Wednesday, September 22, 2021
Your Ads Here
Homeप्रदेशप्रदेश ३कृषक लक्षित बाह्रबिसे नगरपालिकाको राहत प्याकेज

कृषक लक्षित बाह्रबिसे नगरपालिकाको राहत प्याकेज

बजार अनुगमनमा कांग्रेसको अवरोध

,
sharethis

सिन्धुपाल्चोक । लकडाउन लम्बिदै जाँदा बाह्रविसे नगरपालिकाले नगरबासीलाई सहुलियत दरमा खाद्यन, मल, बिऊ विजनलगायतका सामग्री वितरण गर्दा नेपाली कांग्रेसका स्थानीय कार्यकर्ताहरुले अवरोध गरेका छन् ।

लक डाउन लम्बिएपछि बाह्रविसे नगरपालिकाले नगरभित्रका स्थानीयलाई सहुलीयत दरमा मल, बिउलगायत अन्य आवश्यक कृषि सामग्री वितरण गर्न सुरु गरेको थियो । तर नेपाली कांग्रेसका केही ‘अनुशासनहीन स्थानीय कार्यकर्ताहरुले’ यो कार्यमा अवरोध गरेको बाह्रविसे नगरपालिकाका मेयर निमफुञ्जो शेर्पाले आरोप लगाए ।

बजारमा १७ सय बढी मुल्य पर्ने युरिया मल हामीले सबै गाउँमा १ हजार रुपियाँमा उपलब्ध गराएका थियौ तर कांग्रेसका स्थानीय कार्याकर्ताहरुले राम्रो कार्यमा पनि अवरोध गर्न सुरु गरेका छन् मेयर शेर्पाले भने । बजारबाट एक बोरा मल खरिद गरेर नगरको विकट बस्तीमा लैजादा प्रति बोरा २७ सय रुपियाँ सम्म पर्न आउँछ तर नगरले १ हजार रुपियाँमा स्थानीयको घरघरमा नै हामीले मल लगिदिएका छौ मेयर शेर्पाले भने सर्वपक्षीय बैठक बसेर गरेको निर्णयमा समेत अनुशासनहिन कांग्रेसका कार्याकर्ताहरुले अवरोध गरे ।

बाह्रविसेको स्थानीय कफेश्वर कृषि सहकारीले कृषि सामग्री संस्थाबाट सहुलीयत दरमा ल्याएको मल लगायत अन्य कृषि सामग्री समेत लक डाउनको मौका छोपेर सामग्रीहरुको कालोबजारी गरेको स्थानीयले गुनासो गरेका छन् । हाम्रो नाममा सहुलियतमा सामग्री ल्याएर अहिले हामीलाई आवश्यक परेको बेलामा सहकारी लुकाएको छ,हामीले नगरपालिकामा उजुरी दर्ता गराएका छौ स्थानीय सानु तामाङले गुनासो गरे ।

बाह्रविसे नगरपालिकाले मल प्रति बोरा एक हजार र विऊ विजन लगायत अन्य कृषि सामग्रीमा ५० प्रतिशत सहुलियतमा उपलब्ध गराउने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत फणिन्द्र पौडेलले जानकारी दिए । जिल्लाका १२ स्थानीय तह मध्ये बाह्रविसे नगरपालिकाले पहिलो पटक यसरी सहुलियतमा कृषि सामग्री र घर घरमै लगेर मल वितरण गरेको हो ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   बालुवाटारमा गठबन्धनकाे बैठक जारी

लक डाउनको समयमा नगर भित्रका बजारहरुमा कालोबजारी भएपछि नगरपालिकाले बजार अनुगमण गर्न सुरु गरेको थियो । अनुगमणका क्रममा बजार भित्र मिति सकिएका सामग्रीहरु भेटिएको बिल बिजक लगायतका कागजपत्रहरु नभेटीएको नगरपालिकाका कर्मचारीहरुले जानकारी दिएका छन् । नगर प्रहरी सहित गएर बजार अनुगमण गर्दा नगरपालिकाका कर्मचारीहरुलाई स्थानीय कांग्रेसका कार्यकर्ताहरुले फेरी बजार अनुगमण गरे जे पनि गर्ने धम्की दिएपछि कर्मचारीहरु डराएका थिए ।

बजारका सबै पशलका साहुजीहरुले नगरको अभियानमा सहयोग गर्नु भएको छ,तर केही ठुला साहुहरुले नगरको सबै अभियानमा कांग्रेस कार्यकर्ताहरुको आडमा असहयोग गरिरहेका छन् मेयर शेर्पाले भने । बजार अनुगमणका क्रममा व्यापारीहरुले नक्कली बिलसमेत प्रयोग गरेर स्थानीयलाई चरम रुपमा ठगिरहेको नगरपालिकाले जानकारी दिएको छ ।

