य छैन । देशभर लगाइएको स्वास्थ्य संकटकाललाई राजनीतिक चलखेल र तिकडम नगदीकरणको ढाल बनाउनु आफंैमा जति खेदजनक छ, त्यति नै विकृत र अराजनीतिक पनि छ । यसको नकारात्मक जनस्तरसम्म महसुस भइसकेको छ । कुनै पनि नेता चोखो, बस्त्रधारी र निस्कलंक छैनन् । नेताबीचको आपसी पूर्वाग्रह र जितहारले देशको राजनीतिक परिस्थितिमा कुनै परिवर्तन आउने र देश रातारात चकाचौध हुने अवस्था पनि छैन । सबै नेताको व्यावहारिक परीक्षण भइसकेको छ । वर्तमान सत्तासीनलगायत कसैको कार्यकाल ‘राम राज्य’ सावित हुन सकेको छैन । गल्ती सबैका हुन्छन् भन्ने भनाइ पनि यी कुनै पनि नेता र तिनले सञ्चालन गरेका सत्तामा मेल खाँदैन । किनकि, यिनीहरूले ‘ब्लन्डर’ गरेका छन्, ‘मिस्टेक’ र ‘ल्याप्सेज’ होइन । त्यसैले यी सबै क्षमादानको वर्गीकरणभित्र अटाउन सक्दैनन् ।

अहिलेको राजनीतिक व्यवस्था गणतन्त्रसम्म आइपुग्दा जनताले ठूलो बलिदानी गरेका छन् । श्रम, पसिना र बलिदानको एकएक हिसाब जनतासँग छ । संसदीय व्यवस्थाको आवधिक निर्वाचन स्वीकार गरेर दलीय सरकार गठन गरेका नेता आफ्ना दलबल र भाइखलकलाई जहानियाँ र राजतन्त्रात्मक सेटिङमा किन ल्याउन अभ्यास गरिरहेका छन् ? जनताका आँखामा यी सबै अशोभनीय र अपाच्य हर्कतका रूपमा दर्ज हुन पुगेका छन् । यिनका चिन्ता र छटपटीमा न त जनताको स्वार्थ र चासोको सम्बोधन छ, न त सिंगो देशको स्वाभिमान र सम्प्रभुत्वको अभिव्यक्ति नै । त्यसैले भाइखलक, ग्याङ, गुट वा पक्षधर भन्नेहरूको जुँगाको लडाइँ जनतामा पचेको छैन । जहानियाँ शासनमा राणा आफैंमा मारामार गरे, निकाला निकाल गरे, ‘ए’ ‘बी’ ‘सी’ श्रेणीमा विभाजित भए । अन्ततः राणा शासनको अन्त्य भयो । राजा वंशको राज्य चलाउन चाहिरहे, त्यसको पनि खैरियत रहेन । आजका गणतन्त्रका नेता श्री ३ राणा, श्री ५ राजाको कार्यशैली अवलम्बन गर्न र एकले अर्कालाई परास्त गर्ने र सोहीअनुरूप राज्य प्रणाली चलाउने दिवास्वप्न देख्न थाले भने यिनको हैसियत के हुन जाला ? यी सबै फेरि गणतन्त्रवादी, आवधिक निर्वाचनमा विश्वास गर्ने संसद्वादी, प्रतिपक्ष र फरक मतको सम्मान गर्ने विचारवादी र जनताको सेवक भनी थाक्दैनन् पनि । तर, आश्चर्य कहाँबाट मौलाइरहेको छ शासकीय अहं र तदनुरूपको राजनीतिक तिकडम ?

देशमा कोरोनाको संक्रमण बढ्दै गएको छ । महामारीले देश च्याप्दै लगेको छ । संक्रमण उच्चतातिर उकालो चढिरहेको छ । जनता भयभित छन् । पार्टी, सरकार र सरकारी कदमप्रति अविश्वास छैन । देशका नागरिक सीमामा आएर देशभित्र पस्न नपाई पराइको क्वारेन्टाइनमा शरण लिइरहेका छन् । वैदेशिक रोजगारका लागि नेपाली श्रमिक गएका देशले ‘तिम्रो नागरिक फिर्ता लैजाऊ’ भनिरहेका छन् । आफ्ना नागरिकको उद्धार र बचाउको अभियान खोई ? देशमा बाँडिएका भनिएका स्वास्थ्य सामग्रीको गुणस्तरमाथि स्वास्थ्य विशेषज्ञले नै गम्भीर प्रश्न उठाइरहेका छन् । मजदुर खाना नपाई सहर छोडेर गाउँतिर लागिरहेका छन् । कालोबजारी मौलाएको छ । महँगी अथाह चुलिएको छ । अनुगमन, नियन्त्रण र नियमन छैन । यी सबैको सम्बोधनसहित सकारात्मक सोचका साथ सबै राजनीतिक पार्टी, पार्टीका नेता एक ठाउँमा आएर साझा दुस्मन कोरोना महामारीविरुद्ध लड्न एकताबद्ध हुनुको विकल्प छैन ।

