Friday, April 23, 2021
Home बिचार कोरोना प्रकोप र अबको बाटो

कोरोना प्रकोप र अबको बाटो

,

मृत्यु हरेक प्राणीको अन्तिम भय हो । बाँच्नको लागि उसले सकेसम्म प्रयत्न गर्दछ । वास्तवमा अहिले विश्व जगत्का मानिस कोरोना भाइरसविरुद्घ मृत्यु र जीवनसँग लडिरहेका छन् । कोरोना प्रकोपका कारण गतिशील संसार ठप्प छ । आकाशमा हवाइजहाज उडेका छैनन् । समुन्द्रमा पानीजहाज चलेका छैनन् । सडकमा सवारीसाधन गुडेका छैनन् । मानिस बाँच्नकै लागि आफ्नो सेल्टरमा चुपचाप बन्द भएर बसेका छन् । कतिले आप्mना आफन्तजन गुमाएको अवस्था छ । लाखौंको संख्यामा मानिसको मृत्यु भई सकेको छ । लाखौंको संख्यामा संक्रमित छन् । एउटा सूक्ष्म भाइरसका त्रासले थर्कमान भएर घरमा नै बसेर जीवन रक्षा गर्नु स्थिति विश्व इतिहासमा मानवजातिले भोगेको सम्भवतः यो पहिलो अनुभूति होला ।

कुरा एउटा सूक्ष्म भाइरसको हो, तर यसको असर भयानक डरलाग्दो भएर आयो । डिसेम्बर २०१९ मा चीनको बुहानबाट उत्पन्न भएको भनिएको कोभिड–१९ ले संसारका मानव वस्तीमा आक्रमण गर्दै गयो । यसले चल्दै आएका उद्योगधन्दा ठप्प बनायो । व्यापार बन्द गराइयो । कृषि उत्पादनमा ठूलो बाधा ग¥यो । शिक्षालय चल्न दिएन । समग्रमा कोरोनाले पृथ्वी, हावा र पानीबाहेकको गतिलाई रोकेर संसारको मानसपटलमा मनोवैज्ञानिक निराशा, कुण्ठा र त्रास बढाएको अवस्था छ ।

अहिले विश्वजगत् एकातिर जीवन जोगाउने संघर्षको पीडामा संघर्षरत छ भने अर्कोतिर ठूलो संख्याको मानिसलाई यसले भोकसँग लड्नुपर्ने बाध्यतामा धकेलिदिएको छ । यो महामारीले गर्दा हरेक क्षेत्रमा संलग्न मानिसको आआप्mनै प्रकारको कथा छ । व्यथा छ । अर्थविद्ले विश्वमा आर्थिकमन्दी हुने प्रक्षेपण गरेका छन् । करोडांै मानिसले जागिर गुमाइसकेका छन् । यसरी हेर्दा कोरोना एउटा खतरनायक भाइरस मात्र नभएर यसले वर्तमानमा र दीर्घकालीन रूपमा नै समस्या उत्पन्न गर्ने निश्चित भइसकेको छ । यो अदृष्य भाइरसबाट बाँच्न आज हामीहरू नाक, मुख छोपेर एकले अर्कोलाई नचिने जस्तोगरी सोसियल डिस्टेन्स राख्न बाध्य भएका छौं ।

त्यसो त इतिहासमा यस्ता रोग पहिले पहिले पनि नआएका होइनन् । विगतमा पनि प्लेग, सार्स, इबोलालागायतका रोगले लाखौं मानिसले ज्यान गुमाएका थिए । तर, यिनीहरू निश्चित भूगोलमा सीमित थिए । यसरी संसारलाई एकैपटक नै ठप्प बनाउने अवस्था थिएन । अथवा, संसारका मानिसको आवतजावत एकैपटक ठप्प भएको थिएन । तर, अहिले यसले विश्वभरमै आतंक मच्चाएको छ । विश्व स्वास्थ्य संगठनले यस विषम अवस्थालाई विश्वव्यापी महामारी घोषणा गरेको छ ।

