उदयपुर । मदन भण्डारी लोकमार्ग अन्तर्गत चुहाडे गाईघाट खण्डको सडकमा उदयपुरको त्रियुगा नगरपपालिका– ८ राजाबास सरस्वती खोला पुलमा दुर्घटना हुँदा एक जनाएको ज्यान गएको छ ।
गाईघाटबाट भाण्टाबारी घर तर्फ जाँदै गरेको बा ६४ प ५१७ नम्बरको मोटरसाईकल सरस्वती खोलाको पुलमा रोकि राखेको प्रदेश २–०१–००१ त २३०१ नं. को ट्याक्टरमा ठोक्किँदा त्रियुगा नगरपालिका– ७ भाण्टाबारीका ३४ वर्षिय भुवन राईको घटना स्थलमा नै ज्यान गएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सुचना अधिकारी प्रहरी नायब उपरिक्षक (डिएसपी) केदारमान दोङले जानकारी दिए ।
गाईघाटदेखि भाण्टाबारी तर्फ जाँदै गरेको बा ६४ प ५१७ नं. को मोटरसाइकल त्रियुगा नगरपालिका ८ राजाबासस्थित मदन भण्डारी लोकमार्ग अन्तर्गत सरस्वतस् खोलाको पुल छेउमा रोकि राखेको प्रदेश २–०१–००१ त २३०१ नं. को ट्याक्टरमा ठोक्किँदा राईको ज्यान गएको हो । गाईघाटबाट भाण्टाबारी घर तर्फ गइरहेको बेला दुर्घटना भएको प्रहरीले जनाएको छ ।
मृतकको शब पोष्टमार्टमका लागि जिल्ला अस्पताल उदयपुरमा राखिएको छ भने घटना’bout थप अनुसन्धान भइरहेको डिएसपी दोङले बताएका छन् । सो क्षेत्रमा दैनिक जसो सवारी दुर्घटना भई रहेको छ ।