Friday, April 23, 2021
Home Editor-Picks प्रधानमन्त्री ओलीको राजीनामा च्याप्टर तत्कालका लागि ‘क्लोज’

प्रधानमन्त्री ओलीको राजीनामा च्याप्टर तत्कालका लागि ‘क्लोज’

,

काठमाडौं । लामो विवाद र शक्ति संघर्षलाई अन्त्य गर्दै सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एकजुट भएको छ । शनिबार बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले पार्टीभित्र देखिएका सबै विवाद अन्त्य गर्दै एकजुट भएर अघि बढ्ने निर्णय गरेको हो ।

बैठकले सबै विवाद अन्त्य गर्दै सरकार पार्टीसँगको समन्वयमा अघि बढ्ने र जनताको जनादेशअनुरूप आर्थिक र सामाजिक रूपान्तरणका गतिविधि सञ्चालन गर्ने निर्णय गरेको नेकपा सचिवालय सदस्य तथा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । नेकपा एकजुट भएसँगै प्रधानमन्त्रीको राजीनामाको विषयसमेत ‘क्लोज’ भएको छ ।

सचिवालय बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले आत्मालोचना गरेका छन् । प्रधानमन्त्री ओलीले सरकार सञ्चालनका विषयमा भएका केही कमी कमजोरीलाई आपूmले आत्मसात् गरेको र भविष्यमा यस प्रकारका कमजोरी हुन नदिने प्रतिबद्धता जनाएका थिए ।

सरकारले दुई अध्यादेश जारी र खारेज गरेसँगै देखिएको विवादले पार्टी नै फुट्ने संघारमा पुगेको विश्लेषण हुँदै गर्दा अध्यक्षद्वयले एकअर्कासँग समन्वय गरेर अगाडि बढ्ने भनेका छन् ।

‘सरकार सञ्चालनका क्रममा भएका कमी कमजोरीका कारण पार्टीलाई पनि असर परेको मैले बुझेको छु,’ ओलीको भनाइ उद्धृत गर्दै प्रवक्ता श्रेष्ठले भने, ‘सरकारका कामकारबाहीबारे आत्मालोचित हुन तयार छु । सरकार सञ्चालनका क्रममा पार्टीसँग हुन नसकेको समन्वयलाई अब जीवन्त राखेर अघि बढ्नेछु ।’

यसैगरी, नेकपामा कार्यकारी अध्यक्षको समेत जिम्मेवारी पाएका दाहालले आत्मालोचना गरेका छन् । उनले सरकारलाई पार्टीबाट सक्दो साथ एवं सहयोग हुन नसकेको अवस्थालाई लिएर आत्मालोचना गरेको श्रेष्ठले बताए । साथै दाहालले विभिन्न गुटहरू सञ्चालन गर्दा पार्टी कमजोर भएकाले त्यस प्रकारको गुट आपूmले सञ्चालन नगर्ने र अन्यले पनि गर्न नहुने भन्दै आत्मालोचना गरेका हुन् ।

‘अध्यक्ष दाहालले पनि आत्मालोचना गर्नुभएको छ,’ श्रेष्ठले भने, ‘पार्टीका गतिविधि जीवन्त र प्रभावकारी हुन नसकेको तथा सरकारसँगको सहकार्यलाई सशक्त बनाउन नसकेकामा अबदेखि त्यसलाई सुधारेर अघि बढ्ने बताउनुभएको छ ।’

पार्टी र सरकारका सञ्चालनका क्रममा ओलीले मनोमानी गरेको आरोप लगाउँदै दाहाल, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतमलगायतका नेताले प्रधानमन्त्री र पार्टी अध्यक्षबाट राजीनामा दिनुपर्ने माग गर्दै आएका थिए । तर, अब प्रधानमन्त्रीको राजीनामाको विषय भने अन्त्य भएको प्रवक्ता श्रेष्ठले बताए ।

पार्टी फुटाउने बाटोमा नलाग्न दुई अध्यक्षले सचिवालय सदस्यहरूलाई निर्देशन पनि दिएका छन् । पार्टीलाई एकजुट बनाएर कोरोना महामारीविरुद्ध लड्ने निर्णय पनि सचिवालय बैठकले गरेको छ । सरकारले दुई अध्यादेश जारी र खारेज गरेसँगै देखिएको विवादले पार्टी नै फुट्ने संघारमा पुगेको विश्लेषण हुँदै गर्दा अध्यक्षद्वयले एकअर्कासँग समन्वय गरेर अगाडि बढ्ने भनेका छन् ।

बैठकमै नेकपा अध्यक्षद्वय ओली र दाहालले आत्मालोचना गर्दै एकआपसमा समन्वय गर्दै अगाडि बढ्ने बताएपछि अहिलेको विवादका विषयमा अब स्थायी कमिटी बैठकभित्र छलफल हुनेछ । यसअघि २० भन्दा बढी स्थायी कमिटी सदस्यले स्थायी कमिटीको बैठक माग गर्दै ओली र दाहाललाई निवेदन दिएका थिए । नेकपा सचिवालय बैठकले स्थायी कमिटीको बैठक २५ वैशाखमा बोलाउने निर्णय गरेको छ । त्यसअघि २४ वैशाखमा सचिवालय बैठक बस्ने नेकपा प्रवक्ता श्रेष्ठले बताए ।

