गुल्मीमा स्ववियु चुनावः कतै सर्वसम्मत, कतै स्थगित

गुल्मी । यही चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा गुल्मीमा कतिपय क्याम्पसमा सर्वसम्मत नेतृत्व चयन भएको छ भने कतै स्थगित भएको छ । गुल्मीमा त्रिभुवन विश्वविद्यालय अन्रतगतका १० र नेपाल सँस्कृत विश्वविद्यालय अन्तरगत एक गरी कुल ११ क्याम्पस छन् । जसमध्ये त्रिभुवन विश्वविद्यालय अन्तरगत रहेका पाँच क्याम्पसमा सर्वसम्मत रुपमा नेतृत्व चयन भएको छ भने तीन क्याम्पसमा निर्वाचन हुने भएको छ । मानका टिकाराम बहुमुखी क्याम्पसमा निर्वाचन प्रक्रिया नै सुरु भएको छैन भने धुर्कोट परमानन्द भण्डारी बहुमुखी क्याम्पसमा निर्वाचन प्रक्रिया स्थगित भएको छ ।

पाँच क्याम्पसमा सर्वसम्मत नेतृत्व
जिल्लामा सबैभन्दा धेरै विद्यार्थी भएको रेसुङ्गा बहुमुखी क्याम्पसमा नेविसंघबाट अध्यक्षमा सुदिप खत्री र कोषाध्यक्षमा विश्वास बञ्जाडे तथा अनेरास्ववियुबाट उपाध्यक्षमा बिनिता कार्की, सचिवमा अनेरास्ववियुका निशान टन्डन र सह–सचिव मुनाल अधिकारी निर्वाचित भएको निर्वाचन अधिकृत गोपाल प्रसाद पण्डेले जानकारी दिए । क्याम्पसमा अखिल (क्रान्तिकारी)बाट तीन जना सदस्य निर्वाचित भएका छन् ।

चन्द्रकोट क्याम्पसमा नेविसंघबाट अध्यक्षमा प्रदिप नेपाली र कोषाध्यक्षमा प्रतिमा कार्की, अनेरास्ववियुबाट उपाध्यक्षमा सपना सापकोटा, सचिवमा आरती शर्मा, अखिल (क्रान्तिकारी)बाट सह–सचिवमा भावना थापा सर्वसम्मत भएका छन् ।

त्यसैगरी जनज्योती क्याम्पसमा नेविसंघबाट अध्यक्षमा गंगा पन्थी र सह–सचिवमा अनिषा थापा, अनेरास्ववियुबाट उपाध्यक्षमा कविता महतरा र सचिवमा मनिषा केसी तथा अखिल (क्रान्तिकारी)बाट कोषाध्यक्षमा मीना सेन सर्वसम्मत निर्वाचित भएको निर्वाचन अधिकृत ढाल बहादुर राउतले जानकारी दिए ।

दिगाम आदर्श बहुमुखी क्याम्पसमा अनेरास्ववियुबाट उषा पाण्डे, सचिवमा नेविसंघबाट लक्ष्मी सुनवानी तथा कोषाध्यक्षमा अनेरास्ववियुबाट एलिसा न्यौपाने सर्वसम्मत भएका छन् । सत्यवती बहुखुमी क्याम्पसमा विद्यार्थीहरुले जमुना ज्ञवालीको अध्यक्षतामा स्वतस्फूर्त रुपमा स्ववियुको गठन गरेका छन् । जसमा उपाध्यक्षमा रिता ज्ञवाली, सचिवमा अस्मिता न्यौपाने, सह–सचिवमा ममता भण्डारी तथा कोषाध्यक्षमा मौसम ढकाल निर्वाचित भएका छन् ।

तीन क्याम्पसमा निर्वाचन हुदैँ
गुल्मीका तीन क्याम्पसमा चैत ५ गते निर्वाचन हुदैँछ । रिडी क्याम्पसमा माओवादी केन्द्रनिकट अखिल (क्रान्तिकारी)बाट सदिक्षा पौडेल तथा एमाले निकट अनेरास्ववियुबाट धन बहादुर कुमाल अध्यक्षको प्रस्तिपस्र्धामा छन् । १७ मतदाता रहेको क्याम्पसमा कुमाल अनेरास्ववियु र नेविसंघका संयुक्त प्यानलका उम्मेदवार हुन् । श्रृङ्गेश्वर क्याम्पसमा अखिल (क्रान्तिकारी)बाट विशाल थापा र अनेरास्ववियुबाट नेत्र प्रसाद ज्ञवाली अध्यक्षमा भिड्दैछन् । थापा दोस्रो कार्यकालका लागि एकल प्यानलबाट निर्वाचनमा भिड्दैछन् भने ज्ञवालीलाई नेविसंघको समेत साथ छ । उक्त क्याम्पसमा एक सय १२ मतदाता रहेका छन् । अघिल्लो निर्वाचनमा श्रृङ्गेश्वरमा अखिल (क्रान्तिकारी) र नेविसंघबीचको तालमेलबाट थापा अध्यक्षमा निर्वाचित भएका थिए ।

रुद्रवाती बहुमुखी क्याम्पसमा अनेरास्ववियु र जनमोर्चा निकट अखिल (छैठौँ) बीच निर्वाचनमा प्रतिस्पर्धा हुदैँछ । अनेरास्ववियु र नेविसंघको संयुक्त प्यानलबाट लक्ष्मी पुन एवं अखिल (छैठौँ) र अखिल (क्रान्तिकारी)को संयुक्त प्यानलबाट कर्ण नेपाली अध्यक्षका उम्मेदवार छन् । रुद्रावतीमा कुल दुई सय पाँचजना मतदाता रहेका छन् ।

धुर्कोट क्याम्पसमा निर्वाचन स्थगित
जिल्लाका अन्य क्याम्पसको तुलनामा धुर्कोट परमानन्द भण्डारी बुहुखी क्याम्पसको निर्वाचन अलि पेचिलो बन्यो । क्याम्पसले फर्जी भर्ना गरेको भन्दै फागुन २५ मा अखिल (क्रान्तिकारी)ले तालाबन्दी ग¥यो । फागुन २६ मा सहमतिपश्चात निर्वाचन प्रक्रिया अगाडी बढेको थियो । उम्मेदवार दर्तापछि स्वतन्त्र उम्मेदवार विष्णु घिमिरेको उम्मेदवारी दर्ताको फाइल एमाले कार्यक्रता कपुर घिमिरेले क्याम्पस प्रशासनबाटै लगेपछि क्याम्पसले निर्वाचन प्रक्रिया स्थगित गरेको थियो । राजनीतिक दलहरुसँगको छलफलमा पनि सहमती हुन नसकेपछि निर्वाचन कार्यक्रम स्थगित गरेको क्याम्पस प्रमुख ऋषिराम पाण्डेले जानकारी दिए ।

रुरु संस्कृतमा १० गते निर्वाचन
नेपाल सँस्कृत विश्वविद्यालय अन्तरतगत रहेको रुरु संस्कृत विद्यापिठ (क्याम्पस)मा चैत १० मा निर्वाचन हुदैँछ । कुल ६७ जना मतदाता रहेको क्याम्पसमा अनेरास्ववियु, अखिल (क्रान्तिकारी) र नेविसंघ दर्ता भएका छन् । क्याम्पसमा सोमबार मात्रै उम्मेदवारी दर्ताको कार्यक्रम रहेको क्याम्पस प्रमुख खगेश्वर गौतमले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
(Visited 154 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

९ वैशाख २०८२

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
गुल्मीमा चार स्वतन्त्रले फिर्ता लिए उम्मेदवारी