जोखिम स्टन्ट गर्दा टम क्रुज बेहोस

लस एन्जलस । हलिउड अभिनेता टम क्रुजले यस पटक चलचित्रमा गरेको स्टन्ट जीवनकै जोखिमपूर्ण स्टन्ट भएको बताएका छन् । यस पटक उनी चलचित्रको छायांकनमा स्टन्ट गर्ने क्रममा बेहोस समेत भए ।

त्यसो त उनी आफ्नो स्टन्ट आफैँ गर्न हिचकिचाउँदैनन् । हेलिकप्टरबाट झुन्डिएर बस्ने होस् वा हिउँ परेको समुन्द्रमा डुबुल्की मारेर बस्ने जस्ता जोखिम उनले चलचित्र छायांकनको क्रममा मोल्ने गरेका छन् । उनले आफ्नो बहु प्रतिक्षित चलचित्र ‘मिसनः इम्पोसिबल – द फाइनल रेकनिङ’ मा अत्यन्त जोखिम स्टन्ट गरेको बताएका छन् ।

शनिवार, अभिनेता टमले एउटा भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् । जसमा निर्देशक क्रिस्टोफर म्याकक्वेरीले साहसी स्टन्टको फिल्म बनाइरहँदा उल्टो विमानमा अभिनेता टम झुन्डिएको दृश्य कैद गरिएको छ । उनले यो स्टन्ट गर्दा आफू बेहोस भएको खुलासा गरेका छन् ।

‘जब तपाईँ आफ्नो अनुहार जहाजको बाहिर राख्नुहुन्छ र प्रति घण्टा १२० देखि १३० माइलको गतिमा उड्नु हुन्छ भने के तपाईँले अक्सिजन पाउन सक्नुहुन्न ?’ टमले प्रश्न गर्दै अगाडि भनेका छन्, ‘त्यसैले मैले सास फेर्न आफँैलाई तालिम दिनु प¥यो । यो क्रममा म बेहोस भएँ र ककपिटमा फर्कन सकिन ।’

अभिनेता टम क्रुजले चलचित्र मिसनः इम्पोसिबल–द फाइनल रेकनिङ’ मा जासुस इथान हन्टको भूमिका पुनः निर्वाह गर्दै छन् ।

यसैबिच, निर्देशक क्रिस्टोफर म्याकक्वेरीले सोही अन्तर्वार्तामा चलचित्रमा पहिले कहिल्यै नदेखिएका स्टन्टहरू यस पटक टमले गरेको बताएका छन् । उनले भनेका छन्, ‘यस चलचित्रमा त्यस्ता स्टन्टहरू छन् जसले तपाईँको दिमाग सिरिङ्ग पार्नेछन् ।’

टम क्रुजले स्टन्ट गर्दाको त्यो तनावको ’boutमा सोच्दा आफूलाई अहिले पनि डर लाग्ने गरेको पनि उनले बताए ।

यो चलचित्रमा टमसँगै हन्ना वाडिङघम, निक अफरम्यान, केटी ओब्रायन र ट्रामेल टिलम्यानको पनि अभिनय रहेको छ । यो चलचित्र आगामी २३ मेमा विश्वव्यापी रूपमा रिलिज हुँदै छ ।

तपाइको प्रतिक्रिया
(Visited 46 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

राजाबादी आन्दोलनमा २ को मृत्यु २ घाइतेको अवस्था चिन्ताजनक

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
स्थानिय तह निर्वाचन सर्लाही अपडेट : कसको कति मत (सूचीसहित)