बिराटनगर । कोशी प्रदेशको भोजपुर र झापामा लागुऔषध सहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ। भोजपुरको भोजपुर नगरपालिका-९ स्थितबाट लागुऔषध सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय भोजपुरबाट खटिएको प्रहरी टोली टेम्केमैयुङ गाउँपालिका-२ का २२ बर्षीय कन्चन बस्नेतलाई ट्रामाडोल र स्पास्पेन गरी जम्मा २० चक्की लागुऔषध सहित र भोजपुर नगरपालिका-९ का अनिल राई र उनको दाजु रमेश राईलाई उनिहरुको घर कोठा खानतलासी गर्दा सुत्ने कोठाबाट ट्रामाडोल २ हजार ५० चक्की, स्पासपेन २ हजार ७० चक्की, १२० ग्राम गाँजा र नगद ९७ हजार १० रुपैँया बरामद गरेको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ।
यसैगरी,झापाको हल्दीबारी गाउँपालिका-३ स्थितमा प्रहरी चौकी जलथलबाट खटिएको प्रहरी टोलीले लागुऔषध बेचबिखन तथा ओसार पसारमा संलग्न रहेका हल्दीबारी गाउँपालिका-२ का २२ बर्षीय आषिश हेमरन, २३ बर्षीय रवी महतो, ३१ बर्षीय सुजन राईलाई ब्राउन सुगर ४८० मिलिग्राम र बा. ४७ प ९८१४ नम्बरको मोटरसाईकल सहित नियन्त्रणमा लिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
यस्तै, इलाका प्रहरी कार्यालय दमकको प्रहरी टोलीले दमक नगरपालिका-६ बाट ईलाम चुलाचुली घर भई हाल दमक-५ स्थित बस्दै आएका २५ बर्षीय रोहित राई र दमक-७ का ३० बर्षीय राजेश राईलाई ट्रामाडोल र स्पास्पेन गरी जम्मा १५० चक्की र दमक-८ का २५ बर्षीय प्रतिक श्रेष्ठलाई ट्रामाडोल, स्पास्मो र स्पास्पेन गरी जम्मा २२० चक्की सहित सोहि स्थानबाट पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुको सम्बन्धित प्रहरी कार्यालयबाट थप अनुसन्धान भइरहेको प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।