Monday, May 17, 2021
Home Breaking News ३ सय ४२ टन स्वास्थ्य सामग्री चीनमै अड्कियो

३ सय ४२ टन स्वास्थ्य सामग्री चीनमै अड्कियो

,

काठमाडौं । नेपाली सेनाले ‘जी टू जी’ प्रक्रियामार्फत खरिद सम्झौता गरेको ३ सय ४२ टन स्वास्थ्य सामग्री चीनमै अड्किएको छ । सेनाले कुल ३ सय ४२ टन स्वास्थ्य सामग्रीमध्ये पहिलो चरणमा २३ वैशाखमा चार्टर विमानमार्फत करिब ४० टन अत्यावश्यक स्वास्थ्य सामग्री ल्याउने तयारी गरेको थियो । तर, सो सामान आइपुग्न अझै ढिला हुने भएको हो ।

सेनाले कोरोना रोकथाम र नियन्त्रणका लागि भन्दै जी टू जी प्रक्रियामार्फत चीनबाट ६७ प्रकारका ३ सय ४२ टन स्वास्थ्य सामग्री खरिद सम्झौता गरेको थियो । सामान ढुवानीका लागि सेनाले आपूर्तिकर्ता कम्पनीसँग सम्झौतासमेत गरिसकेको छ ।

नेपाली सेनाका प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले विश्वव्यापी सामान ढुवानी गर्ने अन्तर्राष्ट्रिय कम्पनी ल्यास फ्रेटसँग करिब ७ करोड रूपैयाँमा सामान ढुवानीका लागि सम्झौता भइसकेको र चीनतर्फ मजदुर दिवसको सरकारी बिदा परेका कारण ल्याउने मिति भने तय नभएको बताए ।

‘स्वास्थ्य सामग्री ढुवानीका लागि सम्झौता भइसकेको छ । उता सरकारी बिदा परेका कारण ढुवानीमा केही ढिला हुने भयो । चीनतर्फ बिदा सकिनेबित्तिकै पहिलो चरणमा अत्यावश्यक सामग्री ल्याउने काम हुन्छ,’ सैनिक प्रवक्ता पाण्डेले राजधानीसँग भने ।

उनका अनुसार पहिलो चरणमा पीपीई, एन ९५ मास्क, पीसीआर टेस्टिङ किट्स, कीटनाशक स्प्रेलगायत सामग्री ल्याइनेछ । आपूर्तिकर्तासँगको सम्झौताअनुसार कुल स्वास्थ्य सामग्रीमध्ये अत्यावश्यक स्वास्थ्य सामग्री दुईपटक गरेर चार्टर विमानमार्फत ल्याइनेछ । यस्तै, बाँकी अन्य सामान भने स्थल मार्ग हुँदै ल्याइनेछ ।

स्थल मार्गबाट ल्याइने सामान भने भन्सार प्रक्रिया पूरा गरेर काठमाडौंसम्म आउँदा करिब १० दिन लाग्नेछ । सेनाले यसअघि नै हवाई र सडक यातायात दुवै माध्यमबाट सामान ल्याउने सम्झौता गरिने बताउँदै आएको थियो ।

सेनाले गत ८ वैशाखमा चीनको साइनो फर्मा इन्टरनेसनल कर्पोरेसनसँग ३ सय ४२ टन स्वास्थ्य सामग्री खरिदका लागि सम्झौता गरेको थियो । यस्तै, ९ वैशाखमा १ करोड ८४ लाख ४१ हजार ७ सय ६ अमेरिकी डलर (२ अर्ब २५ करोड रुपैयाँ) चीन पठाएको थियो ।

सेनाले सामान ढ्वानीका लागि आवेदन दिएका ११ आपूर्तिकर्ता कम्पनीमध्ये सस्तो र चाँडो ल्याउने प्रस्तावका आधारमा ल्यास फ्रेटलाई छानेको हो । ग्वान्जाओबाट सामान ल्याउन एक साताअघि बोलपत्र आह्वान गरिएको थियो ।

सेनाले भारतबाट औषधि खरिदका लागि २ करोड ४० लाख (भारु डेढ करोड) अर्थ मन्त्रालयबाट स्वीकृत गराइसकेको छ । भारतको सरकारी कम्पनी भारतीय जन औषधि परियोजना (बीपीपीआई)मार्फत ५३ प्रकारका औषधि खरिदका लागि सेनाले तयारी गरिरहेको छ । तर, अझै टुंगो लागेको छैन ।

(Visited 1,092 times, 1 visits today)
Loading comments...

आजको समाचार

साताका लोकप्रिय समाचार

विषादीको नाममा ‘विष’ व्यापार

काठमाडौं । २०७७ साउनतिर खेती थालेकी दाङ (मानपुर) की रविना क्षेत्रीले गोलभेंडामा एक्कासी कीरा देखापरेपछि घोराहीस्थित अनुप एग्रोभेटबाट ‘साइफर मिथेन’ नामक विषादी ल्याइन् ।...

इटहरीमा दुई दिनमा तीन जनाको मृत्यु

इटहरी । इटहरीमा दुईदिनमा तीनजना कोरोना संक्रमितको मृत्यु भएको छ । यो सँगै कोरोनाको दोस्रो भेरियन्ट आइकन इटहरी उपमहानगरपालिकामा कोरोनाका कारण दश जनाको मृत्यु...