अहिलेको कोरोनाविरुद्घको लडाइँलाई कतिपय विज्ञले तेस्रो विश्वयुद्घकै रूपमा लिएको पाइन्छ । अहिले अवस्थामा शक्तिसम्पन्न भनिएका राष्ट्रहरू कोरोनाविरुद्घ लडिरहेका छन् । लाखांैको ज्यान लिइसकेको यो रोगले विश्वका ठूलाठूला सेलिब्रेटीको समेत मृत्यु भएको छ । लाखौंको संख्यामा बालबालिकाले अभिभावक गुमाएको स्थिति छ । जे होस् मानवजातिले यो युद्घबाट विजय हासिल गरिसकेपछि पनि यसको असर आर्थिक, सामाजिक, मानसिक एवं भौतिक क्षेत्रमा रहने पक्कापक्की छ ।

हाम्रो देशको सन्दर्भमा कोभिड–१९ का असरका कारण खर्बाैंको नोक्सान भइसकेको अर्थविद्को भनाइ छ । देश आर्थिक संकट वामन्दीको चपेटामा पर्ने आँकलन भएको छ । तथापि, कालो बादलको किनारमा सेतो चाँदीको घेरा हुन्छ भनेझैं हाम्रोजस्तो देशले यो प्रकोपपश्चात् यसबाट पाठ सिकेर देश विकासको अवसरको खोजी गर्नुपर्छ । अहिले लाखौंको संख्यामा बाहिर काम गरिरहेका युवाले दुःख पर्दा विदेशभन्दा स्वदेश नै प्यारो हुने रहेछ भन्ने गहिरो अनुभूति गरिरहेका छन् । यसरी हेर्दा यो रोगले राष्ट्रिय जागरणको प्रत्याभूति गराएको छ ।

अब कोरोना महामारीले विश्वबजारमा नै आर्थिक मन्दी हुने भएकाले विदेशमा काम गरिरहेका हाम्रा युवाश्रमिकले स्वदेशमा नै कामको खोजी गर्ने चिन्तनको विकास हुने छ । यस सन्दर्भमा राज्यले युवापुस्तालाई स्वदेशमा नै आयआर्जनका अवसर सिर्जना गर्ने कार्य योजना बनाउनुपर्छ । यसो गर्दा देशको युवा जनशक्तिलाई कृषि, पशुपालन, जलस्रोत, वन, खनिज पदार्थ, घरेलु उद्योग, पर्यटन, व्यापारलगायतका क्षेत्रको विकासमा लगाउनुपर्छ । उल्लेखित क्षेत्रलाई आयआर्जनको माध्यम बनाउनका लागि राज्यले विज्ञसँग सहकार्यगरी वैज्ञानिक कार्ययोजना बनाउन आवश्यक छ ।

विदेशबाट फर्किएका युवालाई निर्यातमुखी कृषि उत्पादनका लागि आधुनिकीकरण, यान्त्रिकीकरण र व्यावसायीकरण गर्न र गराउन राज्यले तत्काल कार्ययोजना बनाओस्

अहिले खड्गप्रसाद ओलीले नेतृत्व गरेको सरकारको कार्यशैली अत्यन्त कमजोर भएको सर्वत्र विरोध भइरहेको छ । यो सरकारले देशको जनशक्तिलाई आयआर्जनका अवसर सिर्जना गर्दै देशलाई विकासको मार्गमा अगाडि बढाउनमा विश्वास त छैन । तथापि रोजगारीको सिर्जना र देश विकासका लागि देशका सबै राजनीतिक दल मिलेर काम गर्नुपर्ने बेला आएको छ । देशको यस्तो विषम परिस्थतिमा प्रधानमन्त्रीले अनावश्यक अध्यादेश ल्याएर चौतर्फी आलोचित भएको छ ।

अहिलेको कोराना प्रकोपका कारण संसारका २६ करोड मानिसले खाद्यान्नको चरम समस्या भोग्नुपर्ने आँकलन गरिएको छ । हाम्रो देशको सन्दर्भमा पनि यसको प्रत्यक्ष वा परोक्ष असर पर्नेछ । एकातिर लाखौंको संख्यामा युवा विदेशको रोजगारबाट वञ्चित भएर नेपाल फर्कनेछन् भने अर्कोतिर देशमा भएको बेरोजगार युवा विदेश जान पाउने छैनन् । यस परिप्रेक्षमा राज्यले प्रत्येक स्थानीय तहमा त्यहाँको हावा, पानी, माटोको अध्ययन गरी उब्जनीको सम्भावनाका आधारमा कृषि उत्पादन गर्ने देशव्यापी वैज्ञानिक कार्ययोजना बनाई त्यहाँका कृषक परिवार र युवालाई आधुनिक कृषि उत्पादनमा संलग्न गराइ गाउँलाई कृषि उत्पादनमा आत्मनिर्भर बनाउने ठोस योजना बनाउनुपर्छ ।