हामीले जिल्ला प्रशासनलगायत अन्य निकायहरुलाई समेत यो विषयमा जानकारी गराएका छौ, केही दिनभित्र व्यापारीहरुले नसुध्रिए हामी कडा कदम चाल्न बाध्य हुने छौ मेयर शेर्पाले चेतावनी दिदै भने । बजार अनुगमणका क्रममा केही ठूला व्यापारीहरुले नक्कली विल प्रयोग गर्ने गरेको भेटिएको नगरपालिकाले जानकारी दिएको छ ।

तपाइको प्रतिक्रिया

(Visited 359 times, 1 visits today)

आजको समाचार

कुहिएको झन्डै पाँच सय टन चामल बिक्री गर्न सुर्खेत पठाइयो

काठमाडौं । सरकारको पूर्ण स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जनताको स्वास्थ्यमाथि चरम खेलबाड गर्दै आएको पाइएको छ । आफ्नो गोदाममा रहेको कुहिएको झन्डै...

कांग्रेस पदाधिकारी बैठक बस्दै, खड्काकाे बारेमा थप छलफल हुने

काठमाडाैं ।  प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले पार्टीको १४औँ महाधिवेशन र समसामयिक विषयमा छलफल गर्न केन्द्रीय पदाधिकारी बैठक बोलाएको छ । प्रधानमन्त्री एवं पार्टी सभापति...

अध्यादेश खारेज नभई जसपाले मन्त्री पठाउँदैन : उपेन्द्र यादव

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज नभएसम्म सरकारमा नजाने अडान लिएका छन् । अध्यादेश खारेजपछि मात्र...

आमा बनिन् प्रियंका कार्की

काठमाडौं । अभिनेत्री प्रियंका कार्कीलाई पुत्री लाभ भएको छ । उनी बुधबार आमा बनेकी हुन् । उनका श्रीमान आयुष्मान देशराज जोशीले आफु पिता बनेको...

परराष्ट्र कांग्रेसको भागमा, खड्का मन्त्री बन्दै

काठमाडौं । सरकार बनेको दुई महिना बितिसक्दा पनि मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेको भनेर चर्काे आलोचना खेपिरहेका प्रधानमन्त्री शेरबहादुर देउवाले तत्काल परराष्ट्रमन्त्री नियुक्त गर्ने भएका...

साताका लोकप्रिय समाचार

हत्या आरोपीलाई नियन्त्रणमा लिन खोज्दा झडप

चितवन । पूर्वी चितवनको राप्तीमा शुक्रबार राति एक पुरुषको हत्या भएको छ । राप्ती नगरपालिका–९ शितलपानीका ५९ वर्षीय कान्छा लामाको हत्या भएको हो । लामाको...

माधव नेपालले भने: पिलो निचोरेर आनन्द भयो भन्नेले दिनदिनै किन संसद्‌मा कराउने ?

  काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पार्टी फुटाउन कसैको रहर नभएको बताएका छन् । आज काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले पार्टी फुटाउन रहर नभएको...

कहिले उठ्लिन् सुमित्रा !

बैतडी । बैतडीको मेलौली नगरपालिका–७ पचकोराकी सुमित्रा पार्की २० बर्ष पुगिन् । जन्मेकै दिनदेखि सुतेकी उनि अझै उठेकी छैनन् । जन्मजात अपांगता भएकी सुमित्रा...

संविधानको मर्म मिच्दै संविधान दिवस !

हिजो मात्र हामीले हाम्रो सातौं संविधान दिवस मनायौं । राष्ट्रपति, प्रधानमन्त्रीसहित राजनीतिक दलका नेताहरूले शुभकामना दिए । नेपाली जनताको संविधान सभाबाट संविधान बनाउने २००७...

बैंकहरूमा तरलता अभावसँगै सेयर बजारमा पहिरो

काठमाडौं । ११४ दशमलव शून्य २ अंक अर्थात् ४ दशमलव शून्य ५ प्रतिशतको पहिरोका साथ सोमबार नेप्से परिसूचक २ हजार ६९८ दशमलव २४ बिन्दुमा...

ट्रेन्डिङ

बीरगञ्जमा भेटिएका कोरोना संक्रमित जमातीका लागि नेपाल आएका थिए

वीरगन्ज । भारतबाट आएर वीरगन्जमा बसोबास गर्ने तीनजना भारतीय नागरिकमा एकै पटक कोरोना संक्रमण पुष्टि भएपछि मुलुकको प्रमुख व्यापारिक नाका बीरगञ्जबाट कोरोना संक्रमण पनि...

गण्डकी प्रदेशमा थपिए २८ जना कोरोना संक्रमित, संक्रमित झण्डै हजार पुगे

पोखरा । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या हजार नजिक पुगेको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले बुधबार विज्ञप्ति जारी गरी थप २८ सँगै कुल संक्रमित...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 200 times, 1 visits today)