कविताले ल्याइन लक डाउनमा नयाँ गीत

काठमाडौं । गायिका कविता बलामीको आफ्नो स्वरमा नयाँ गीत ल्याएकी छिन् । उनले नयाँ गीत आकाशको कालो बादल’ श्रोतामाझ ल्याएकी हुन् । यो गीतमा शब्द तथा संगीत सत्य स्वरुपको रहेको छ । यो गीतको भिडियो पनि सार्वजनिक गरिएको छ ।

लक डाउनको उपहार भन्दै यो गीतको भिडियो साइ राम पिक्चर्सको अफिसियल यु ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ । अहिले सबै घरमा बसेको दिक्क भएको बेला आफ्नो गीतको भिडियो दर्शकलाई केही मनोरञ्जन दिने विश्वास गायिका कविताको छ ।

अमुल कार्कीको संगीत संयोजन रहेको गीतमा माया प्रेममा धोका पाए पछिको भाव पाउन सकिन्छ । भिडियोमा लिगेश भट्टराई, श्रेया दुलाल र मेनुका माझीले अभिनय गरेका छन् ।

यो भिडियोलाई संचारकर्मी कुमार आचार्यको निर्देशन गरेका हुन् । बिरेन्द्र भट्टले छायांकन गरेको भिडियोलाई अच्युत बजगाईंले सम्पादन गरेका हुन् । लिगेश भट्टराइको कोरियोग्राफी रहेको भिडियोलाइ सेलिब्रेटी नेपालले निर्माण गरेको हो । भिडियोको छायाँकन लड डाउन सुरु हुने बेलामा गरिएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 246 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सांसदकाे आरोपप्रत्यारोपले संसद बैठक स्थगित

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
डडेल्धुराका पालिका प्रमुखमा चार जना अधिवक्ताको उम्मेदवारी