Sunday, May 9, 2021
Home अर्थ वैशाख अन्तिममा बजेट अधिवेशन, जेठमा नीति तथा कार्यक्रम

वैशाख अन्तिममा बजेट अधिवेशन, जेठमा नीति तथा कार्यक्रम

,

काठमाडौं । आगामी आर्थिक वर्ष २०७७÷७८ को बजेट १५ जेठमा सार्वजनिक गर्न वैशाख अन्तिम साता बजेट अधिवेशन र जेठ पहिलो साता ‘नीति तथा कार्यक्रम’ ल्याउने तयारी सुरु भएको छ । गत वर्ष बजेट अधिवेशन १६ वैशाखमा नै बोलाइएको थियो । सरकारले आगामी आइतबारसम्म बैठक सञ्चालनको सबै तयारी सक्न संसद् सचिवालयलाई निर्देशन दिएको छ । आगामी नयाँ बजेट आन्तरिक रोजगारी व्यवस्थापन, स्वदेशी उत्पादन बढाउन र स्वास्थ्य क्षेत्रको पूर्वाधार बढाउन केन्द्रित हुनेछ ।

अहिले विश्वमहामारीका रूपमा संसारभर फैलिएको कोरोना भाइरस (कोभिड–१९)को संक्रमणका कारण मुलुक गत ११ चैतदेखि लकडाउनमा रहेकाले संसद् अधिवेशन कहिले बस्ने मितिसमेत तय गर्न अन्योल भइरहेका बेला संघीय संसद्का सभामुख सापकोटा र प्रधानमन्त्री केपी शर्मा ओलीबीच बजेट अधिवेशन आह्वान गर्ने तयारीबारे छलफल भएको हो । जसका लागि सभामुख सापकोटा, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र प्रधानमन्त्री ओलीले संसद् भवन बानेश्वरमा भइरहेको तयारीको अवस्थाबारे अवलोकन गरेका हुन् । सभामुख सापकोटाले सामाजिक दूरी कायम गरी संसद् चलाउन सक्ने धारणा राखेपछि प्रधानमन्त्री ओली संघीय संसद् भवनमा रहेको बैठक कक्ष अवलोकन गर्न पुगेका हुन् । बैठक कक्ष अवलोकनको क्रममा बजेट अधिवेशनको तयारी, राष्ट्रपतिले प्रस्तुत गर्ने सरकारको नीति तथा कार्यक्रम, बजेटको सिद्धान्त र प्राथमिकताका सन्दर्भमा छलफल व्यापक भएको थियो ।

सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले यस्तो जानकारी गराएका हुन् । संसद् सचिवालयले बजेट अधिवेशन सञ्चालनका लागि एक÷एकवटा कुर्सीको फरकमा सामाजिक दूरी कायम गरेर बैठक सञ्चालन गर्ने तयारी गरेको जनाएको छ । जसका लागि अहिले धमाधम संसद् भवनको सरसफाइ र बैठक कक्ष व्यवस्थापन सुरु भइसकेको छ ।

कोरोना भाइरस संक्रमण फैलिने उच्च जोखिम न्यूनीकरणका लागि अहिलेसम्म जारी मुलुक लकडाउनका कारण ४० भन्दा बढी विधेयक र महŒवपूर्ण प्रस्ताव थाती राखेर संसद्को पाँचौं अधिवेशन गत २४ चैतमा अन्त्य गरिएको थियो । अघिल्लो अधिवेशन मूलतः सभामुख चयनमा केन्द्रित भएको थियो । प्रतिनिधिसभा नियमावली २०७४ अनुसार प्रतिनिधिसभा नियमावलीअनुसार बजेट प्रस्तुत गरिने १५ दिनअघि प्रि–बजेट पूर्वबजेट) छलफल पूरा हुनुपर्छ । सोही प्रावधानअनुसार यस महिनाको अन्तसम्ममा प्रि–बजेट छलफल पूरा भइसक्नुपर्नेछ । बजेटअघि नै राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको ‘नीति तथा कार्यक्रम’ प्रस्तुत गर्नुपर्छ ।