Loading comments...

आजको समाचार

मुक्त कमैयासँग लालपूर्जा छ, जमिन छैन

  कञ्चनपुर । कञ्चनपुरमा मुक्त कमैया पुनःस्थापनको कार्य पूरा भएको डेढदशक बित्न लाग्यो । मुक्त भएका यी धेरै परिवारको हातमा लालपूर्जा त छ तर जग्गा...

सरकारको काममा सहजीकरण गर्न बन्यो कार्यदल

काठमाडौं । सरकार सञ्चालनमा सहजीकरणका लागि भन्दै सरकार आबद्ध गठबन्धनमा रहेका दलहरूको कार्यदल बनाइएको छ । कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काको नेतृत्वमा सात सदस्यीय कार्यदल...

चेल्सीले हाजार्ड फर्काउन प्रयास गर्ने

लन्डन । इंग्लिस क्लब चेल्सीले आफ्नो पूर्व बेल्जियन फरवार्ड इडेन हाजार्डलाई क्लबमा फर्काउन प्रयास थालेको छ । हाजार्ड २०१९ मा ८८ मिलियन पाउन्डमा स्पेनिस...

गण्डकीमा ६ मन्त्री थपिए

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको सरकारले मन्त्रिमण्डलर बिस्तार गर्दै ११ सदस्यीय मन्त्रिमण्डल बनाएको छ । मुख्यमन्त्री पोखरेलले नेपाली काँग्रेससहित माओवादी केन्द्रका...

साताका लोकप्रिय समाचार

कांग्रेस महाधिवेशन सर्ने निश्चित, मिति अनिश्चित

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन सर्ने निश्चित भएको छ । तर, कहिले र कुन मितिमा गर्ने भन्ने निश्चित भइसकेको छैन । सो सम्बन्धमा...

प्रदेशको सार्वजनिक खर्च प्रणाली र बजेटबीचको अन्तरसम्बन्ध

सरकारले विभिन्न क्षेत्रमा गर्ने सार्वजनिक खर्चको समष्टि रूप नै सार्वजनिक खर्च प्रणाली हो । प्रणाली भन्नेबित्तिकै हामी आगत, प्रक्रिया र अपेक्षित प्रतिफल बुझ्दछौं ।...

कोरोनाको एक मात्र विकल्प-खोप

  निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो बिदाइ मन्तव्यमा असार २९ गते नेपालले थप १ करोड ५० लाख डोज खोप सहुलियत दरमा खरिद सम्झौता गरेको...

विप्लवको भेटवार्ता : वामपन्थी एकता कि सहमति कार्यान्वयनको खोजी ?

काठमाडौँ ।    मिति २०७८ असार ३० गते नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग खुमलटारमा भेटवार्ता । मिति २०७८ असार ३१ गते नेकपा (एमाले)...

नेपालको कृषि क्षेत्रमा नयाँ प्रयोग : अब धानखेतीभित्रै हाँसको बथान

काठमाडौं । राष्ट्रिय खाद्य बैंक लिमिटेडले नेपालमै पहिलोपटक व्यावसायिक रूपमा ‘राइस डक फार्मिङ’को सुरुवात गरेको छ । यो फार्मिङ भनेको धानको खेतीभित्र लोकल हाँसको उत्पादन...

ट्रेन्डिङ

विद्यालयमा चट्याङ पर्दा छात्रवासमा पढिरहेका विद्यार्थीको मृत्यु, दुई घाइते

 लमजुङ । लमजुङको एक विद्यालयमा चट्याङ पर्दा एक विद्यार्थीको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । क्व्होलासोंथर गाउँपालिका– ४, भुजुङको त्रिभुवन...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?