रेल चालकका लागि विज्ञान, प्लस टु उत्तीर्णले अनुमति पाउने

काठमाडौं । सरकारले विज्ञान विषयमा कम्तीमा माध्यमिक तह (दस जोड दुई) उत्तीर्णलाई मात्र रेल चालक अनुमति दिन सकिने गरी कानुन ल्याएको छ । मन्त्रिपरिषद्को...

कर्णाली अस्पतालमा अक्सिजन अभाव, नयाँ बिरामी भर्ना बन्द

सुर्खेत । कारोना संक्रमणको दोस्रो लहरमा कर्णालीमा एकसय जनाले ज्यान गुमाएका छन् । गत बैशाख ११ गतेदेखि आजका दिनसम्म कर्णालीमा कोरोना संक्रमणबाट एकसय बिरामीले...

सर्वोच्च अदालतमा पुनः सेवा शुरु, जरुरी रिट निवेदन र सुनुवाइ हुने

काठमाडौं । सर्वोच्च अदालतले कोरोनाको दोस्रो लहरसँगै बन्द भएका केही सेवा पुनः शुरु गर्ने भएको छ । प्रधानन्यायाधीश चालेन्द्रशमशेर जबरासहित सम्पूर्ण न्यायाधीशको आज बसेको पूर्ण...

ट्रेन्डिङ

योल्मोको ‘छोरी’ सार्वजनिक

काठमाडौं । गायिका सेलिना योल्मोले आफ्नो पहिलो गीत ‘छोरी’ सार्वजनिक गरेकी छन् । योल्मोकै रचना र लेखनको गीतमा उत्पाल कँडेल र निर्भाना विष्टले सहकार्य...

रहेनन लोक तथा दोहोरी गायक रत्न बानियाँ

काठमाडौं । अग्रज लोक तथा दोहोरी गायक रत्न बानियाँ अब हामी माझ रहेनन् । उनको बुधबार बिहानी पख ५८ वर्षको उमेरमा निधन भएको हो...

चट्याङ लागेर ७ वर्षीया बालिकाको मृत्यु, ५ घाइते

दार्चुला । दार्चुलामा चट्याङ लागेर एक बालिकाकोे मृत्यु भएको छ । शैल्यशिखर नगरपालिका– ६ तिखाधार बस्ने भद्र सिंह खातीकी ७ वर्षीया छोरी लक्ष्मी खातीको...

विश्वभर अस्थिरतासँगै रक्षा खर्चमा बढोत्तरी :एसियामा चीनलाई चुनौती दिन रक्षा खर्चमा वृद्धि

बीबीसी । सन् २०१८ को तुलनामा सन् २०१९ मा विश्वव्यापी रक्षा खर्चमा झन्डै चार प्रतिशतले वृद्धि भएको छ । यो विगत एक...

फ्रेन्च ओपन: लयमा पेट्रा

पेरिस । शीर्ष वरियताका सर्बियन टेनिस खेलाडी नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाईनलमा प्रवेश गरेर विपक्षीलाई आफ्नो लय कायमै रहेको सन्देश दिएका छन् । फ्रान्सको...

जोखेर खसी बोका बेच्दा करिब २ करोड ३१ लाख रकम फाइदा

रौतहट । हिजो आज रौतहटका किसानहरु हचुवामा भन्दा जोखेर खसी बोका बेच्न थालेका छन् । जोखेर खसी बोका बेच्दा किसानलाई फाइदा हुन थालेपछि किसानहरुले...

उपत्यकामा कोरोना संक्रमित बढेपछि भदौ १५ सम्म स्थानीय तहबाट दिइने सेवा स्थगित

काठमाडौं । काठमाडौँ उपत्यकाका १८ स्थानीय तहले यही भदौ १५ गतेसम्मका लागि अत्यावश्यकबाहेकका सेवा सञ्चालन नगर्ने भएका छन् । पछिल्लो समय हरेक दिन उपत्यकामा...

तिलोत्तमा नगर प्रमुख र उप–प्रमुखले आफुले चढदै आएको गाडी एम्बुलेन्स बनाए

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाका नगर प्रमुख बासुदेव घिमिरे र उप—प्रमुख जागेश्वरी चौधरीले आफूले चढ्दै आएका गाडी कोरोना संक्रमित बिरामीका लागि प्रयोगमा लगाएका छन्...

मानसिक समस्या भएकालाई मनोसामाजिक परामर्श दिन सर्वोच्चको परमादेश

काठमाडौं । सर्वोच्च अदालतले कोरोना महामारीका कारण मानसिक समस्या बढेको भन्दै आमनागरिकमा मनोसामाजिक परामर्श दिन सरकारका नाममा परमादेश जारी गरेको छ । सर्वोच्चले महामारीसँगै...

बाहिरियो न्यून चापीय प्रणाली, आजदेखि मौसम सुधार हुने

काठमाडौँ । पश्चिमी न्यूनचापीय वायुको प्रभावले पछिल्लो केही दिनयतादेखि प्रभावित मौसम सुधार हुँदै जाने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । उक्त न्यून...

अबको लडाई समृद्धि र विकासका लागिः सांसद प्रभु साह

गौर । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा रौतहट क्षेत्र नम्बर ३ का सांसद प्रभु साहले अबको लडाई समृद्धि र विकासको लागि...

कैलालीका युवा पनि कोरोना जितेर घर फर्किए

धनगढी । कैलालीका कोरोना संक्रमित एक जना युवक आइतबार अस्पतालबाट डिस्चार्ज भएका छन् । जिल्लाको लम्कीचुहा नगरपालिका ९, प्रतापपुरका २१ वर्षीय राज विकको...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 156 times, 1 visits today)