नीति तथा कार्यक्रम प्रि–बजेट छलफलअघि वा पछि कहिले प्रस्तुत गर्ने भन्नेबारे प्रस्ट छैन । गत वर्ष प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रि–बजेट छलफलपछि मात्र नीति तथा कार्यक्रम प्रस्तुत हुनुपर्ने माग गरेको थियो । संघीय संसद्को सचिवालयका अनुसार कम्तीमा नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्न पनि संयुक्त बैठक बस्न सक्ने तयारी गरिँदै छ । अहिले संघीय संसद् भवनको प्रतिनिधिसभा हलमा ५ सय १० कुर्सी रहेका छन् । संयुक्त बैठक बस्न सांसदका लागि हाल ३ सय ३४ वटा कुर्सी आवश्यक पर्छन्।

संसद्को वर्षे अधिवेशन वैशाखको अन्तिम साता बोलाउने तयारी सुरु भएसँगै सामाजिक दूरी कायम गरेर संघीय संसद्को दुवै सदनको बैठक सञ्चालन गर्ने तयारी छ । सरकारको सिफारिसमा राष्ट्रपतिले अधिवेशन बोलाउने संवैधानिक व्यवस्था छ । सरकारले संसद् अधिवेशन कहिलेका लागि बोलाउने भन्ने घोषणा नगरे पनि आगामी आइतबारसम्म संसद् भवनमा गर्नुपर्ने तयारी सक्न संसद् सचिवालयलाई आग्रह गरिएको छ । सचिवालयका अनुसार एउटा पंक्तिमा प्रधानमन्त्री मात्रै बस्नेछन् भने प्रधानमन्त्री बस्ने कुर्सीभन्दा केही दूरी पछाडिको पंक्ति खाली राखिनेछ । सभामुख रहने ड्यासमा सामाजिक दूरी कायम हुनेगरी स्पेस बढाइएको छ । यसैगरी, अन्य सांसद्लाई बीचमा एउटा कुर्सी छाडेर फराकिलो दूरीमा राखिनेछ । हाल मुलुकमा आगामी १५ जेठमा नयाँ बजेट ल्याउनुपर्ने संवैधानिक बाध्यता छ । बजेट पेस हुनुभन्दा १५ दिनअघि आगामी आवको नीति तथा कार्यक्रम पारित गरिसक्नुपर्ने व्यवस्था प्रतिनिधिसभा नियमावलीको नियम १ सय ४२ मा उल्लेख छ । बजेट पेस गर्नुअघि प्रि–बजेट छलफल गर्नुपर्नेहुन्छ । प्रि–बजेट छलफलमा सांसदले दिएका सुझाव समेटेर सरकारले नीति तथा कार्यक्रम ल्याउने गर्छ । भर्चुअल बैठकका लागि संसद् सचिवालयले सफ्टवेयर खरिद प्रक्रिया अघि बढाएको जनाएको छ ।

माइक्रोसफ्ट टिम्स नामक सफट्वेयरबाट ३ सय बढीले एकैपटक कुराकानी गर्न मिल्छ । जसमा रेकर्डिङ र सर्चिङ सुविधा पनि हुन्छ । छलफल हुँदै गर्दा दुई वा बढी सदस्यले आपसमा गोप्य कुराकानी गर्नसमेत सक्छन् । गोप्य भोटिङ गर्न सकिने, फाइल सेयर तथा स्टोर गर्न सकिने, मोबाइल, डेस्कटप, ल्यापटपमा वेवबाटै सिधै कन्फरेन्समा भाग लिन सकिने सुविधा यो सफ्टवेयरमा भएको फ्रेन्सिङ गर्न सकिनेलगायत सुविधा छन् । आगामी नयाँ बजेट बनाउन प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले कोरोना भाइरस संक्रमणबाट उत्पन्न समस्यामा परेका प्रभावितलाई सहज रूपमा राहत उपलब्ध गराउन मापदण्ड बनाउन पनि सरकारलाई निर्देशन दिएको छ ।

(Visited 171 times, 1 visits today)
Loading comments...

