महामारीको मौकामा यातायात व्यवसायीको महालुट

फाइल तस्वीर

काठमाडौं । महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को मौकामा बस व्यवसायीले यात्रुसँग बढी भाडा असुल गरेर लुट मच्चाएको पाइएको छ ।

सरकारले घोषणा गरेको लकडाउनमा अलपत्र परेकालाई स्थानीय सरकार, मन्त्री र सांसदको सहजीकरणमा गाउँसम्म पु¥याउने काम हुँदै आएको थियो । त्यस क्रममा बस व्यवसायीले दुईतर्फीको भाडा भन्दै शत प्रतिशत बढी भाडा असुलेको पाइएको हो ।

लकडाउनमा बिनापासका सवारी चलाउन नपाइने भएपछि थन्किएर बसेका बसले स्थानीय सरकारको समन्वयमा सञ्चालन गर्ने मौका पाएका थिए । त्यसै मौकामा आउजाउको भाडा असुलेको पाइएको हो ।

काठमाडौंबाट खोटाङ दिक्तेलसम्मको भाडा १ हजार लिने गरिएकामा लकडाउनको मौकामा बस व्यवसायीले २ हजार लिएको एक यात्रुले जानकारी दिए । काठमाडौंबाट धरानसम्मको भाडा पनि १ हजार भएकामा २ हजार लिएको पाइएको छ ।

यसैगरी, लकडाउनमा अलपत्र परेका विद्यार्थी, ज्यालादारीमा काम गर्ने श्रमिक र मजदुरसँग दोब्बर बढी भाडा लिइँदा पनि सरकारी निकाय मूकदर्शक बनेको छ ।

कतिपय स्थानीय सरकार, नेता, मन्त्री र सांसदले निःशुल्क रूपमा गृहस्थानसम्म अलपत्र परेकालाई पु¥याउने गरे पनि कतिपयले भने सहजीकरण गर्ने तर भाडा जान चाहनेले नै तिर्नुपर्र्ने नियम बनाएका छन् । यसरी आफैं भाडा बेहोर्ने गरी घर फर्किएका नागरिकले दोब्बर बढी भाडा तिर्नुपरेको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख भीमप्रसाद ढकालले लकडाउनका बीचमा केही दिन अलपत्र परेकाको स्थानीय सरकारले उद्धार गरे पनि अब कहीँ जान नपाउने बताए ।

‘स्थानीय सरकारले उद्धार गरेको समयमा कतिले बस पाएर गए होलान् । त्यसको भाडा’bout हामीलाई कुनै जानकारी भएन । बढी भाडा लिएको पाइएमा कारबाही गर्छौं,’ उनले राजधानीसँग भने ।

राष्ट्रिय उपभोक्ता मञ्चले नेपाल सरकारका मुख्य सचिवसमक्ष यातायात व्यवसायीले बढी भाडा असुल गरेको भन्दै कारबाहीका लागि माग गरेको छ । तर, मुख्य सचिवले भने अहिलेसम्म कुनै कदम चालेका छैनन् ।

मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले मुख्य सचिवलाई लेखेको पत्रमा काठमाडौंबाट छुट्ने बसले एकतर्फी भाडा काठमाडौंबाट धनगढीका लागि १३ सय रुपैयाँ लिने गरेकामा १८ सय, बुटवलका लागि ८ सय लिने गरेकामा १ हजार, पोखराका लागि ३५० लिने गरेकामा ६ सय, वीरगन्जका लागि ७ सय लिने गरेकामा १ हजार लिएको उल्लेख गरेका छन् ।

यस्तै, जनकपुरका लागि ८ सय लिने गरेकामा १ हजार, झापाका लागि १ हजार लिने गरेकामा १४ सय लिएको गुनासो यात्रुहरूले गरेको जनाइएको छ ।

‘मानवीय सेवा जस्तो पवित्र कार्यमा लाग्नुपर्ने सवारी यातायातका व्यवसायीले मानवीय संमवेदनशीलता र बाध्यतालाई परवाह नगरी सवारी भाडा अत्यधिक बढी लिएर व्यापक ठगी गरेको गुनासो यस मञ्चमा आएको बेहोरा श्रीमान्मा जानकारीका लागि अनुरोध गर्दछौं,’ अध्यक्ष महर्जनद्वारा लेखिएको पत्रमा उल्लेख छ ।

मञ्चले यस विषयमा तत्काल आवश्यक छानबिन गरी बढी भाडा लिने व्यवसायी तथा चालकमाथि कारबाही गरी कडाभन्दा कडा कारबाही गर्न माग गरेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 170 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले चैत १९ मा विश्वासको मत लिने

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
मतदान गरेपछि बालेन शाहले भने- हाम्रो अवस्था एकदमै राम्रो देखियो