यसैगरी, बैठकले उपाध्यक्ष वामदेव गौतमलाई उपयुक्त समयमा प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाउने पनि निर्णय गरेको छ । नेकपा सचिवालय बैठकअघि प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेका थिए । यस्तै, उपाध्यक्ष वामदेव गौतमसँग पनि ओलीले छलफल गरेका थिए ।

सत्तारूढ नेकपामा उत्पन्न विवाद झन् झन् बल्झिँदै गएपछि ध्रुवीकरणसमेत बढ्दै गइरहेको थियो । तर, सचिवालय बैठकले गरेको निर्णयसँगै नेकपामा देखिएको विवाद साम्य भएको र अब पार्टी र सरकार सञ्चालनलगायतका विषयमा स्थायी कमिटी बैठकमा गम्भीर रूपमा छलफल हुने नेताहरूले बताए ।

नेकपा वरिष्ठ नेता झलनाथ खनालले अहिले पार्टीमा देखिएको विवाद अध्यक्षद्वयको आत्मालोचनासँगै साम्य भएको बताए । तर, स्थायी कमिटी बैठकमा यी विषयमा गम्भीर रूपमा छलफल हुने उनले बताए ।

‘स्थायी कमिटी बैठक बसेर पार्टी र सरकार सञ्चालनका विषयमा छलफल गरौं भन्ने माग पहिलेदेखि नै थियो,’ खनालले भने, ‘अब यी विषयमा स्थायी कमिटी बैठकमा गम्भीर छलफल हुनेछ ।’ शनिबारको बैठक सौहार्दपूर्ण रूपमा सकिएपछि पार्टी पंक्तिमा एकताको सन्देश गएसँगै कार्यकर्तामा खुसी छाएको छ ।

(Visited 253 times, 1 visits today)
Loading comments...

आजको समाचार

वास्तविक राष्ट्रसेवक कहिले पाइएला ?

कुनै पनि देशको राजनीतिक नेतृत्व तथा सरकारलाई सफल तथा असफल बनाउने प्रमुख भूमिका नै राष्ट्रसेवकका रूपमा रहेका कर्मचारीतन्त्रमा निर्भर रहन्छ । त्यसैले पनि कर्मचारीतन्त्रलाई...

कस्तुपको सिलौटोमा कुलेन्द्र, रामजी, ज्योति र प्रीति

काठमाडौं । कलेन्द्र बिक, रामजी खाँड, ज्योति मगर र प्रीति आले आफैंमा गायक गायिका हुन् । तर, यतिबेला लोकदोहोरीका यी चार हस्ती एउटा लोकदोहोरी...

कोइरालाको ‘न्युरोडका झाँकी’ विमोचित

काठमाडौं । साहित्यकार एवं पत्रकार तुलसीहरि कोइरालाले कथासंग्रह ‘न्युरोडका झाँकी’ बजारमा ल्याएका छन् । उनको यो कृतिको वाङ्मय शताब्दीपुरुष सत्यमोहन जोशीले आफ्नै निवासमा भएका...

वैदेशिक लगानीमा ८ दशमलव ८ प्रतिशत कमी

काठमाडौं । आर्थिक वर्ष २०७५÷७६ अन्त्यसम्ममा कुल प्रत्यक्ष वैदेशिक लगानी ८ दशमलव ८ प्रतिशतले कमी आएको छ । यस आर्थिक वर्षमा वैदेशिक लगानी १...

राष्ट्रिय सभा सदस्य उपनिर्वाचन ६ जेठमा

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभातर्फ रिक्त एक सदस्यको पदमा ६ जेठमा उपनिर्वाचन गर्ने भएको छ । आयोगको सिफारिसमा सरकारले उपनिर्वाचनको मिति तोकेपछि आयोगले...

साताका लोकप्रिय समाचार

रामको ससुरालीमा कुनै चहल पहल देखिएन (फोटोफिचर)

जनकपुरधाम । राम जन्मोत्सवको अवसरमा भगवान रामको ससुरालीमा कुनै चहल पहल देखिएको छैन । जनकपुरधामको प्रसिद्ध स्थल राम मन्दिरमा भक्तजनहरुको खासै भीड देखिएको छैन...

एकैदिन ६७ जना अन्नपूर्ण हिमालको चुचुरोमा

गलेश्वर ।  यस वर्षको पहिलो वसन्तयाममा किलर माउण्टेनको रूपमा परिचित विश्वको दशौँ अग्लो अन्नपूर्ण (प्रथम) हिमालको वैशाख ३ गते शुक्रबार एकैदिन ६७ जनाले सफल...

हावा हुरीले ढालेकाे रुखमा ठोक्किएर मृत्यु

महेन्द्रनगर । कञ्चनपुरको दक्षिणी क्षेत्रको सिमावर्ती बजारमा मोटरसाइकल दुर्घटना हुँदा कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ६ विद्यानगरका महेश बोहरा (राजु) को मृत्यु भएको छ...

