गिब्सले ब्याट लिलामीमा राख्ने

केपटाउन । दक्षिण अफ्रिकाका पूर्वस्टार ब्याट्सम्यान हर्र्सल गिब्सले विश्वभर महामरीको रूप लिएको कोरोना भाइरस (कोभिड–१९)विरुद्धको लडाइँका लागि राहत कोषमा आर्थिक सहयोग गर्न ब्याट लिलाम गर्ने भएका छन् ।

सन् २००६ को मार्चमा पाँचौ खेलमा दक्षिण अफ्रिकाले अस्ट्रेलियाले प्रस्तुत गरेको ४ सय ३५ रनको विशाल लक्ष्य पछ्याउने क्रममा ४९ ओभर ५ बलमा ९ विकेटको क्षतिमा ४ सय ३८ रन बनाउँदै पूरा गरेको थियो । त्यसअघि टस जितेर ब्याटिङ रोजेको अस्ट्रेलियाले निर्धारित ५० ओभरमा ४ विकेटको क्षतिमा ४ सय ३४ रन बनाएको थियो । कप्तान रिकी पोन्टिङले १ सय ५ बलमा १३ चौका र ९ छक्कासहित १ सय ६४ रनको उत्कृष्ट इनिङ खेलेका थिए ।

जुन ओडीआईमा इतिहासमा सर्वाधिक ठूलो योगफल पूरा भएको हो । दक्षिण अफ्रिकालाई कीर्तिमानी १ विकेटको जित दिलाउन गिब्सले १ सय ११ बलमा २१ चौका र ७ छक्कासहित १ सय ७५ रनको विस्फोटक शतकीय इनिङ्स खेलेका थिए । जुन शतकीय इनिङ खेल्दाको ब्याट गिब्सले कोरोनाविरुद्धको लडाइँमा आर्थिक सहयोग गर्न लिलामी गर्ने निर्णय लिएका हुन् । गिब्सले ट्वीट गर्दै भनेका छन्, ‘मैले यो ब्याट अहिलेसम्म समालेर राखेको थिए । अब कोरोनाविरुद्ध सहयोगका लागि राहत कोषमा सहयोग गर्न लिलामी गर्न चाहन्छु ।’ दक्षिण अफ्रिकामा हालसम्म ५ हजार ६ सय ४७ जनामा कोरोना संक्रमण देखिँदा १ सय ३ जनाको मृत्यु भएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 151 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सानोपाइला सहकारी ठगीमा रवि लामिछानेसहित १४ जनाविरूद्ध पर्सामा पक्राउ पूर्जी

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
धरानको भविष्य अब स्वतन्त्रको हातमा