आजको समाचार

परीक्षाको रोइलो

गतसाल चैत ११ देखि सुरु भएको लकडाउनको अवस्था यतिखेर पुनरावृत्ति भएको छ । नयाँ भेरियन्टसहितको कोरोनाको प्रकोपले नेपाल आक्रान्त छ । यतिबेला सबैको ध्यान...

बुर्किना फासो सुनखानीमा महिलाई जबरजस्ती वेश्यावृत्तिमा लगाइन्छ

बुर्किना फासो । मानव तस्करले ब्लेसिङलाई कुटपिट र लागूपदार्थ खुवाउन थालेको महिनौं बितिसके । यी २७ वर्षीया ब्लेसिङलाई एउटा सुनखानीबाट अर्कोमा पु-याउँछन् । हरेक रात...

बाँकेमा थप आठ सङ्क्रमितको मृत्यु

राँझा ।  बाँकेका अस्पतालमा उपचाररत थप आठ सङ्क्रमितको गए राति मृत्यु भएको छ । भेरी अस्पतालमा पाँच र शिक्षण अस्पताल कोहलपुरमा तीन गरी थप...

पार्टी कार्याललाई कोभिड अस्पताल बनाउने स्याङ्जा कांग्रेसको निर्णय

स्याङजा । अस्थायी कोभिड अस्पताल निर्माणमा लागि नेपाली कांग्रेस कांग्रेसले आफनो पार्टी कार्यालय उपलब्ध गराउने भएको छ । कांग्रेस कार्यवाहक सभापति बुद्धिबहादुर राना (कुमार) ले...

काभ्रेमा अक्सिजनसहितको आइसोलेशन सेन्टर

काभ्रेपलाञ्चोक । पछिल्लो समय जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । जिल्लामा सक्रिय संक्रमितको वृद्धि भएसँगै जिल्लाका स्थानीय तहले संक्रमितको उपचारमा सहजताका लागि...

साताका लोकप्रिय समाचार

स्कुल पढ्दै स्वर परिक्षामा पास भएका थिए प्रेमध्वज प्रधान

काठमाडौ । सुगम संगीतका एक धरोहर बरिष्ठ गायक तथा संगीतकार प्रेमध्वज प्रधान अब हामीमाझ रहेनन् । तिमीलाई अचेल कहाँ देखुँ, घुम्तीमा नआउ है...जस्ता कैयौं...

कुशल आईसीसीको मनोनयनमा

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर कुशल भुर्तेल आईसीसीको ‘प्लेयर अफ द मन्थ’को मनोनयनमा परेका छन् । आईसीसीले अप्रिल महिनामा उत्कृष्ट प्रदर्शन गर्ने...

गुल्मीमा चट्याङ् लागेर एकको मृत्यु, आठ घाइते

गुल्मी । गुल्मीमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ । जिल्लाको मुसिकोट नगरपालिका –४ दजाकोटकी १८ बर्षिय करिश्मा गाहाको चट्याङ् लागेपनि उपचारको क्रममा मृत्यु...

बिल गेट्स दम्पत्तीले सम्बन्ध विच्छेद गर्ने, पारिवारिक गोप्यता भने कायम राख्ने सहमति

सिएटल, संयुक्त राज्य अमेरिका ।  विश्वका धनी व्यक्ति बिल गेट्स र उहाँकी पत्नी मेलिन्डा गेट्सले सम्बन्ध विच्छेद् गर्नुभएको छ । संसारको सबैभन्दा ठूलो परोपकारी कोष,...

रेम्डिसिभिरको कालोबजारी रोक

कोरोना महामारीको दोस्रो लहरको संक्रमण बढ्दै जाँदा बिरामीका लागि आवश्यक पर्ने औषधीको अभाव देखिन थालेको छ । औषधी अभावका कारण दुःख झेलिरहेका बिरामी बाध्यात्मक...