संक्रमण रोकथामका लागि गम्भीर बन

कोरोना महामारी संक्रमणको दोस्रो लहर फैलिएसँगै नेपाल यसको उच्च जोखिममा रहँदै आएको छ । नेपाल आफैंमा ट्रान्जिट पनि हो । भारत र चीनजस्ता ठूला...

यसरी तानियो सेतो मच्छिन्द्रनाथको रथ (फोटोफिचर)

काठमाडौं ।सेतो मच्छिन्द्रनाथ (जनवाह द्य) रथ जात्राको पहिलो दिन काठमाडौं स्थित तीनधारा पाठशालाबाट तानेर असन लैजादै श्रद्धालुहरु । ...

ट्रेन्डिङ

२२ पदकसहित घले उत्तरकन्या मावि पहिलो

लमजुङ । लमजुङको क्व्होलासोंथर गाउँपालिका–९ गिलुङमा सञ्चालन गरिएको क्व्होलासोंथर गाउँपालिकास्तरीय दोस्रो राष्ट्रपति रनिङ कप प्रतियोगितामा वडा नम्बर–३ को बगुम गाउँस्थित घले उत्तरकन्या माध्यमिक विद्यालय...

समृद्धि र सुख प्राप्तिका लागि एकतावद्ध हुन प्रधानमन्त्रीको आह्वान

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको समृद्धि र जनताको सुख प्राप्तिका लागि एकतावद्ध हुन आह्वान गरेका छन् । नेपाल सम्वत् ११४१ का अवसरमा...

पुतलीसडकमा आगलागी

काठमाडौं । पुतलीसडक चोकमा रहेको विद्युत प्राधिकरणको ट्रान्समिटर पड्किँदा आगलागी भएको छ । चोकमै रहेको ट्रान्समिटर र कम्प्युटरबजार अगाडी रहेको बिजुलीको पोलमा आगो बलिरहेको छ...

तुलसीपुरका मालपोत अधिकृतसहित ४ जनाबिरुद्ध विशेष अदालतमा मुद्दा दर्ता

तुलसीपुर । मालपोत कार्यालय तुलसीपुर दाङका प्रमुखसहित चार जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौमा मुद्दा दर्ता गरेको छ । कार्यालय प्रमुख तथा...

मैत्रीपूर्ण फुटबल खेल : वेल्सविरुद्ध इङ्ल्याण्ड विजयी

लन्डन । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा गएराति वेल्सविरुद्ध इङ्ल्याण्ड विजयी भयो । वेम्वलीमा भएको खेलमा इङ्ल्याण्डले वेल्समाथि ३–० को सहज जीत निकालेको हो ।...

हटेन नारायणगढ–मुग्लिन सडकको दुःख

भरतपुर । राजधानी काठमाडौँ, पोखरालगायतका मुख्य शहरलाई तराईसँग जोड्ने मुख्य मार्ग नारायणगढ– मुग्लिन सडक खण्डको दुःख अझै हटेको छैन । विगतमा साघुरो सडक र...

छोराले गरे बाबुको हत्या

पोखरा । भ-याङबाट खसेर बावुको मृत्यु भएको दाबी गरेका उनका छोरा नै हत्या अभियोगमा पक्राउ परेका छन् । अन्नपूर्ण गाउँपालिका ३ पाउँदुरकोट घर भई पोखरा...

‘आफ्नी छोरी नखर्माउली तन्नेरीलाई दोष’

‘आफ्नी छोरी नखर्माउली तन्नेरीलाई दोष ।’ थाहा छैन नेपालमा प्रचलित यो उखान भन्दा कुनै जात, समुदाय वा समुहलाई असर गर्छ कि गर्दैन । पछिल्लो...

दलित भएकै कारण घरबेटीले कोठा छाड्न दबाब दिए

काठमाडौं । काठमाडौंमा डेरा गरी बस्ने विद्यार्थीहरुलाई घरबेटीले दलित भएकै कारण अपमान र घर छोड्न दबाब दिएको भन्दै पीडित विद्यार्थीहरुले प्रहरीमा उजुरी दिने घोषणा...

बलात्कारमा संलग्न तीन पुरुष पक्राउ

काठमाडौं । १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा दुई जनालाई बुधबार बेलुका प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं चन्द्रागिरी नगरपालिका–३ बस्ने...

काठमाडौं महानगरद्वारा वडालाई अनावश्यक खर्चमा अंकुश

काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्ना ३२ वटै वडालाई जथाभावी खर्च गर्न अंकुश लगाएको छ । महानगरले आर्थिक वर्ष २०७७-७८ मा निकासा गरिएको वडास्तरीय प्रशासनिक...

कोरोनाको कारण हवाई क्षेत्रले १६ अर्ब गुमायो

काठमाडौँ । कोभिड–१९ महामारीका कारण आन्तरिक उडानमा रहेका निजी क्षेत्रका वायुसेवा कम्पनीले रु १६ अर्बभन्दा बढी आर्थिक नोक्सानी बेहोर्नु परेको छ । कोभिड–१९ महामारी...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 137 times, 1 visits today)