कोरोना नियन्त्रण र विकास निर्माण सँगसँगै जरुरी

नागरिकको जनजीवन सामान्य बनाउन र देशलाई आर्थिक अधोगतिबाट बचाउन सरकारले कोरोनाविरुद्धको अभियानसँगै विकास निर्माणका कामलाई गति दिनुपर्ने आवश्यकता टड्कारो महसुस हुन थालेको छ । झन्डै दुई महिनाको लकडाउन र यसले निम्त्याएको सबै खाले संकट र विकास निर्माणमा देखिएको अबरुद्धताले निकास खोज्न थालिसकेका छन् । वैदेशिक रोजगारमा गएको ठूलो जनशक्ति स्वदेश भित्रने अवस्थामा छन् । कोरोना महामारी आफंैले साइडइफेक्ट भनौं वा बाइप्रोडक्ट नै, साथमा लिएर आएको छ । यस्ता खाले बाइप्रोडक्टिभ असर अब असमाधेय बनेर चुलिन थाल्ने संकेत देखापरिसकेका छन् । यी सबै समस्याबाट पार पाउने भनेको मूल समस्याका रूपमा रहेको कोरोना महामारी नियन्त्रणसँगै यसद्वारा स्वतःस्फूर्त रूपमा सिर्जित सहायक समस्याको समयमै समाधानको कदम अघि बढाउनु हो । यसका लागि सरकारले विकास निर्माण र उत्पादनका कामलाई सहप्राथमिताका साथ अघि बढाउनैपर्छ । यसले देशभित्रको श्रमशक्तिको समयमै उत्तम व्यवस्थापन गरी उत्पन्न हुन सक्ने जनआक्रोशलाई शान्त बनाउनेछ । साथै, देशलाई आर्थिक संकटबाट पार लगाउन ठूलो टेवा दिनेछ ।

कोरोना संक्रमण एक महामारी भएकाले यसले लिने कालखण्ड आफंैमा लामो रहने देखिएको छ । यसरी लामो समयावधि नै यसले लिने हो भने स्वयं यो महामारीले भन्दा खतरनाक समस्या यसले उब्जाएका बाइप्रोडक्टले सिर्जना गर्ने देखिन्छ । ती समस्या मूलतः आर्थिक जनजीवन र विकास निर्माणमा देखिँदै जान थालेका छन् । अतः देखापर्दै गरेका समस्याको समाधानका लागि सरकारले वस्तुवादी कदम चाल्नैपर्छ । अमेरिकाजस्ता अति विकसित देशमा सर्वसाधरणले लकडाउनको अवज्ञा गर्न थालिसकेका छन् । त्यहाँका राज्य सरकार र संघीय सरकारका बीचमा स्वास्थ्यका लागि गरिएको लकडाउनले अन्तर्विरोध खडा गरिदिएको छ । राष्ट्रपति ट्रम्पको अभिव्यक्तिमा संघीय सरकार लकडाउन केही खुकुलो पार्ने सोचमा देखिन्छ भने प्रान्तीय सरकार स्थानीय जनताको स्वास्थ्यलाई मध्यनजर गरी लकडाउन थप कडा पार्ने सोचमा अडिग देखिन्छन् । नेपालमा पनि खानबस्नको उचित प्रबन्ध नहुँदा जनताले लकडाउन अवज्ञा गरी पैदल यात्रा गर्दै आआफ्ना घर फर्किइरहेका छन् । यस्तो विरोधाभासपूर्ण अवस्थाको अन्त्य गर्न सापेक्षिक रूपमा लकडाउन खुकुलो पारी विकास निर्माणका साथै आर्थिक उत्पादनका कार्यक्रम अघि बढाउनु जरुरी देखिन्छ । कोरोनाको महामारीभन्दा भोकको महामारी ठूलो हुने कुरा व्यवहारतः देखिइसकेको छ ।

त्यसैले, सरकारले विकास निर्माण र आर्थिक उत्पादनका कामलाई कोरोना नियन्त्रणको अभियानसँगै अघि बढाउनुपर्छ । भोका पेटहरूले कोरोनाले बचाउँछ वा लैजान्छ भनेर पर्खन सक्ने भन्ने हुँदैन । कोरोनाका लागि १४ दिन क्वारेन्टाइनमा कुर्न र अरू थप दिन आइसोलेसनको उपचार कक्षमा बस्न समय देला तर भोकले त्यो कुरा एकक्षण पनि सहन गर्न सक्दैन । स्वदेश भित्रिएका भोका पेटहरू र अलपत्र परेका विकास निर्माणका कामले सिंगो देशलाई ‘डेन्जरजोन’मा परिणत गर्न बेर लाग्नेछैन । कम्तीमा पनि सामाजिक दूरी कायम गरेर मेसिन तथा मानवले गर्न सक्ने कामको प्रकृति हेरी विकास निर्माणका कामलाई यथाशीघ्र गति दिनु जरुरी पनि छ । अर्कोतिर आर्थिक वर्षका हिसाबले बजेट सदुपयोग गर्ने समय पनि कट्न थालिसकेको छ । जेठ महिनासम्म कानमा औंला हालेर बसी असारे हिलोपहिरोमा पैसा बगाएर देशको बजेट दुरुपयोग गरिने विगतका नकारात्मक अनुभव सच्याउन पनि जरुरी छ । त्यसैले, समय छँदै चुनावताकाको घोषणापत्रअनुसार विकास निर्माणका काम अघि बढाउन जरुरी छ ।

तपाइको प्रतिक्रिया
(Visited 91 times, 1 visits today)

आजको समाचार

Ads Space Available

epaper

भर्खरै

कांग्रेसको समानुपातिक सूची संशोधनमा सहमति जुट्यो

कुरी-कुरी

आजको १० समाचार