शिक्षाविद् पन्तको धनगढीमा नागरिक अभिनन्दन

धनगढी। शिक्षाविद् प्राध्यापक डाक्टर हेमराज पन्तलाई नागरिक अभिनन्दन गरिएको छ । कैलाली बहुमुखी क्याम्पसका पूर्वक्याम्पस प्रमुख तथा सुदूरपश्चिम विश्वविद्यालयका पूर्व रजिस्ट्रार समेत रहेका प्राध्यापक डाक्टर पन्तलाई बुधबार धनगढीमा नागरिक अभिनन्दन गरिएको हो ।

धनगढी उपमहानगरपालिकाले प्राध्यापक डाक्टर पन्तलाई शिक्षा क्षेत्रमा पुगाएको योगदानको कदर गर्दै नागरिक अभिनन्दन गरिएको नगर प्रमुख गोपाल हमालले बताए । धनगढी उपमहानगरपालिकाको संयोजनमा पन्तलाई बुधबार बिहान धनगढीको ट्राफिक चौराहाबाट बाजागाजासहित रथारोहन गरी पार्कमोडमा आयोजित एक कार्यक्रमकाबीच अभिनन्दन गरिएको थियो ।

नगरप्रमुख गोपाल हमालले माला, खादा र सम्मानपत्र सहित पन्तलाई अभिनन्दन गरे । नगरप्रमुख हमालले शिक्षाविद् पन्तले २०३७ सालदेखि हालसम्म धनगढीमा कर्मथलो बनाएर सुदूरपश्चिमको शिक्षा क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेकाले सम्मान गरिएको बताए ।

धनगढीस्थित पञ्चोदय माध्यमिक विद्यालयमा कैलाली वाणिज्य क्याम्पसको अध्यापन सुरु गराएर शिक्षामा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका पन्तलाई अभिनन्दन गरिएको हो । पन्तले २०३७ साल माघ १ गतेदेखि कैलाली क्याम्पसमा पढाउन थालेका थिए । पन्तले मासिक एक हजार रुपैयाँमा आइकमका विद्यार्थीहरूलाई पढाउन शुरूवात गरेका थिए ।

१४५ विद्यार्थीबाट सुरु गरिएको कैलाली वाणिज्य क्याम्पसको नाम २०३८ सालमा कैलाली बहुमुखी क्याम्पस राखिएको थियो । भारतबाट विद्यावारिधि गरेका पन्त २०४५ सालमा कैलाली बहुमुखी क्याम्पसको प्रमुख नियुक्त भएका थिए । प्राध्यापक पन्तले २०६६ सालसम्म कैलाली बहुमुखी क्याम्पसको प्रमुख पदमा रहेर काम गरेका थिए ।

डोटीको शिखर नगरपालिका ९ उच्चाकोट (सिद्धेश्वर गाउँ पञ्चायत) मा २०११ साल फागुन २१ गते जन्मिएका पन्तले धनगढीलाई कर्मथलो बनाएर प्राध्यापन पेशामा लागेका हुन् ।

सुदूरपश्चिमको शैक्षिक धरोहर कैलाली बहुमुखी क्याम्पसले हालसम्म हजारौँ विद्यार्थीलाई शैक्षिक योग्यता, जीवनोपयोगी सिप र अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्ने शिक्षा दिएको छ । शिक्षाविद् पन्तका बुवा खगेन्द्र नाथ आयुर्वेदाचार्य थिए ।

पन्तले ८ कक्षासम्मको पढाइ डोटीको उच्चाकोटस्थित सीताराम माविबाट पूरा गरेका थिए । ततपश्चात दरवार हाइस्कुलबाट २०२८ सालमा एसएलसी पास परेका पन्तले त्रिचन्द्र कलेजबाट २०३१ सालमा आइकम गरे भने शंकरदेव क्याम्पसबाट विकम गरे । २०३७ सालमा त्रिभुवन विश्व विद्यालयबाट स्नातकोत्तरको पढाइ पूरा गरे ।

२०३१ सालमा १९ वर्षको उमेरमा सरस्वती ओझासँग वैवाहिक बन्धनमा बाँधिएका उनका दुई छोरा र एक छोरी छन्। २०६८ सालमा सरकारले महेन्द्रनगरमा सुदूरपश्चिमाञ्चल विश्व विद्यालयको स्थापना भयो।

उनी त्यसको रजिस्ट्रार नियुक्त भएका थिए । चार वर्षे कार्यकाल पुरा गरेपछि २०७२ सालमा त्यहाँबाट बिदा भए। र, फर्केर फेरि कैलाली बहुमुखी क्याम्पसमा पढाउन थाले । २०७४ सालमा उनी सेवानिवृत्त भए ।

तपाइको प्रतिक्रिया
(Visited 258 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

राजाबादी आन्दोलनमा २ को मृत्यु २ घाइतेको अवस्था चिन्ताजनक

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
हमाल भन्छन् ‘धनगढीलाई पाँच वर्षमा मुलुककै नमुना शहर बनाउछु’