जबसम्म राज्यको कार्यशैली र सोचमा परिवर्तन हुन सक्दैन तबसम्म कृषि क्षेत्रको विकास हुनसक्ने देखिँदैन । त्यसैगरी जबसम्म कृषकले परम्परागत शैलीमा चलिरहेको कृषि प्रणालीलाई बदलेर आधुनिकीकरण गर्न सक्ने ज्ञान र सीप प्राप्त गर्न सक्दैनन् तबसम्म सरकारले सिंहदरबारबाट कृषिको आधुनिकीकरणको जतिसुकै ठूला कुरा गरे पनि कृषि क्षेत्रको विकास हुन सक्दैन । तसर्थ, कृषि क्षेत्रको आधुनिकीकरण गर्नका लागि कृषि विज्ञको अधिकारसम्पन्न थिंकट्यांक बनाउनुपर्छ ।

राज्यको कमजोरीका कारण स्वदेशमा रोजगारीको कुनै पनि मौका नपाएको हुनाले युवाहरू विदेशमा गएका हुन् । अब उनीले एकातिर आफ्नो माटोको महŒवलाई गहिरोसँग अनुभूति गरेका छन् भने अर्कोतिर राज्यका लागि युवालाई स्वदेशमा नै रोजगारीका ठाउँ खोजी गर्ने अवसर सिर्जना भएको छ । कोरोना प्रकोपका कारण नेपाल फर्कनका लागि विदेशमा भएका युवा रोइकराई गरिरहेको समाचार आउने गरेका छन् । त्यसैले ७५३ वटा स्थानीय तहका युवाको शैक्षिक योग्यता, उमेर, काम गर्ने इच्छालगायतका तथ्यांक संकलन गरी उनीहरूलाई आधुनिक कृषि शिक्षाको तालिम दिनुपर्छ ।

कोरोनाले पृथ्वी, हावा र पानीबाहेकको गतिलाई रोकेर संसारको मानसपटलमा मनोवैज्ञानिक निराशा, कुण्ठा र त्रास बढाएको अवस्था छ

राज्यले कृषि र पशुपालन क्षेत्रको आधुनिकीकरण गर्दा हिमाल, पहाड र तराईको हावा, पानी, माटोअनुसारको कुन माटोमा के फल्दछ, यसका लागि कस्तो बीउबिजन, खेती गर्ने विधि तथा मलको प्रयोग गर्नेजस्ता ज्ञानका लागि कृषिविज्ञको विज्ञतालाई उपयोग गर्नुपर्छ । यसको साथै राज्यले कृषि र पशुपालनको क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्न अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाउन आवश्यक छ ।

अब राज्यले तर, किन्तु, परन्तु केही नभनी विदेशबाट आउने र भविष्यमा विदेश पलायनको मनोविज्ञानले ग्रस्त युवालाई स्वदेशमा नै तत्काल आयआर्जनका बाटा र पाटाको अवसर सुनिश्चित गर्नका लागि कृषि, पशुपालन, जडीबुटी तथा पर्यटन क्षेत्रलाई उपयोग गर्नुपर्छ । प्रत्येक स्थानीय तहमा त्यहाँका व्यावसायिक किसान तथा युवाका लागि नगदे बाली, तरकारी, फलपूmल, पुष्पखेतीलगायत उन्नत जातका गाई, भैंसी, भेंडा, बाख्रा, पंक्षी उत्पादन गर्नका लागि व्यावसायिक तालिम सञ्चालन गर्नुका साथै कृषि तथा पशुपालनको क्षेत्रबाट उत्पादित कच्चा पदार्थमा आधारित उद्योग व्यापक रूपमा सञ्चालन गर्न जरुरी छ ।

