कर्माको टिजरमा विपिनको एक्सन भूमिका

काठमाडौं । निर्देशक सौरभ चौधरीको अघिल्लो चलचित्र अगस्त्यले बक्स अफिसमा औसत व्यापार गरे पनि यो चलचित्रको एक्सन पाटोको खुबै तारिफ भएको थियो । सो तारिफबाट प्रशंसित भएका निर्देशक सौरभले अर्को चलचित्र कर्मा पनि एक्सन जनरामै निर्माण गरेका छन् । नयाँ वर्ष २०८२ को अवसर पारेर चलचित्र कर्मा आगामी २९ चैतमा रिलिज हुने भएको छ ।

निर्देशक सौरभले शुक्रवार काठमाडौँमा एक समारोहबिच नयाँ चलचित्र कर्माको टिजर सार्वजनिक गरेका छन् । टिजरमा एक्सन र स्टन्टसँगै मानवीय संवेगलाई स्थान दिइएको छ ।

यो चलचित्रमा विपिन कार्की पहिलो पटक पूर्ण एक्सन चरित्रमा छन् । यस अघि उनी प्राय सामाजिक चरित्रमा हुने गर्दथे । यो चलचित्रको लागि उनले करिब एक महिनाको फाइट अभ्यास समेत गरेका थिए । यो चलचित्रमा विपिनले रोजगारीको लागि रोल्पाबाट दाङ झरेर काम नपाएपछि गुण्डागर्दीको बाटो रोजेको टिजरमा उल्लेख छ ।

विपिनसँगै यो चलचित्रमा उपासना सिंह ठकुरी, मुकुन भुसाल, दिब्य देब, सरिता गिरी, बेन बस्नेत, सुज्यान सिलवाल, अनिल बुढाथोकी, निर्मल शर्मालगायतको मुख्य भूमिका छ । विपिन र उपासनासँगै पहिलो पटक यो चलचित्र मार्फत प्रस्तुत हुँदै छन् ।

टिजर रिलिज कार्यक्रममा निर्देशक सौरभले आफ्नो नयाँ चलचित्र कर्मा एक्सनसँगै सामाजिक कथावस्तुमा आधारित रहेको बताए । उनले यो चलचित्रले संघर्षको कथा प्रस्तुत गर्ने पनि बताएका छन् । आफ्नो चलचित्र निर्माणको अन्तिम चरणमा पुगेको जनाउँदै उनले २९ चैतबाटै रिलिज हुने कुरामा शँका नगर्न अनुरोध गरे ।

चलचित्रको टिजर सार्वजनिक समारोहमा यो चलचित्रका अभिनेता मुकुन भुसालले चलचित्र कर्मामा आफू खल चरित्रको रूपमा रहेको जानकारी गराए भने अर्का अभिनेता दिब्य देव पन्तले यसमा आफ्नो प्रहरी निरीक्षकको भूमिका भएको बताए ।

आर्टिस्टिक इनटरटेनमेन्टको प्रस्तुति रहने कर्मामा वसन्त लम्सालको लगानी रहेको छ । यो चलचित्रमा भास्कर स्वाँरको संगीत निर्देशन, कविराज गहतराजको कोरियोग्राफी, श्री श्रेष्ठको द्वन्द्व निर्देशन र निमेष श्रेष्ठको सम्पादन छ । यस्तै कर्मामा समीर मियाको भिएफए, उत्तम न्यौपानेको व्यगग्राउण्ड स्कोर, शाहिल खानको टिजर–ट्रेलर, राजेन्द्र मोक्तान रंग संयोजन रहेको टिजर सार्वजनिक कार्यक्रममा जानकारी गराइयो ।

तपाइको प्रतिक्रिया
(Visited 56 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

१८ महिनापछि प्रतिनिधि सभाबाट भन्सार विधेयक पारित

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
नेपालगञ्ज उपमहानगरमा मेयरका लागि दर्जन बढी आकांक्षी