ट्रेन्डिङ

भग्नावशेषबाट ६९ घण्टापछि जीवितै उद्धार

फुझाउ । शनिबार पूर्वी चीनको फुजियान प्रान्तमा एक होटलको भवन भत्किएपछि वेपत्ता १० जनामध्ये एकलाई ६९ घण्टापछि मंगलबार बिहान करिब साढे ४ बजे जीवितै...

ख्याल ख्यालैमा साथीको हत्या

पछाडिबाट मुक्का हानेपछि सुजन थचक्क भुइँमा बसे । र, पुनः चिच्याउन र कराउन थाले । लगत्तै प्रकाशले जमिनमा रहेको ढुंगो टिपेर सुजनको टाउकोको पछाडि...

मर्यादित र विश्वसनीय पत्रकारिताको अभियान सञ्चालन गरौँ : सञ्चारमन्त्री

परासी । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले मर्यादित र विश्वसनीय पत्रकारिताको अभियान सञ्चालन गर्न आह्वान गरेका छन् । मर्यादित पत्रकारिताले नै समाजलाई सभ्य...

मिलानको सानदार जित

रोम । एसी मिलानले सानदार जित निकाल्दै इटालियन सिरी ‘ए’मा शीर्ष ६ भित्र पर्ने सम्भावनालाई जीवितै राखेको छ । घरेलु मैदान सान सिरोमा शनिबार...

आफ्नै छाेरी र श्रीमतिमाथी एसिड आक्रमण गर्ने साह पक्राउ

जनकपुर ।  धनुषामा एक व्यक्तिले आफ्नै श्रीमति र छोरीमाथि एसिड प्रहार गरेका छन् । जनकपुर उप-महानगरपालिका वडा नम्बर २० घर भई वडा नम्बर ७...

लकडाउन अवधिमा रौटहटमा बालिकासहित २ जना बलत्कृत

रौतहट । रौतहटमा एक हप्ताको अबधिमा ८ बर्षिय बालिका २ जना बलात्कारको शिकार भएका छन । कोरोना भाइरस संक्रमण नियन्त्रण गर्ने उदेश्यले राज्यले लकडाउन...

प्रधानमन्त्री कार्यालयको प्रवक्तामा शर्मा

काठमाडाैं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कायार्यालयले वरिष्ठ सहसचिव किरणराज शर्मालाई प्रवक्ताको जिम्मेवारी दिएको छ । शर्मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयकै शासकीय सुधार महाशाखा प्रमुखको रूपमा...

एकैदिन १ हजार १११ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ३५ हजार नाघ्यो

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप १ हजार १११ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलका अनुसार योसँगै...

सेरामा कुलो पुगेपछि खेतबारी हराबरा

कालिकोट । जिल्लाको खाँडाचक्र नगरपालिका–६ सेरामा सिचाइँका लागि कुलो पुग्दा त्यहाँको खेतबारी हराबरा भएको छ । सिचाइँको अभावमा कतै बाँझै त कतै उब्जनी नहुने...

भृकुटी मण्डपमा नेपथ्य साँझ

काठमाडौं । शनिबार बेलुकीको ठीक पाँच बजेदेखि मञ्चको पृष्ठ भागमा घडीको संकेत देखिन सुरुभएको थियो। त्यतिबेलै बाहिर प्रदर्शनीमार्गमा दर्शकहरुको चहलपहल बढ्दै गएको...

नेकपामा शक्ति प्रदर्शनको होडबाजी

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा शक्ति प्रदर्शनको होडबाजी नै चलिरहेको छ । प्रतिनिधि सभा विघटनस“गै दुई समूहमा विभाजित नेकपा काठमाडौंलगायत देशभर शक्ति...

घरेलु मैदानमा म्यानचेस्टर सिटीको लाजमर्दो पराजय

लन्डन । इंग्लिस प्रिमियर लिगमा गएराति घरेलु मैदानमा म्यानचेस्टर सिटीले लेस्टर सिटीसँग ५–२ गोल अन्तरको लाजमर्दो पराजय व्यहोरेको छ । लेस्टरका लागि जिमी भार्डीले...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 150 times, 1 visits today)