विप्रेषणले धानेको देशको अर्थतन्त्र अन्तर्राष्ट्रिय बजारमा काम गरिरहेका युवा स्वदेश फिर्ता हुने बित्तिकै कमजोर हुने पक्का छ । अहिले खद्यान्न, तरकारी, फलपूmल, माछा मासु, दुग्धजन्य पदार्थलगायतका वस्तुहरू भारत तथा अन्य देशहरू आयात गरिएको छ । तसर्थ विदेशबाट फर्किएका युवाहरूले बाँझिएका खेतबारीमा परम्परागत शैलीको कृषि प्रणालीलाई बदलेर निर्यातमुखी कृषि क्षेत्रको आधुनिकीकरण, यान्त्रिकीकरण र व्यावसायीकरण गर्न र गराउन राज्यले तत्काल कार्ययोजना बनाओस् ।

(Visited 83 times, 1 visits today)
Loading comments...

आजको समाचार

साताभर ३२ अर्बको सेयर कारोबार

काठमाडौं । यस साता नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा ३२ अर्ब सेयर कारोबार भएको छ । सेयर बजार सूचक नेप्सेले भने गत साताको तुलनामा ८७.४५...

राष्ट्रिय सभा सदस्य उपनिर्वाचन ६ जेठमा

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभातर्फ रिक्त एक सदस्यको पदमा ६ जेठमा उपनिर्वाचन गर्ने भएको छ । आयोगको सिफारिसमा सरकारले उपनिर्वाचनको मिति तोकेपछि आयोगले...

ओली–नेपाल छलफलमा सहमति किन जुटेन सकेन

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भएको छलफल बिना निष्कर्ष टुंगिएको छ । काठमाडौंको होटेल...

कोइरालाको ‘न्युरोडका झाँकी’ विमोचित

काठमाडौं । साहित्यकार एवं पत्रकार तुलसीहरि कोइरालाले कथासंग्रह ‘न्युरोडका झाँकी’ बजारमा ल्याएका छन् । उनको यो कृतिको वाङ्मय शताब्दीपुरुष सत्यमोहन जोशीले आफ्नै निवासमा भएका...

वास्तविक राष्ट्रसेवक कहिले पाइएला ?

कुनै पनि देशको राजनीतिक नेतृत्व तथा सरकारलाई सफल तथा असफल बनाउने प्रमुख भूमिका नै राष्ट्रसेवकका रूपमा रहेका कर्मचारीतन्त्रमा निर्भर रहन्छ । त्यसैले पनि कर्मचारीतन्त्रलाई...

साताका लोकप्रिय समाचार

एमालेमा ३२ सांसदको पद खोस्न सूचि तयार

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले ३२ जना सांसदको पद खोस्न सूचि तयार पारेको छ । संघीय संसदका २७ जना र...

ओली–नेपाल वार्ता सकियो

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच आज भएको दोस्रो दिनको वार्ता सकिएको छ । नक्सालमा...

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

वीरगन्ज । सात वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा वीरगंज महानगरपालिका–२४ बस्ने ३६ वर्षीय प्रमोद सर्राफलाई प्रहरीले पक्राउ गरेको छ । प्रमोदले सोमबार ती...

ऐंजेरुविहीन सुन्दर राजनीति कस्तो होला ?

अहिले मुलुकको राजनीति ऐंजेरुले घेरिएको सुगन्धित वृक्षजस्तो छ । राष्ट्रिय राजनीतिलाई कुरूप अवस्थामा पु¥याउने ऐंजेरुपालक नेताहरू पनि जनताको नजरमा चिनिँदै आएका छन् । नेताकै...

दोस्रो लहरबाट बच्न समयमै उचित निर्णय

कोरोना महामारीको संक्रमण बढ्दै गएपछि सरकारले वैशाख मसान्तसम्म उच्च जोखिममा रहेका २५ सहरी क्षेत्रका सबै विद्यालय बन्द गर्ने निर्णय गरेर समयमै उचित निर्णय लिएको...

ट्रेन्डिङ

थप १०१ जनामा कोरोना संक्रमण पुष्टि, २८५ जना डिस्चार्ज

काठमाडौँ । नेपालमा थप १०१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आज आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर...

