राहत लिन गएकालाई प्रहरीको लाठी

जनकपुरधाम । राहत वितरणमा विभेद गरेको भन्दै स्थानीयवासीले विरोध गरेपछि प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममा प्रहरीले लाठीचार्ज गरेको छ ।

राहत वितरणमा जनकपुरधाम वडा नम्बर १४ का वडाध्यक्ष पुण्यप्रसाद यादवले विभेद गरेको स्थानीयको आरोप छ ।

वडाध्यक्षको कदमको विरोधमा स्थानीयले नारावाजी थालेपछि प्रहरीले एक दर्जन पीडितमाथि लाठीचार्ज गरेको बताइएको छ ।

राहत माग्न पुग्दा वडाध्यक्ष यादवको निर्देशनमा प्रहरीले लाठीचार्ज गरेको आरोप स्थानीयवासीहरुले लगाएका छन् ।

प्रहरीको कुटपिटबाट वडा नम्बर १४ स्थित रजौलका पप्पु झा, सुफल देवी साह, फुलदेवी, दिपक पटेल, उदय यादव, रामकुमार चौधरी , रामसुखित यादव, उपेन्द्र कुमार साह लगायतको शरीरका विभिन्न भागमा चोट लागेको छ ।

राहत वितरणमा बडाध्यक्ष यादवले विपन्न र गरीवलाई छाडेर आफ्नो कार्यकर्तालाई अनावश्यक रुपमा वितरण गरेको आरोप स्थानीयको छ ।

वडाध्यक्ष यादवले भने विपक्षी दलले जानी जानी विरोध गरेको दावी गरेका छन् । तत्कालीन राष्ट्रिय जनता पार्टी नेपालबाट निर्वाचित भएका वडाध्यक्ष यादवले नेकपाका प्रतिनिधिले आफूलाई बद्नाम गर्नका लागि षडयन्त्र गरेका बताए ।

यता जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरिक्षक रामेश्वर कार्कीले राहत वितरणको क्रममा वडा कार्यालयमा सामाजिक दुरीको पालना नभएकाले प्रहरीले बल प्रयोग गरेको स्वीकारे ।

जनकपुरधाम उपमहानगरपालिकाको बोर्ड बैठकद्वारा प्रत्येक परिवारलाई ३० किलो चामल,३ किलो दाल, खानेतेल र २ प्याकेट नूनलगायतका सामग्री दिने निर्णय गरेपनि मेयर लालकिशोर साहले बैठकको निर्णयलाई उल्टाउँदै आफुखुशी १५ किलो चामल, १ लिटर तेल, एक प्याकेट नून र साबुनका साथै दाल र तरकारी वापत प्रतिपरिवार ३ सय रुपैयाँ वितरण गर्ने निर्देशन दिएका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 194 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

श्रेणीविहीन कर्मचारीहरुको जागिरको ग्यारेन्टी गर्नुपर्ने प्रभु साहको माग

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
धनगढी उपमहानगरमा त्रिपक्षीय प्रतिष्पर्धा