अस्ट्रेलिया वरीयताको शीर्षस्थानमा

दुबई । अस्ट्रेलिया अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)को नयाँ टेस्ट र टी–२० वरीयतामा शीर्षस्थानमा उक्लिएको छ । आईसीसीले शुक्रबार जारी गरेको नयाँ टेस्ट वरीयतामा अस्ट्रेलियाले भारतलाई पछि पार्दै शीर्षस्थानमा उक्लिएको हो । त्यस्तै, टी–२० मा भने अस्ट्रेलियाले पाकिस्तानलाई पछि पारेको हो ।

नयाँ टेस्ट वरीयताअनुसार अस्ट्रेलिया २६ खेलमा ३ हजार २८ प्वाइन्ट र १ सय १६ रेटिङका साथ शीर्षस्थानमा छ । दोस्रो स्थानमा रहेको न्युजिल्यान्डको २१ खेलमा १ सय १५ रेटिङ छ । २७ खेलमा ३ हजार ८५ प्वाइन्टका साथ १ सय १४ रेटिङसहित भारत तेस्रो स्थानमा झरेको छ । इंग्ल्यान्ड चौथो, श्रीलंका पाँचांै, दक्षिण अफ्रिका छैटौं, पाकिस्तान सातौं, वेस्ट इन्डिज आठौं, अफगानिस्तान नवौं र बंगलादेश १०औं स्थानमा छन् । जिम्बाबे ११ र आयरल्यान्ड पुछारमा छ ।

भारत सन् २०१६ अक्टोबरपछि पहिलोपटक टेस्ट वरीयताको शीर्षस्थानबाट खस्किएको हो । एकदिवसीय वरीयतामा इंग्ल्यान्ड पहिलो र भारत दोस्रो स्थानमा रहेका छन् । न्युजिल्यान्ड तेस्रो, दक्षिण अफ्रिका चौथो र अस्ट्रेलिया पाँचौं स्थानमा छ । नेपाल १६औं स्थानमा यथावत् रहेको छ । नेपालभन्दा पछि यूएई १७आंै, नामिबिया १८औं, अमरिका १९आंै र पप्पुवा न्युगिनी २०औं स्थानमा छन् ।

यस्तै, अस्ट्रेलिया टी–२० आई वरीयताको पनि शीर्षस्थानमा उक्लिन सफल भएको छ । २७ महिनादेखि शीर्षस्थानमा रहेको पाकिस्तानलाई पछि पार्दै अस्ट्रेलिया शीर्षस्थानमा उक्लिएको हो । अस्ट्रेलियाको १९ खेलमा ५ हजार २ सय ८५ प्वाइन्ट र २ सय ७८ रेटिङ अंक छ । दोस्रो स्थानमा रहेको इंग्ल्यान्डको १७ खेलमा २ सय ६८ रेटिङ अंक छ । भारत तेस्रो, पाकिस्तान चौथो र दक्षिण अफ्रिका पाँचांै स्थानमा छन् ।

न्युजिल्यान्ड छैटौं, श्रीलंका सातौं, बंगलादेश आठौं, वेस्ट इन्डिज नवौं र अफगानिस्तान १०औं स्थानमा छ । नेपाल भने १५औं स्थानमा छ । नेपालको २३ खेलमा ४ हजार १ सय ४८ प्वाइन्ट र १ सय ८० रेटिङ अंक रहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 206 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले चैत १९ मा विश्वासको मत लिने

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
दार्चुलाको अपिहिमाल गाउँपालिका अध्यक्षमा माओवादीका ठेकरे निर्वाचित