होमप्रसाद माझीले पाए लालापूर्जा

  पाँचथर । कुम्मायक–५, भुल्केका भूमीहीन होमप्रसाद माझीले लालपुर्जा पाएका छन् । वडाअध्यक्ष यामबहादुर बोहोरा सहित पाँच जना जनप्रतिनिधिले रकम संकलन गरी माझीलाई लालपुर्जा दिलाएका...

निराजन र सृष्टिको रोमान्टिक ‘साँझ’

काठमाडौं । लकडाउन हुनुअघि अभिनेत्री सृष्टि श्रेष्ठ सौगात मल्लसँगै ‘तीन जन्तु’ फिल्मको सुटिङ गरिरहेकी थिइन् । लकडाउनले सुटिङ बीचैमा बिथोलेपछि सृष्टिको दैनिकी सामाजिक सञ्जालमा...

टुँडिखेलमा यसरी मनाइयो ७० औं प्रजातन्त्र दिवस (फोटोफिचर)

काठमाडौं । आज ७० औं प्रजातन्त्र दिवस काठमाडौंको टुँडिखेलमा विविध कार्यक्रम गरी मनाइएको छ। निरङ्कुश राणा शासनको अन्त्य गरी प्रजातन्त्रको थालनी भएको २००७ फागुन ७...

स्वास्थ्यमन्त्रीकाे परिवारका सदस्यलाई कोरोना संक्रमण

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालको परिवारका सदस्यलाई कोरोना संक्रमण भएको छ । तीन दिनअघि परिवारका एक सदस्यलाई कोरोना संक्रमण देखिएपछि मन्त्री ढकाल हाल...

तीजको व्रत बस्ने शक्तिका लागि दर खाने तयारीमा महिला

काठमाडौँ । हरितालिका व्रतको तयारीस्वरुप आज दर खाने तयारीमा नेपाली महिला छन् । दरखाने दिनसँगै चारदिने तीज पर्व आजदेखि शुरु हुँदैछ । विशेषगरी नेपाली नारीले...

रौतहटका ८ वटा क्रसर उद्योग बन्द गर्ने प्रशासनको निर्णय

रौतहट । मापदण्ड बिपरित चलेका रौतहटका ८ वटा क्रसर उद्योग बन्द हुनेभएका छन् । मंगलबार क्रसर उद्योगहरुको बिस्तृत अध्ययन तथा अनुगमन समितिको बैठकले मापदण्ड...

कोरोना कहर : अभिभावकको रोदन सुन्दैन सरकार

काठमाडौं । चीनको उहान सहरमा रहेका नेपालीलाई तत्काल स्वदेश फर्काउन सरकारले कुनै पहलकदमी अगाडि बढाउन सकेको छैन । अभिभावकले पटक–पटक ध्यानाकर्षण गराउँदा पनि सरकारले...

सम्बन्ध बिगार्न सीमा नखोलिएको आरोप

जनकपुरधाम । तिहारको बेला पनि सीमा नखोलिएकोमा नेपाल भारत खुल्ला सीमा संवाद समूहले कडा विरोध गरेको छ । समूहका संयोजक राजीब झाले एक प्रेस...

बैतडीमा सुत्केरी महिला र थुनुवासहित थप ७ जनामा कोरोना पुष्टि

बैतडी । बैतडीमा सुत्केरी महिला र थुनुवासहित थप सात जनामा कोरोना संक्रमण पुष्टि भएको छ । डडेल्धुरा अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा पाटन नगरपालिकाका ६...

कालीगण्डकी कोरीडरका ११ सय मजदुर ६ दिनदेखी अलपत्र

नवलपुर । कोरोना त्रास र जोखिमले देश आक्रन्त भैरहेको बेला पुर्वी नवलपरासीको दुर्गम पहाडि क्षेत्रमा निर्माणाधिन काली गण्डकी कोरीडरमा कार्यरत ११ सय...

लिदी पहिरो पीडितलाई बाह्रबिसे नगरपालिकाको सहयोग

चौतरा । जुगल गाउँपालिका–२ लिदीका पहिरो पीडितहरुका लागि बाह्रविसे नगरपालिकाले आर्थिक सहयोग गरेको छ । बाढीपहिरोबाट समस्यामा रहेका बाह्रविसे नगरपालिकाले पहिरो पीडित जुगल गाउँपालिकालाई...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 137 times, 1 visits today)