हल गोरु पाल्ने किसानलाई चन्द्रकोटको अनुदान

गुल्मी । गुल्मीको चन्द्रकोट गाउँपालिकाले हल गोरु पाल्ने किसानलाई अनुदान दिने भएको छ । गाउँपालिकाको चालु आर्थिक बर्षको नीति तथा कार्यक्रम अनुसार पालिकाभित्रका हल गोरु पाल्ने किसानलाई प्रति किसान तीन हजारका दरले अनुदान दिने भएको हो ।

अनुदान दिनको लागि पालिकाले दुई सय ५८ किसान छनोट गरेको छ । जसअनुसार वडा नम्बर १ मा २४, २ मा ३४, ३ मा नौ, ४ मा ३९ तथा ५ मा ६९ जना रहेका छन् । त्यसैगरी वडा नम्बर ६ मा ३१, ७ मा १४ र वडा नम्बर ८ मा ३८ जना किसान लाभाम्बित हुने गाउँपालिकाका सूचना अधिकारी शिव ज्ञवालीले जानकारी दिए ।

अनुदान वितरणको लागि पालिकाले आवेदन खुलाएको थियो । जसमध्ये पालिकाले अनुगमन गरेपश्चात कम्तिमा दुईवटा अर्थात एक हल गोरु पाल्ने किसानलाई अनुदानको लागि छनोट गरेको ज्ञवालीले जानकारी दिए । उक्त रकम सम्बन्धित वडाबाट वितरण गरिने गाउँपलिकाले जनाएको छ ।

गाउँपालिका अध्यक्ष युवराज केसीले विविधायुक्त कृषि प्रणालीलाई सहयोग गर्न अनुदान दिन थालिएको बताए । ‘समथर र ठुला खालका जग्गामा यन्त्र उपकरण दिइएको छ ।’ उनले भने, ‘भिराला जग्गामा गोरुकै काम हुने भएकोले अनुदान दिन थालेका हौँ ।’ गाई–गोरुको मल पनि धेरै उपयोगी हुने भएकोले परम्परागत र जैविक कृषि प्रणालीलाई पालिकाले संरक्षण गर्न खोजेको अध्यक्ष केसीको भनाई छ ।

तपाइको प्रतिक्रिया
(Visited 109 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

९ वैशाख २०८२

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कैलालीका ४ वटा स्थानीय तहको मतपरिमाण सार्वजनिक (सूचीसहित)