मालपोतको काम मङ्गलवारे ल्याउन एकतप्पाको माग

इलाम । इलामको फाकफोकथुम गाउँपालिका ६ र ७ एकतप्पाका स्थानीयले मालपोत र नापीको काम मङ्गलवारे सार्नुपर्ने माग गरेका छन् । उक्त वडाको काम अहिले मालपोत कार्यालय इलाम भइरहेको र यहाँबाट नजिक र पायक पर्ने मालपोत कार्यालय मङ्गलवारे रहेको भन्दै मङ्गलवारे सार्न माग गरेका हुन ।

नागरिकता बनाउन मङ्गलवारे जानु पर्ने तर मालपोतको कामका लागि इलाम जानुपर्ने भएको भन्दै मालपोतको काम मङ्गल’boutबाटै हुनुपर्ने स्थानीय बताउँछन् । फाकफोकथुम गाउँपालिका सातका अर्जुन योङहाङले मालपोत र नापीको काम मङ्गल’boutबाट हुँदा यस वडाका नागरिकलाई सहज हुने बताए । ‘यहाँबाट नजिकै रहेको र बिहान घरको काम सकेर पनि मङ्गलवारे कार्यालय समयमा पुगी कार्यालय समयमा काम सकेर बेलुका घरको काम गर्न आइपुग्ने भएको कारण मङ्गलवारे सहज हुन्छ’ उनले भने, एक दिनमा काम सकिएन भने पनि घर मानै आएर अर्को दिन काम गर्न जान पनि सहज हुन्छ ।’

यस वडाका मालपोतको काम अहिले इलाम मालपोतमा हुने गरेको र इलाम जाँदा बिहानै हिँड्नु पर्ने र दुई बजे भन्दा ढिलो भएपछि घर आउने गाडी नपाउने स्थानीय टेकबहादुर दियालीले बताए । ‘इलाममा चार बजे काम सकियो भने पनि त्यो दिन घर आउन भ्याइँदैन र होटलमानै बास बस्नुपर्ने हुन्छ र अर्को दिन पनि दुई बजे मात्र घर आउने गाडी पाइन्छ’ उनले भने, मङ्गल’boutमा पाँच बजे काम सकियो भने पनि हानेरै घर जान्छु भन्दा पनि बास बस्न घर पुगिन्छ ।’

फाकफोकथुम गाउँपालिका वडा नं छ र सातबाट मालपोतको काम मङ्गलवारे सार्नुपर्ने भन्दै पालिकामा पनि त्यहाँका नागरिक आइरहेको फाकफोकथुम गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत निर्मल तुम्रोक बताउँछन् । यो विषयमा गाउँ सभामा समेत कुरो उठिसकेको र मङ्गलवारे सार्दा त्यहाँका जनतालाई सहज हुने उनको भनाई छ ।

तपाइको प्रतिक्रिया
(Visited 92 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

९ वैशाख २०८२

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
बुटवलमा गठबन्धनले गरेकै स्थानमा आज ओलीको आम सभा